शीतलहरले मधेशमा जनजीवन प्रभावित

काठमाडौं । विगत पाँच दिनदेखि अविरल रुपमा चिसो स्याँठ चल्नुका साथै शीतलहरले महोत्तरीसहित तराई मधेसमा जनजीवन प्रभावित भएको छ । लगातारको चिसो वायुले तराईका जिल्लामा दैनिक रुपमा जाडो बढेको बढ्यै भएपछि जनजीवन प्रभावित भएको हो । निरन्तरको चिसो कठ्याग्रिँदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण पशुचौपाया तथा बालीनाली समेत प्रभावित बनेका जलेश्वर– ७ का […]

बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको लागि आवेदन माग, के चाहिन्छ ? योग्यता

काठमाडौं । नेपाल बिमा प्राधिकरणको रिक्त सञ्चालक समितिको अध्यक्ष सिफारिस समितिले  खुल्ला प्रतिस्पर्धाबाट अध्यक्ष आवेदन माग गरेको छ ।  सिफारिस समितिले तोकिएको योग्यता  भएका इच्छुक नेपाली नागरिकलाई आजको मितिले १५ दिन भित्र वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार, काठमाडौमा गोप्य खामवन्दी आवेदन दिन आग्रह गरेको छ  । सिफारिस समितिले तोके अनुसार  बिमा प्राधिकरणको अध्यक्ष […]

समता घरेलु लघुवित्त वित्तीय संस्थाले ५.२६ प्रतिशत लाभांस वितरण गर्ने

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक बर्ष २०८०\८१को वितरणयोग्य मुनाफाबाट हाल कायम कुल चुक्ता पूँजी रु. ५९,९०,९६,७२८/- (अक्षरेपी उनान्साठी करोड नब्बे लाख छयानब्बे हजार सात सय अट्ठाईस रुपैया मात्र)  लगानी कर्तालाइ ५ प्रतिशत लाभांस र कर प्रयोजनको लागि ०.२६ प्रतिशत गरी जम्मा ५.२६३१५७९० प्रतिशतले हुने रकम रु. ३,१५,३१,४०६.७८ (अक्षरेपी तिन करोड पन्ध्र […]

यस्तो छ आजको लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले निर्धारण गरेको दरअनुसार आज अमेरिकी डलर र युरोपियन युरोको मूल्य स्थिर रहेको छ । यस्तै, सिङ्गापुर डलर, जापानी येन, थाई भाट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, कुवेती दिनार, बहराइन दिनारको मूल्य भने बढेको छ । युके पाउन्ड स्ट्रलिङ, […]

तीनै तहका सरकारको आम्दानीभन्दा खर्च १ खर्ब ३१ अर्ब बढी

काठमाडौं । तीन तह (संघीय, प्रदेश र स्थानीय सरकार)को आम्दानीभन्दा खर्च बढी देखिएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा तीनै तहका सरकारले प्राप्तिभन्दा १ खर्ब ३१ अर्ब २ करोड ९६ लाख रुपैयाँ बढी खर्च गरेका छन् । अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको संघ, प्रदेश र स्थानीय तहको एकीकृत वित्तीय विवरणअनुसार आर्थिक वर्ष ०८०/८१ मा तीनै […]

बैंक तथा वित्तीय संस्थाको १ खर्ब २८ अर्ब पुग्यो ब्याज खर्च , लगानी रकम बाहिरन नसक्दा समस्यामा 

काठमाडौं । कर्जा लगानी गर्न नसकेको अवस्थामा बैंक तथा वित्तीय संस्थाको विविध शीर्षकमा दायित्व भने निरन्तर बढी रहेको छ । बैंक तथा वित्तीय संस्थाले पछिल्लो समय भने महँगो दरमा लिएको निक्षेप संकलनले दायित्व वृद्धि गरेको हो । हाल बैंकहरुको सीडी रेसियो ७९.०२ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले सीडी रेसियो ९० प्रतिशत सम्म कायम […]

रवि लामिछाने ६५ लाख धरौटीमा रिहा

काठमाडौं । कास्की जिल्ला अदालतले सहकारी बचत अपचलन प्रकरणमा रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री लामिछानेलाई सहकारी रकम अपचलन आरोपमा अनुसन्धानकै क्रममा पक्राउ गरिएको थियो। तीन महिना लामो अनुसन्धान र थुनछेक बहसपछि बिहीबार न्यायाधीश नितीज राईको इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएको हो। लामिछानेमाथि सूर्यदर्शन सहकारीको […]

सिद्धबाबा सुरुङमार्ग छिचोलिन ८ मिटर मात्रै बाँकी, ‘ब्रेक थ्रु’ नजिक

काठमाडौं । सिद्धबाबा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ। हालसम्म १ हजार ८१ मिटर सुरुङ खनिसकिएको छ । जसमा उत्तरतर्फ ४७७ मिटर र दक्षिणतर्फ ६०४ मिटर खनिएको हो। अब ८ मिटर मात्रै खनिसकेपछि सुरुङमार्ग पूर्ण रूपमा ‘ब्रेक थ्रु’ हुनेछ। आयोजनाका अनुसार, पुस २३ सम्म सुरुङमार्गको दुई वटा बाइपास खण्डमा ‘ब्रेक थ्रु’ भइसकेको छ। कुल १ हजार […]

लर्ड बुद्धमा ह्याकाथन आयोजना हुने

काठमाडौं । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले पुस २७ देखि २९ गते सम्म ४८ घण्टा लामो ह्याकाथन ‘ह्याक एक्स एलबीईएफ’ आयोजना गर्ने भएको छ। विद्यार्थी नेतृत्वमा आधारित प्रतियोगिता एलबीईएफ फाउण्डेशन मैतिदेविमा हुनेछ। संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य सम्बोधन गर्न नयाँ समाधानहरू विकास गर्नका लागि १३ विद्यार्थी समूहले प्रतिस्पर्धा गर्नेछन्। कार्यक्रमको विद्यार्थीहरू आफैँले आयोजना, व्यवस्थापन र सञ्चालन गर्नेछन्। […]

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य शीघ्र अघि बढाउन संसदीय समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य शीघ्र अघि बढाउन निर्देशन दिएको छ। समितिले बिहीबार पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई बोलाएर छलफल गर्दै विमानस्थल निर्माणलाई प्राथमिकता दिन सुझावसहित निर्देश गरेको हो। समितिको बैठकपछि जारी १० बुँदे निर्णयको सातौं बुँदामा भनिएको छ, ”राष्ट्रिय महत्त्व, सुरक्षा, र आर्थिक विकासका […]