माघ १२ गतेदेखि आईपीओ निष्काशन गर्दै भुजुङ्ग हाइड्रोपावर

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले माघ १२ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब हाम सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता […]

धितोपत्र बोर्डले ८३ संस्थालाई तिरायो आर्थिक जरिवाना

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकै आर्थिक वर्षमा ८३ कम्पनीलाई कारबाही गरेको छ । बोर्डले कम्पनीहरुलाई आर्थिक जरिवाना तिराएको हो । आर्थिक वर्ष २०८१/८२ भित्र बोर्डले नियम, निर्देशन र प्रचलित कानुनी व्यवस्था पालना नगरेको ठहर गर्दै विभिन्न क्षेत्रका संस्थालाई आर्थिक जरिवाना तिराएको हो । बोर्डका अनुसार कारबाहीमा पर्ने संस्थामा धितोपत्र दलाल व्यवसायी, मर्चेन्ट बैंकर, बीमा […]

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस

काठमाडौं । आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस दिवस हो । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट जनधनको ठूलो क्षति भएको थियो ।

आज कस्तो रहला देशभरको मौसम ?

काठमाडौं । नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका तराई भूभागका केही स्थानहरूमा तुवाँलो लागेको छ । पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल […]

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ४४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ […]

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । घटाइएको नयाँ मूल्य आजदेखि लागू भएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाएको छ भने डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटाएको हो । निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार काठमाडौँ, पोखरा र दिपायल (तेस्रो वर्ग) मा पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ र […]

मार्वलस र बाल दीक्षा सदन सेमिफाइनलमा

काठमाडौं। मार्वलस र बाल दीक्षा सदन पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।मार्वलसले आयोजक केएमसी ‘बी’ लाई ५१–३५ ले पराजित ग¥यो । मार्वलसको जितमा सिनेप शाहीले १६ अंक योगदान गरे । अर्नव महर्जनको १३ अंक सहयोगमा बाल दीक्षाले सेवा सदनलाई ३८–२८ ले हरायो । सिनियर ब्वाइजमै गोल्डेनपिकले माइलस्टोनर्ला ४८–३७ […]

१२ दिन दुर्घटनामा पर्‍याैं, चोखिएर आउन सफल भयाैं : कुलमान

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले केही समय दुर्घटनामा परेको पार्टी सफा र चोखिएर आउन सफल भएको बताएका छन् । बिहीबार काठमाडौंमा राष्ट्रिय परिवर्तन पार्टी(युनाईटेड जेन्जी)बीच एकता गर्दै घिसिङले केही समय अघि करिव १२ दिन आफूहरु दुर्घटनामा परेको भन्दै त्यसपछि चोखिएर आउन सफल भएको बताएका हुन् । अँध्यारोबाट बाहिर निस्किन १२ दिन लागेको र […]

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बीमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ । अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले आजदेखि स्वास्थ्य बिमामार्फत गराइने सबै उपचार सेवा बन्द गरिएको जानकारी दिए । स्वास्थ्य बिमा बोर्डले बिमा कार्यक्रममार्फत उपचार गराएको भुक्तानी उपलब्ध नगराउँदा बिमा कार्यक्रमलाई निरन्तरता दिन नसकिएको बताए । अस्पतालले स्वास्थ्य बीमामार्फत […]

१९ बैंकको बढ्यो सेयर धितो कर्जा प्रवाह, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा वाणिज्य बैंकहरूको सेयर धितो कर्जा प्रवाह बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याकं अनुसार बैंकहरूले कुल १ खर्ब २५ अर्ब ८३ करोड रुपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेका छन्, जुन गत वर्षको तुलनामा ४५.७६ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा ८६ अर्ब ३३ करोड […]