स्वास्थ्य परीक्षण दोहोर्याउनु नपर्नेगरी एकीकृत विद्युतीय प्रणाली लागू गरिने
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिरामीको एउटै परीक्षण दोहोर्याउनु नपर्नेगरी एकीकृत विद्युतीय प्रणाली लागू गर्ने भएको छ । स्वाथ्यमन्त्री प्रदीप पौडेलले एक स्थानमा भएको बिरामीको परीक्षणसम्बन्धी जानकारी विद्युतीय रूपमा सबै स्वास्थ्य संस्थाले प्राप्त गर्नेगरी एकीकृत प्रणाली लागू गर्ने निर्णय गरेका हुन् । मन्त्री पौडेलले सदर गरेको विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका, […]

