१४ अर्ब ५६ करोड बराबरको ट्रेजरी बिल नविकरण गर्दै सरकार

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आइतबार १४ अर्ब ५६ करोडको ट्रेजरी बिल नविकरण गर्दैछ । आन्तरिक ऋण उठाउने उद्देश्ले जारी गरेको उक्त रकम बराबरको ट्रेजरी बिलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले सहभागी हुन सक्ने छन् । कर्जा लगानी गर्न नसक्दा आन्तरिक ऋण उठाउने प्रयोजनका लागि […]

ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सूनचाँदीको मूल्यमा गिरावट आएको छ । गत कार्तिक ३ गते प्रति तोला २ लाख ५३ हजार ५ सय रहेको छापावाल सुनको मूल्य आज प्रति तोला आज ह्वात्तै घटेर प्रतितोला २ लाख ४१ हजार ९ सय कायम भएको छ । कार्तिक ३ गते प्रति १० ग्राम २ लाख १७ हजार ३ सय […]

बैंकिङ प्रणालीमा अधिक तरलता ९० अर्व तान्दै राष्ट्र बैङ्क

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले आइतबार ९० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले ४२ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो । तरलता व्यवस्थापनका […]

छठपूजाका लागि झापाका नदी किनार सजाइए

झापा । छठ पूजाका लागि जिल्लाको भद्रपुर, कनकाई, मेचीनगर, दमक क्षेत्रका दर्जनौँ नदीका घाट सजाउने कार्य भएको छ । छठका बर्तालुहरूले सजाइएका नदीका घाटमा सोमबार साँझ अस्ताउँदो सूर्यलाई र मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिने छठ सेवा समिति विर्तामोडकी अध्यक्ष सङ्गीता रौनियारले बताइन् । उनका अनुसार जिल्लाको मुख्य व्यापारिक केन्द्र विर्तामोडका बर्तालुहरूले कनकाईको बिरिङ नदी […]

शनिबार ६ हजार ३९३ जना भक्तजनले पाथीभरा दर्शन गरे

ताप्लेजुङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा शनिबार यो यामकै सबैभन्दा धेरै दर्शनार्थी पुगेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिबार एकै दिन ६ हजार ३९३ जना भक्तजनले पाथीभराको दर्शन गरे । बिहान ३ः०० देखि दिउँसो ३ः०० बजेसम्म लाइनमा बसेर भक्तजनले पूजाअर्चना गरेका थिए । पाथीभरामा वर्षभर नै भक्तजनको आगमन हुने गरेको छ । तर […]

आईसीसी विश्वकप लिग टुः नेपाल र अमेरिकाबीच आज खेल हुँदै

काठमाडौं । नेपालले आज आईसीसी विश्वकप लिग टु अन्तर्गत अमेरिकासँग खेल्दै छ । आईसीसी विश्वकप टी २० एशिया तथा इस्ट एशिया प्यासिफिकमा अपराजित रहँदै टी २० विश्वकपमा छनोट भएको नेपाल एक दिवसिय संरचनाका खेलहरुमा सहभागि हुन यूएई पुगेको हो । लिग टु को यो श्रृंखला आजदेखि यूएईमा शुरु हुँदैछ । आज नेपालले पहिलो खेलमा अमेरिकाको […]

युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक ११ गते बुकक्लोज गर्दैछ । कात्तिक १० गते छठ पर्वको सार्वजनिक बिदा भएका कारण आइबारसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले कात्तिक […]

शिव श्री हाइड्रोको अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा 

काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीले सर्वसाधारण समूहको अवितरित ८ लाख ६५ हजार ८४५ कित्ता हकप्रद सेयर लिलाममा राखेको हो । कम्पनीले भदौ १९ गतेदेखि असोज २३ गतेसम्म हकप्रद सेयर निष्कासन गर्दा बाँकी बसेको उक्त सेयर सबैले किन्न पाउने गरी लिलामीमा राखेको हो । कम्पनीले सेयरको […]

सिँचाइका १२ रुग्ण ठेक्का तोडियो, सडकका थप ४० रुग्ण ठेक्का तोड्न सार्वजनिक सूचना

काठमाडौं ।  ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका सिँचाइतर्फका १२ रुग्ण ठेक्का तोडिएको छ । साविकको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं २ जलेश्वर महोत्तरीअन्तर्गतका १२ रुग्ण ठेक्का तोडिएको छ । बबई सिँचाइ आयोजनाका ६ रुग्ण ठेक्का तोड्न ३० असोजमा १५ दिने सार्वजनिक सूचना प्रकाशित भइसकेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक […]

लेकाली भेगका किसानको आम्दानीको स्रोत सतुवा

भोजपुर । जिल्लाका लेकाली भेगका किसान पछिल्ला वर्षहरूमा व्यावसायिक सतुवा (जडीबुटी) खेतीतर्फ आकर्षित भएका छन् । मनग्य आम्दानी र औषधीय उपयोगका कारण यो खेती किसानको प्रमुख रोजाइ बन्दै गएको हो । टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा, वडा नं ५ को माथिल्लो भेग, भोजपुर नगरपालिका–२ हेलौछा, षडानन्द नगरपालिका–९ किमालुङ र वडा नं १० साम्पाङ, आमचोक गाउँपालिका–४ र साल्पासिलिछो […]