बडा दशैंको आज सातौँ दिन, घर–घरमा फूलपाती भित्र्याइँदै

काठमाडौं । आज बडा दसैँको सातौं दिन अर्थात् फूलपाती। आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ। नवपत्रिकाको नामले चिनिने फूलपाती नववटी देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार […]

आजको मौसम : कोशी, बागमती  र गण्डकी  प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायु एवं स्थानीय वायुको समेत प्रभाव कमजोर रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी , बागमती  र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरू साथै बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा […]

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६६ रुपैयाँ ४७ पैसा ,युके पाउण्ड स्टर्लिङ एकको खरिददर […]

धौलागिरि हिमाल आरोहण गर्न ‘रुट’ तयार

म्याग्दी । विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धौलागिरि हिमालको चुचुरोमा पुग्ने ‘रुट’ तयार गरिएकोे छ । धौलागिरि हिमाल म्याग्दीको धौलागिरि गाउँपालिका–४ को भूगोलमा पर्छ । चालु शरदयाममा आरोहण टोली लिएर हिमालमा पुगेका चार जना शेर्पाहरूले ‘रुट’ बनाएर चुचुरोमा पुगेका हुन् । आरोहण कम्पनी सेभेन समिट ट्रेक्सका संस्थापक मिङ्मा शेर्पाले आधार शिविरदेखि बाटो बनाएर […]

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पुनर्निर्माण कोषलाई दियो १ करोड

काठमाडौं । सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेपाल इन्फ्रास्ट्रक्चर बैक लिमिटेड (निफ्रा)ले एक करोड रुपैयाँ सहयोग गरेको छ । २३ र २४ भदौको आन्दोलनका क्रममा भौतिक संरचनामा व्यापक आगजनी र तोडफोड गरिएको थियो। सो क्रममा ठूलो क्षति भएकोमा त्यस्ता भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका लागि सरकारले कोष खडा गरेको हो […]

बेमौसमी फूलखेती गरेर रु १५ लाख आम्दानी

दाङ । घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका लोकेन्द्र रोकामगरको बारीमा आजभोलि सयपत्रीका फूल ढकमक्क फुलेका छन् । उनले बाह्रै महिना यसैगरी फूलको व्यावसायिक खेती गर्दै आएका छन् । बेसिजन अर्थात् बेमौसमी याममा पनि उन फूल, माला बिक्री गर्दै आएको बताए । चाडपर्वमा मात्र नभई मगरको बारीमा अघिपछि पनि फूल फुलिरहेको हुन्छ । व्यावसायिक रूपमा फूलखेती गरेका उनी […]

धरान कृषि बजारबाट दुई अर्ब ४० करोडको खसीको कारोबार

सुनसरी । चाडपर्व सुरु भएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको किनबेच बढेको छ। प्रत्येक साताको बिहीबार र शुक्रबार सञ्चालन हुने यस बजारमा देशका विभिन्न पहाडी र तराई क्षेत्रबाट किसान र व्यापारीले खसीबोका बिक्रीका लागि ल्याउने गर्दछन्। सङ्खुवासभाका श्यामबहादुर बस्नेत विगत १८ वर्षदेखि पशुपालन व्यवसायमा सक्रिय छन्। उनले भने, ‘चाडपर्व सुरु हुँदा प्रत्येक वर्ष […]

पूर्वाधार विकाससँगै मणिकाधाम पर्यटकीय गन्तव्य बन्दै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका(८ चुरेफेदीस्थित धार्मिक तथा पर्यटकीयस्थल मणिकाधाम क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणमा जोड दिइएको छ । मन्दिर परिसरमा सडक, खानेपानी, धर्मशाला, विद्युत्, टेवा पर्खाललगायता पूर्वाधार विकासका काम तीव्र गतिमा अघि बढाइएको हो । बैजनाथ धार्मिक पर्यटकीय विकास समितिका अध्यक्ष पुरन हमालका अनुसार प्राचीनकालदेखि पूजाआराधना हुँदै आएको मणिकाधाम भौतिक पूर्वाधारको अभावले ओझेलमा परेको थियो । […]

खसी–बोका बिक्री हुँदा किसान खुसी

कैलाली । कैलालीको चुरे गाउँपालिकाका किसान जीवन थापा हाल धनगढीमा खसी—बोका बिक्री गर्न भ्याइनभ्याइ छ । दसैँको समयमा सहरी क्षेत्रमा खसी–बोकाको बिक्री बढ्दा बाख्रापालनमा गरेको मेहनत र लगानी उठ्न थालेको भन्दै उनी खुसी छन् । थापाले भने, “गाउँमा खसी–बोकाको त्यति माग नहुने भएपछि सहरमा ल्याएर बिक्री गरिरहेको छु । माग राम्रै छ, आम्दानीले घर खर्च […]

पायोनियर ओपन स्काउट ग्रुपद्वारा धाँ बाजा प्रशिक्षण तथा दिक्षान्त समारोह सम्पन्न

काठमाडौं । पायोनियर ओपन स्काउट ग्रुपद्वारा आयोजित धाँ बाजा प्रशिक्षण समापन तथा दिक्षान्त समारोह एवम् सम्मान कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रममा भक्तपुर नगरपालिकाकी नगर उप–प्रमुख तथा नगर प्रमुख स्काउट रजनी जोशीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । त्यस्तै, नेपाल स्काउटका पूर्व प्रमुख आयुक्तद्वय रविन दाहाल र महेन्द्र राज रन्जित विशिष्ठ आतिथ्यताका रुपमा […]