स्टान्डर्ड चार्टर्ड बैंकको नगद लाभांश घोषणा

काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो । शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीलाई लाभांश वितरण गरिनेछ ।  

सडक रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु, १७ वटा ठेक्का तोडिंदै

काठमाडौं । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत हुलाकी सडक निर्देशनालय, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं र इटहरी मातहतका सडक डिभिजन कार्यालयले रुग्ण अवस्थामा रहेका १७ वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका छन् । सडक डिभिजन […]

ड्रिम टू प्ले टि-ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि मोरङलाई

काठमाडौं । काठमाडौँ- बिराटनगर किंग्सले कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा आयोजना गरेको DREAM TO PLAY प्रतियोगिताको अन्तिम दिनका खेलहरू सकिएसँगै अंक तालिकाको शिर्ष स्थानमा रहेर मोरङले उपाधि जितेको छ । सिंगल राउण्ड रोबिन लिग फर्म्याटमा खेलाइएको प्रतियोगितामा मोरङले आफ्ना सबै चार खेलमा स्पष्ट नतिजासहित ८ अंक बटुलेको थियो । त्यस्तै झापा, सुनसरी र ईलामले क्रमश: […]

सुनचाँदीको मूल्यमा रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । शुक्रबार  नेपाली बजारमा सुनको मूल्यमा ७  हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन तोलामा २ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यसदिन चाँदीको मूल्यमा ७५ रुपैयाँले बढेको छ । बजारमा […]

 हिमालयन डिष्टिलरीको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर सहित) दिने प्रस्ताव गरेको छ । सो प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ३० गते, आइतबार, आफ्नो रजिष्टर्ड कार्यालय, विरगञ्ज, पर्सामा २५ औँ वार्षिक साधारण सभा बोलाएको छ […]

कात्तिकका लागि पनि घट्यो बैंकहरुको ब्याजदर, कुनको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि मुद्दति निक्षेपमा प्रदान गर्ने ब्याजदर घटाएका छन् । बैंकहरुले सूचना जारी गर्दै ब्याजदर घटेको जनाएका हुन् । असोज महिनामा बैंकहरुले व्यक्तिगत मुद्दति खातामा ५.४६ प्रतिशत ब्याज दिने गरेका थिए । कात्तिकका लागि उक्त दर घटेर ५.२० प्रतिशत कायम गरिएको छ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये १४ बैंकहरुले […]

डेडिकेटेड तथा ट्रंक लाइन विद्युत महसुल विवाद  ३ उधोगले तिरे बक्यौता किस्ता

काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेका उद्योगले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत प्राधिकरणलाई तिर्न सुरु गरेका छन् । सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डिस्ट्रिजले किस्ता तिरेका हुन् । तीनवटै उद्योगले विगतमा किस्ताबन्दीको सुविधा लिई बक्यौता रकम तिर्न सुरु गरेका थिए । तर, २८ किस्ता सुविधा लिएर केही बक्यौता […]

सडक र पुलका रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु, १७ वटा ठेक्का तोडिंदै

काठमाडौं । सरकारले सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत हुलाकी सडक निर्देशनालय, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं र इटहरी मातहतका सडक डिभिजन कार्यालयले रुग्ण अवस्थामा रहेका १७ वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएकपो हो । सडक […]

बेनीमा घरमै प्रसूति हुनेको सङ्ख्या शून्य

म्याग्दी । बेनी नगरपालिकाले घरमा प्रसूति हुनेको सङ्ख्यालाई लगातार तेस्रो वर्ष शून्य अङ्कमा कायम राखेको छ । आर्थिक वर्ष २०७८/७९ यता बेनी नगरपालिकामा घरमा सुत्केरी हुने आमाहरूको सङ्ख्या शून्य छ । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै विभिन्न समस्या देखिने भएकाले पालिकाले सुरक्षित प्रसूति सेवालाई प्राथमिकता दिएको हो । प्रसूतिका कारण […]

दुई रोपनी क्षेत्रफलमा सयपत्री ढकमक्क, बजार खोज्दै किसान

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ डहरेका मञ्जु श्रेष्ठले दुई रोपनी क्षेत्रफलमा सयपत्री फूल उत्पादन गरेकी छन् । गत वर्ष तिहारकै बेला फूल फुल्ने गरेकामा यस वर्ष चाँडै सयपत्री फुलेपछि बजार के हुन्छ भन्नेमा अन्योल छाएको छ । उनले विगत पाँच वर्षदेखि सयपत्री फूलखेती गरिरहेकी छन् । गत वर्षहरूमा तिहारमा नै फुल्ने सयपत्री फूल यस वर्ष […]