एनपिएल दोस्रो सिजन :उद्घाटन खेलमा काठमाडौं ५ विकेटले विजयी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको उद्घाटन  खेलमा काठमाडौं गुर्खाजले जित निकालेको छ । आज भएको उद्घाटन खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । काठमाडौंका लागि ओपनर बेन चाल्र्सवर्थ ४६ रनमा आउट भए । पहिलो खेलमा नै अर्धशतक बनाउनबाट उनी ४ रनले चुके । त्यस्तै आकाश त्रिपाठीले […]

ग्रीनेदी इनर्जी लिमिटेडको शेयर निष्काशनका लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । ग्रीनेदी इनर्जी लिमिटेडले स्थानियबासी तथा सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता मंसिर १ गते सोमबार सम्पन्न भएको हो । सम्झौतामा ग्रीनेदी इनर्जी लिमिटेडका तर्फबाट अध्यक्ष  युरेश मान कायस्थ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक आशिष […]

नेपाल क्रिकेटलाई रंगीन बनाउदै जस्मिन पेन्ट्स  

काठमाडौं । जस्मिन पेन्ट्सले नेपाली क्रिकेटप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै नेपाल क्रिकेट संघ (CAN) सँगको साझेदारीलाई जारी राखेको छ। यस साझेदारी मार्फत जस्मिन पेन्ट्सले नेपालका महत्वपूर्ण क्रिकेट मैदानहरूका लागि उच्च गुणस्तरका पेन्ट र कोटिङ उपलब्ध गराई क्रिकेटको विकासमा साथ दिँदै आएको छ। यस प्रतिबद्धता अनुरुप जस्मिन पेन्ट्सले देशका दुई प्रमुख क्रिकेट मैदान, टीयू क्रिकेट ग्राउण्ड […]

जीवन बिमा कम्पनीहरुको नाफा करिब २ अर्ब रुपैयाँ, ४८ अर्ब ७९ करोड बिमा शुल्क संकलन

काठमाडौं । जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा १ अर्ब ९७ करोड रुपैयाँ नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा २.५१ प्रतिशत धेरै हो । गत वर्ष यी कम्पनीहरुले १ अर्ब ९२ करोड रुपैयाँ नाफा कमाएका थिए । जीवन बिमाहरुले समग्रमा ४८ अर्ब ७९ करोड ९३ लाख रुपैयाँ बराबरको […]

२ महिनामा सात अर्ब ३६ करोडको मालवस्तु आयात

मुस्ताङ । मुस्ताङ भन्सार कार्यालयबाट दुई महिनाको अवधिमा रु सात अर्ब ३६ करोड ५८ लाख ६१ हजार बराबरको मालवस्तु चीनबाट आयात गरिएको छ । रसुवागढी नाका र तातोपानी नाका गत असार र भदौ महिनामा बाढी पहिरोका कारण अवरुद्ध बनेपछि (नेपाल—चीन) लोमान्थाङ—२ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयलाई विकल्पका रुपमा ३० भदौदेखि प्रयोगमा ल्याइएको थियो । भन्सार विभागले […]

विधिको शासन, शान्तिपूर्ण तथा सुरक्षित व्यावसायिक वातावरण सुनिश्चित गर्न आवश्यक : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विधिको शासनको पूर्ण पालन, र शान्तिपूर्ण तथा सुरक्षित व्यावसायिक वातावरण सुनिश्चित गर्न आवश्यक कदम चालिनु पर्नेमा जोड दिएको छ । भदौ २३ र २४ गतेका घटना सम्बन्धि जाँचबुझ आयोग २०८२ को पदाधिकारीसंग आज नेपाल उद्योग वाणिज्य महासंघका सचिवालयमा भएको भेटवार्ताका क्रममा महासंघले जेनजी आन्दोलनका क्रममा भएको गलत घुसपैठ र […]

निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की

काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनको सफलतामा मुलुकको लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर रहेको बताएकी छिन् । प्रधानमन्त्री कार्कीले नागरिक समाजका नेताहरूलाई सम्बोधनका क्रममा आज यहाँ यस पटकको निर्वाचन असफल भए मुलुक राजनीतिक अन्योल र संवैधानिक सङ्कटमा धकेलिने उल्लेख गरिन् । “नागरिक समाजका नेताहरूका रूपमा तपाईंहरूले सरकार तथा दलहरूबीच […]

सामाजिक सञ्जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन् । अपराध अनुसन्धान विभागको ७०औँ स्थापना दिवसका अवसरमा सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनले सामाजिक सञ्जालको दुरुपयोग भएसँगै लागूऔषध दुव्र्यसन तथा कारोबार, क्रिप्टोकरेन्सी, अनलाइन गेमिङ, स्क्यामिङ, आत्महत्या, मानव बेचबिखन तथा ओसारपसार, आर्थिक अपराध र अन्तरदेशीय प्रकृतिका जटिल तथा […]

बुद्धभूमि नेपालले साधारण सभा मंसिर २४ गते

काठमाडौं । बुद्धभूमि नेपाल हाईड्रोपावर कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ । सभा मंसिर २४  गते वालनट बिस्ट्रो, दोचा मार्ग, पानीपोखरी, काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ । सभामा संचालक समितको तर्फबाट पेश गरेको २०८१\८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरिनेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर ९ गते बुक कलोज गर्ने भएको छ ।  यस अनुसार […]

एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी लिलाम बिक्री पोर्टलमा उपलब्ध

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडको नाममा रहेका बैंकिङ्ग सम्पत्तिहरु, गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सार्वजनिक गरिएको छ । बैंकले सञ्चालनमा ल्याएको यस अनलाईन पोर्टल मार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सम्पूर्ण सूचनाहरूको बारेमा विस्तृत जानकारी समेटिएको छ । […]