विराटनगर महानगरपालिकाको सडक सौन्दर्यीकरण परियोजनाका लागि सिटिजन्स बैंकको सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विराटनगर महानगरपालिका क्षेत्रभित्र पर्ने रानी– बरगाछी सडक सौन्दर्यीकरण परियोजनाका लागि २ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियान अन्तर्गत रानी– बरगाछी ६ लेन सडकको डिभाइडरमा हरियाली सहित सडक सौन्दर्यकरण परियोजनाका लागि बैंकले सो सहयोग रकम प्रदान गरेको […]

नेपाल बीमा प्राधिकरणका अध्यक्ष नियुक्त गर्न सिफारिस समिति गठन

काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यक्षका लागि सिफारिस गर्न तीन सदस्यीय समिति गठन गरेको हो। समितिको संयोजक राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने सदस्य रहनेछन् । अन्य सदस्यमा अर्थ सचिव र विज्ञ सदस्यको रूपमा ज्योतिचन्द्र ओझालाई चयन गरिएको छ। नेपाल बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्यप्रसाद […]

वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो

पर्सा । वीरगञ्ज नाकाबाट डिजेल आयात घटेको छ भने पेट्रोल पैठारी बढेको छ । चालु आर्थिक वर्षको पाँच महिनामा डिजेलको आयात एक दशमलव १३ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । सो अवधिमाराजस्व सङ्कलनमा पनि छ दशमलव ९१ प्रतिशतले गिरावट आएको छ । आव २०८१/८२ को पाँच महिनामा ३२ अर्ब ३५ करोड २६ लाख […]

५ अर्ब रुपैयाँ बराबरको गलैँचा निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा ४ अर्ब ९६ करोड ३३ लाख रुपैयाँबराबरको गलैंचा निर्यात भएको छ । भन्सार विभागका अनुसार २ लाख ४६ हजार ४०४ स्क्वायर मिटर गलैंचा ५९ वटा मुलुकमा निर्यात भएको हो । सबैभन्दा बढी अमेरिकामा २ अर्ब ८३ करोड ५४ लाख रुपैयाँको गलैंचा निर्यात भएको थियो । चीनमा ६१ करोड […]

सामान्य अंकले बढ्यो नेप्से र कारोबार रकम

काठमाडौं । बुधबार सार्वजनिक बिदा पछि खुलेको शेयर बजार सामान्य बढेको छ । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ४.१९ अंकले बढेर २६३०.७१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.३० अंकले बढेर ४५१.४५ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ०.२४ र सेन्सेटिभ फोल्ट […]

७ वटा विकास बैंकले गरे लभांश घोषणा, ३ वटा बैंकले लाभांश नदिने

काठमाडौं ।नेपाल स्टक एक्सचेन्ज , नेप्सेमा सूचीकृत विकास बैंकहरुले लाभांश घोषणा गरेका छन् । मुलुकमा सञ्चलानमा रहेका १७ वटा विकास बैंक मध्ये नेप्सेमा सूचीकृत ७ वटा बैंकले लाभांश घोषणा गर्दा बाँकी ६ वटाले लाभांश घोषणा गरेका छैनन् , भने बाँकी ३ वटाले लाभांश वितरण नगर्ने जनाएका छन् । शतप्रतिशत विकास बैंकहरु नेप्सेमा सूचीकृत छन् । […]

अपि पावर कम्पनीले दार्चुला पावरमा लगानी गर्ने

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आफ्नो सहायक कम्पनी दार्चुला पावर लिमिटेडमा लगानी गर्ने भएको छ । कम्पनीले उक्त सहायक कम्पनीमा ७३ करोड रुपैयाँ लगानी गर्न लागेको हो । कम्पनीले दार्चुला पावर लिमिटेडले दार्चुला जिल्ला, मार्मा गाउँपालिकामा प्रवद्र्धन गरिरहेको २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत अयोजना निर्माणको लागि आवश्यक स्वपूँजी १ अर्ब ४१ करोड ५२ […]

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

दैलेख । यहाँ जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभागका अनुसार हिजो बुधबारसम्म तीन हजार नौ सय तीस मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ । अब ७० मिटर मात्र खन्न बाँकी छ । दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा गत वैशाख २८ गतेदेखि पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि […]

समस्याग्रस्त घोषणसँगै कर्णाली डेभलपमेण्ट बैंकको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कर्णाली डेभलपमेण्ट बैंकको धितोपत्र कारोबार रोक्का गरेको छ । बोडका अनुसार नेपाल राष्ट्र बैंकले बैंकलाई समस्याग्रस्त घोषणा गरे सँगै धितोपत्र करोबार रोक्का गरेको हो । बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले नेपाल राष्ट्र बैंकले बैंकलाई समस्याग्रस्त घोषणा गरेको तथा सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई निलम्बन गरे सँगै धितोपत्र करोबार रोक्का गरेको […]

सवारी संस्कृतिको एकताका लागि एमएडब्लु राइड्सको ब्लू स्ट्रिक्स च्याप्टर लिडर कार्यक्रम

काठमाडौं । नेपालमा यामाहाको एकमात्र आधिकारिक वितरक एमएडब्लू राइड्सले देशभरिका च्याप्टर लिडरहरूलाई स्वागत गर्न ब्लू स्ट्रिक्स च्याप्टर लिडर अनबोर्डिंग इभेन्टको आयोजना सफलतापुर्वक सम्पन्न गरेको छ। सुर्खेत, इटहरी, काठमाडौं (पेप्सीकोला, महाराजगञ्ज, कलङ्की), भक्तपुर, सिन्धुली र पोखराका प्रतिनिधिहरू ब्लु स्ट्रिक्स पहल अन्तर्गत सहकार्य, नेतृत्व र समुदाय-संचालित प्रगतिको यात्रामा जुटेका थिए। कार्यक्रमको मुख्य आकर्षण एमएडब्लु राइड्स र च्याप्टर […]