ग्रीन भेन्चर्सका अध्यक्ष संघईद्वारा राजिनामा

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडका सञ्चालक समिति अध्यक्ष विरेन्द्र कुमार संघईले दिएको राजिनामा स्वीकृत भएको छ । कम्पनी सञ्चालक समितिको बैशाख १७ गते बसेको २१औं बैठकको निर्णयले अध्यक्ष संघईले दिएको राजिनामा स्वीकृत गरेको हो । उनले आफ्ना व्यक्तिगत कारण देखाई अध्यक्ष पदबाट राजिनामा दिएका थिए ।

नेको इन्स्योरेन्सले बोलायो साधारण सभा, लाभांश पारित गर्ने

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले २९ औं वार्षिक साधारण सभा बोलाएको छ । लाभांश लगायतका प्रस्ताव पारित गर्न आउँदो जेठ ९ गते नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजे २९औं वार्षिक साधारण सभा बोलाएको हो। उक्त सभाले मुख्य रूपमा चुक्ता पूँजीको ७ प्रतिशत अर्थात् १०० कित्ता शेयरका लागि ७ कित्ताका दरले बोनस शेयर र ०।३६८४ प्रतिशत […]

उपत्यकामा ठूलो परिणाममा प्रतिबन्धित भेप बरामद

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट ठूलो मात्रामा प्रतिबन्धित इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको छ। बुधबार विभागको अनुगमन टोलीले काठमाडौंको आरबी कम्प्लेक्स र ललितपुरस्थित मेडिसिटी अस्पताल नजिकका व्यापारीक स्थलहरूबाट भेप बरामद गरेको हो। विभागका अनुसार आरबी कम्प्लेक्समा रहेका ‘स्माइल योर च्वाइस’ र ‘भेपमाण्डु टेडस’ नामक पसलहरू तथा मेडिसिटी अस्पताल नजिक […]

भुकम्पले भत्काएको श्री जनप्रिय आधारभुत विद्यालय भवन पुनर्निर्माणमा सिद्धार्थ बैंकको साथ

काठमाडौं । सिद्धार्थ बैंकको सहयोगमा बन्ने श्री जनप्रिय आधारभुत विद्यालय भवनको पुनर्निर्माण कार्य सुरु भएको छ । सो भवनको पुनर्निर्माणको शिलान्यास कार्यक्रम गरिएको छ । २०८० साल कार्तिक १७ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त उक्त विद्यालयको दुई वटा भवन मध्ये एउटा भवनको पुनर्निर्माण कार्य बैंकको सहयोगमा हुन लागेको हो । उक्त बिध्यालयमा  कुल १७५ जना […]

नेपाल हेभी इक्विपेमन्ट व्यवसायी महासंघको अध्यक्षमा शर्मा

काठमाडौं । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको अध्यक्षमा उमाकान्त शर्मा निर्वाचित भएका छन् । बिहीबार काठमाडौंमा सम्पन्न छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनले शर्माको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा सुरेश खत्री, प्रथम उपाध्यक्षमा वसन्तप्रसाद भुसाल, द्वितीय उपाध्यक्षमा सुनिल थापा, तृतीय उपाध्यक्षमा जयबहादुर साउद र महासचिवमा मेजर शमशेर कुवर महेश निर्वाचित […]

प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सको लाभांस घोषणा

काठमाडौं । प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०८१/०८१ को वित्तिय बिबतरण अनुसार सो आर्थिक बर्षको वितरण योग्य मुनाफाबाट हाल कायम चुक्ता पँजीको ८ प्रतिशत वोनश शेयर तथा कर प्रयोजनार्थ०.४२१ नगद लाभांस समेत गरि कूल ८.४२१ लाभांस प्रस्ताव गरेको छ । कम्पनीले प्र्सताव गरेको लाभासं नियामकीय निकाय बीमा प्राधिकरणबाट स्वीकृति प्रापथ गरेपश्चात आगामी साधारणसभामा […]

केआइआइटीमा नेपाली छात्राको मृत्युः परराष्ट्रले थाल्यो कूटनीतिक पहल

काठमाडौं । परराष्ट्र मन्त्रालयले भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत वीरगञ्जकी प्रिसा साहको मृत्यु भएको घटनाको छानबिनका निम्ति कूटनीतिक पहल प्रारम्भ गरेको छ । छात्रा साह बिहीबार बेलुका आफ्नै कोठामा मृत भेटिएकी थिइन् । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत भारतको आइआइटीमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह […]

सुनको मूल्य यथावत चाँदीको थोरै बढ्यो

काठमाडौं । आज  नेपाली बजारमा  छापावाल सुनको मूल्य १ लाख ८३ हजार ५ सय  कायम भएको छ । हिजो पनि  प्रति तोला १ लाख ८३ हजार ५ सय रहेको छापावाल सुनमा सोहि मूल्य कायम भएको छ  । त्यसैगरी फ्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ७५ हजार ३सय २०   रहेको नेपाल सुनचाँदी व्यबसायी महासंघले […]

अर्थमन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका भाजपाका विदेश विभाग प्रमुख चौथाइवाले आज बिहान  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता  गरेका छन् । उनले नेपालका सरकारका उच्च पदस्थ पदाधिकारी सहित   राजनीतिक नेतासँग भेटघाट गरिरहेका छन् । यस अघि उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा, परराष्ट्र मन्त्री आरजु राणा, प्रधामन्त्री केपी शर्मा ओली लगायतलाई भेटिसकेका छन् । अर्थ […]

सान्भि इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं ।सान्भि इनर्जी लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज वैशाख १९ गते अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले गत वैशाख ५ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेको थियो। […]