१५ अर्ब लागतको परियोजना कार्यान्वयन गर्न सम्राट सिमेन्ट र लगानी बोर्डबीच

काठमाडौं । सम्राट सिमेन्ट प्रालिले १५ अर्ब लागत बराबरको परियोजना कार्यान्वयन प्रक्रिया सुरू गर्न लगानी बोर्ड नेपालसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । आज एक कार्यक्रमबीच लगानी बोर्ड र सम्राट सिमेन्टले परियोजना कार्यान्वयन प्रक्रिया औपचारिक रूपमा सुरू गर्नेसम्बन्धी समझदारीपत्र ९एमओयु० भएको हो । समझदारीपत्रमा सम्राट सिमेन्ट प्रालिका अध्यक्ष अनिलकुमार रुङ्गटा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत […]

४९.९५ मेगावाटको दानाखोला आयोजनामा ७ अर्ब ४७ करोड लगानी जुट्यो

काठमाडौं । लालुपाते हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको ४९.९५ मेगावाटको दाना खोला जलविद्युत आयोजनाको लागि लगानी जुटेको छ। उर्जा जलस्रोत तथा सिचाई मन्त्री दिपक खड्काको उपस्थितिमा शुक्रबार कम्पनी र ऋण प्रवाह गर्ने वित्तीय संस्थाबीच सम्झौता भएको हो। सानिमा बैंकको अगुवाइमा नबिल बैंक, सिटिजन्स बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक र […]

नेपाल प्राइभेट इक्विटी एसोसिएसनको तेस्रो एजीएम पुस २६ गते, अध्यक्षको लाइनमा तिमिल्सिना र थापा

काठमाडौं । नेपाल प्राइभेट इक्विटी एसोसिएसनको तेस्रो वार्षिक साधारण सभा आगामी पुस २६ गते हुने भएको छ । सभाले नयाँ सात सदस्सिय सञ्चालक समिति निर्वाचित गर्ने छ । सञ्चालक सदस्यहरु मध्येबाट एक अध्यक्ष निर्वाचित हुनेछन् । एसोसिएसनले सर्वसमतिका आधारमा नयाँ सञ्चालक समिति निर्वाचित गर्ने तयारी गरेको छ । हालसम्म अध्यक्षका लागि अवसर इक्विटी फण्ड ध्रुव तिमिल्सिना […]

चितवनमा १५ औं संस्करण चितवन महोत्सव २०८१ आयोजना हुने

काठमाडौं । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा २०८१ पुस २५ देखि माघ १० गतेसम्म नारायणी नदी किनारमा चितवन महोत्सव–२०८१ आयोजना हुने भएको छ । १५ औं संस्करणका रुपमा आयोजना गर्न लागिएको यस वर्षको महोत्सवमा अन्तरराष्ट्रिय व्यवसायिक प्रतिष्ठानको उल्लेख्य सहभागिता रहने आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सवमा चीनका उद्योग वाणिज्य संघहरुको समन्वयमा चीनका विभिन्न […]

लुम्बिनी इन्टिग्रेटेड एकेडेमीमा विद्यार्थी ओरिन्टेसन कार्यक्रम सम्पन्न

काठमाडौं । लुम्बिनी इन्टिग्रेटेड एकेडेमीले आफ्नो पहिलो वार्षिकोत्सव तथा बीए एलएलबी र वन विज्ञान (बीएसी फरेस्टी) प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुको ओरिन्टेसन कार्यक्रम उच्च अदालत तुलसीपुर, बुटवल इजलासका मुख्य भई काम गर्ने न्यायाधीस राजेश्वर तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ । तिवारीले न्यायालय जनताको अधिकार रक्षा गर्ने संस्था भएको बताए । राज्यले जनताको अधिकार खुम्च्याउन […]

निर्यात दिवसः निकासी बढाउन सरकारबाटै सहजीकरणको आवश्यकता

काठमाडौं । नवौँ निर्यात दिवस २०८१ को अवसरमा निर्यातमूलक वस्तुहरुको ब्यापार मेला आयोजना भएको छ । नेपाल निर्यात परिषदले निर्यातमूलक नेपाली वस्तुहरुको ब्यापार मेला आयोजना गरेको हो । निर्यात दिवसका अवसरमा आयोजित मेलामा परिषदका अध्यक्ष नरेश लाल श्रेष्ठले हाल वार्षिक डेढ खर्ब हाराहारीको मात्रै निकासी भइरहेको बताउँदै यसलाई कम्तीमा अहिलेकै अवस्थामा अलिकति मेहनत गर्ने हो भने […]

स्वास्थ्य बीमा सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन

काठमाडौं । स्वास्थ्य बीमा क्षेत्र सुधार गर्न गठित सुधार समितिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेको छ । मन्त्रालयमा आयोजित प्रतिवेदन हस्तान्तरण कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले प्रतिवेदनले सुझाव दिएका बुँदाहरु कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ”बिमा क्षेत्रमा सुधार गर्ने हुटहुटी छ । यो प्रतिवेदनले स्वास्थ्य बीमा सुधार गर्नुपर्ने योजना र विषयवस्तु समेटेको […]

नेपाल लाइफको ‘रक्षा कवच’ म्यादी जीवन बीमा योजना सार्वजनिक

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ रक्षा कवच जीवन बीमा योजना सार्वजनिक गरेको छ । न्यूनतम बीमा शुल्कमा उच्चतम सुरक्षा प्रदान गर्ने अभिप्रायका साथ पुस १८ गते काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उक्त बीमा योजना सार्वजनिक गरेका हुन् । एक निश्चित […]

सिबिफिनको अध्यक्षमा पुनः उपेन्द्र पौड्याल निर्वाचित

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को अध्यक्षमा पुनः उपेन्द्र पौड्याल निर्विरोध निर्वाचित भएका छन्। सिबिफिनको पाँचौं वार्षिक साधारणसभामा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा अध्यक्ष पदका लागि पौड्यालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। सचिवबाहेक अन्य पदाधिकारी पनि निर्विरोध निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षको पदमा महालक्ष्मी विकास बैंकका राजेश उपाध्याय […]

बैंकिङ क्षेत्र इतिहासकै चुनौतिपूर्ण अवस्थाबाट गुज्रिरहेको छ: सिबिफिनका अध्यक्ष उपेन्द्र पौडेल

काठमाडौं । नेपालको बैंकिङ क्षेत्र अहिले गम्भीर चुनौतीहरूबाट गुज्रिरहेको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का नवनिर्वाचित अध्यक्ष उपेन्द्र पौडेलले बताएका छन् । सबिफिनको पाँचौं वार्षिक साधारण सभामा पौडेलले बैंकिङ क्षेत्र अहिले गम्भीर चुनौतीहरूबाट गुज्रिरहेको बताएका हुन् । ‘आर्थिक सुधारका केही सूचकहरू सकारात्मक भए तापनि आन्तरिक अर्थतन्त्र कमजोर छ। लगानीकर्ताहरू र उद्यमीहरू निराश छन्, तरलता पर्याप्त […]