बीमा नियमावलीले जीवन बीमा व्यवसाय धरासायी बनाउँछ

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालले बीमा नियमावली, २०८१ प्रति गम्भीर आपत्ति जनाउँदै यसले जीवन बीमा व्यवसायलाई धरासायी बनाउने चेतावनी दिएको छ। माघ २८ गते मन्त्रिपरिषद् बाट स्वीकृत नयाँ नियमावलीले जीवन बीमा व्यवसायमा गम्भीर असर पार्ने भन्दै संघले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आफ्नो धारणा सार्वजनिक गरेको हो। संघका अध्यक्ष केदारनाथ अधिकारीले बीमा ऐन जारी भएको […]

बेनीमा कुमारी सहकारी अपचलन प्रकरणः एक जना पक्राउ

काठमाडौं । बेनीमा सञ्चालित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको एक अर्ब ४९ करोड रुपैयाँ अपचलन प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार बेनी नगरपालिका–४ का लोकेश पुनमगरलाई पक्राउ गरी बिहीबार जिल्ला अदालत म्याग्दीबाट फागुन १३ गतेसम्मका लागि म्याद थप गरी हिरासतमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीले यसबारे जानकारी दिएको हो। […]

कोशी प्रदेशमा नबिल बैंकको ‘नबिल एसएसई कनेक्टः प्रदेशभर उद्यमशीलताको प्रवद्र्धन’ कार्यशाला सम्पन्न

विराटनगर । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई)अन्तर्गत यही फागुन ७ गते विराटनगरमा ‘नबिल एसएसई कनेक्टः प्रदेशभर उद्यमशीलताको प्रवद्र्धन’ कार्यशाला सम्पन्न गरेको छ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको सहकार्यमा सम्पन्न कार्यशालामा उद्यमी, उद्योग तथा वाणिज्य संघका प्रतिनिधि, शैक्षिक संस्थाका नेतृत्वकर्ता र सरकारी पदाधिकारीबीच उद्यमशीलताका क्षेत्रमा सहकार्य, मार्गदर्शन, नवप्रवर्तन र उद्यमशीलता […]

नाडाको सहयोगमा पोखरामा नाडा प्रिजेण्ट्स् वाडा अटो शो २०२५ आयोजना हुने

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको सहयोगमा पोखरामा नाडा प्रिजेण्ट्स् वाडा अटो शो २०२५ आयोजना हुने भएको छ । आगामी चैत्र १४ देखि १७ सम्म पोखराको प्रदर्शनीकेन्द्रमा नाडा प्रिजेण्टस् वाडा अटो शो २०२५ आयोजना हुनेछ । यसका लागि वाडाले बिहीबारदेखि बुकिङ्ग खुल्ला गरेको छ । पुस २० गते काठमाडौंमा नाडाले आफ्नो संस्थागत (प्रदेश) सदस्य […]

ललितपुरको बालकुमारीमा टीभीएसको नयाँ शोरूम

ललितपुर । ग्लोबल मोटर्सले बालकुमारी मा आफ्नो नयाँ टीभीएस शोरूम उद्घाटन गरेको छ । फागुन ८ गते आयोजित उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा जेएमपीएलका कार्यकारी निर्देशक अखिल गुप्ता र ग्लोबल मोटर्सका प्रबन्ध निर्देशक सौरभ हमालले रिबन काटेर शोरुमको उद्घाटन गरेका हुन्। ग्लोबल मोटर्सको नयाँ शोरूमले स्थानीय समुदायको मोटरबाइक र स्कूटर आवश्यकताहरू पूरा गर्ने उद्देश्य राखेको […]

नेपालको पहिलो राष्ट्रिय ईस्पोट्र्स च्याम्पियनसिप सुरु, सामसङ ग्यालेक्सी एस२५ अल्ट्रामा प्रतिस्पर्धा

काठमाडौं ।  नेपालको पहिलो राष्ट्रिय ईस्पोट्र्स च्याम्पियनसिप आज फागुन ८ देखि १०, २०८१ सम्म दशरथ रङ्गशाला, काठमाडौँमा सुरु भएको छ। यो प्रतियोगितामा नेपालका उत्कृष्ट ईस्पोट्र्स खेलाडीहरू पब्जी मोबाइल, मोबाइल लेजेन्ड्सः ब्यांग ब्यांग, ई–फुटबल लगायतका ६ प्रमुख ई–गेमिङ टाइटलहरूमा प्रतिस्पर्धा गरिरहेका छन्। नवीनतम प्रविधि र नवचारको अगुवाइ गर्ने सामसङ यस ऐतिहासिक इभेन्टको प्रमुख भाग बन्न पुगेको […]

प्रोटन इमास ७ को पान नेपाल भ्रमण सुरु

काठमाडौं । नेपालको बहुप्रतिक्षित इभी कार प्रोटन इमास ७ आज काठमाडौँबाट आफ्नो इमास ७ पान नेपाल भ्रमण सुरु गर्दैछ । यो भ्रमण मलेसियाली इमास ७ भ्रमणको विस्तार हो । यस भ्रमणका क्रममा नेपालका ७ प्रदेशहरूमा प्राविधिक नवप्रवर्तन र अन्वेषणको रोमाञ्चक यात्रालाई प्रदर्शित गर्नेछ ।  यो भ्रमणले इमास ७ को नवीन प्रविधि र अतुलनीय ड्राइभिङ अनुभव मात्र […]

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा विशेष तयारी, भक्तजनलाई थप सुविधा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा आउने भक्तजनका लागि धेरैभन्दा धेरै सुविधा दिइने बताएका छन् । पशुपति क्षेत्रमा महाशिवरात्रिका अवसरमा भइरहेको तयारीको आज बिहान अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विश्वका विभिन्न स्थानबाट पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनका लागि सुविधा दिन अहिले पनि काम भइरहेको बताए। पशुपति क्षेत्रका विभिन्न […]

चितवन राष्ट्रिय निकुञ्जको सुक्खा क्षेत्रमा वन्यजन्तुलाई पानीका लागि बोरिङ

चितवन । चितवन राष्ट्रिय निकुञ्जले सुक्खा क्षेत्रमा रहेका वन्यजन्तुका पानीको सहज उपलब्धताका लागि सोलारसहित बोरिङको व्यवस्था गरिएको छ । निकुञ्ज क्षेत्रको भिम्लेमा यस वर्ष एउटा बोरिङ जडानसँगै अहिले निकुञ्ज क्षेत्रमा नौ वटा पुगेको छ । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार वन्यजन्तुको सङ्ख्या बढी भएका क्षेत्र र सुक्खा क्षेत्रमा पानीको आवश्यकता पूर्ति गर्न बोरिङको […]

एनसेलले ल्यायो ‘९० अनलिमिटेड’ र ‘५० डेटा’ अफर

काठमाडौं । एनसेलले बढ्दो मोबाइल डेटाको मागलाई सम्बोधन गर्ने उद्देश्यका साथ ‘९० अनलिमिटेड’ र ‘५० डेटा’ गरि दुई डेटा प्याकहरु संचालनमा ल्याएको छ । यी प्याकहरू ग्राहकहरूलाई सधैं अन राख्न योगदान पुर्याउने कम्पनीको प्रतिबद्धता अनुरुप ल्याइएका हुन् । कर सहित रु ९० शुल्क रहेको ९० अनलिमिटेड योजनाअन्तर्गत, ग्राहकहरूले दुई दिनसम्म मोबाइल डेटाको अनलिमिटेड मोबाइल इन्टरनेटको भरपुर […]