एनआरएनएद्वारा निर्माण गरिएको काठमाडौं ट्राफिक कन्ट्रोल रुम नेपाल प्रहरीलाई हस्तान्तरण
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखा, रामशाहपथमा निर्माण गरिएको अत्याधुनिक ट्राफिक कन्ट्रोल रुम आज औपचारिक रूपमा नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । कार्यक्रमको उद्घाटन उपत्यका प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) दानबहादुर कार्की र एनआरएनए अध्यक्ष महेशकुमार श्रेष्ठले संयुक्त रूपमा गरेका छन्। कार्यक्रममा एनआरएनए उपाध्यक्ष मनोजकुमार श्रेष्ठले स्वागत मन्तव्य राखे भने […]

