कर्णाली डेभलपमेन्ट बैंक ‘समस्याग्रस्त संस्था’ घोषणा, सञ्चालनको जिम्मा राष्ट्र बैंकले लियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, नेपालगञ्ज, बाँकेलाई ‘समस्याग्रस्त संस्था’ घोषणा गरेको छ । राष्ट्र बैंकको सञ्चालक समितिको आज बसेको बैठकले नेपाल राष्ट्र बैंक ऐन,२०५८ को दफा ८६ख बमोजिम उक्त संस्थालाई ‘समस्याग्रस्त संस्था’ घोषणा गर्ने निर्णय गरेको हो । साथै, अर्को व्यवस्था नभएसम्मका लागि ऐनको दफा ८६ग बमोजिम कर्णाली विकास बैंक लिमिटेडको व्यवस्थापन […]

सेजका लागि ३ जना प्रतिस्पर्धीको नाम मन्त्रिपरिषद पठाउने, पहिलो नम्बरमा छत्र कटुवाल

काठमाडौं । विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) को रिक्त कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस गरिने भएको छ । प्राधिकरण कार्यकारी निर्देशक सिफारिस सिमितले कार्यकारी निर्देशक पदका लागि छनौट गरेको तीन सदस्यको नाम मन्त्रिपरिषद पठाउने तयारी गरेको हो । कार्यकारी निर्देशक पदका लागि छनौट भएका तीन प्रतिस्पर्धीहरुमा छत्र बहादुर कटुवाल, नवराज सापकोटा र […]

एमएडब्लू वृद्धिले क्रिसमसको अवसरमा भक्तपुरमा संचालनमा ल्यायो पहिलो सोकोन शोरुम

काठमाडौं । नेपालमा सोकोन र फोटोन गाडीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धी कमर्शियल प्रालिले आज भक्तपुरमा आफ्नो पहिलो शोरुमको उद्घाटन गरेको छ। यो शुभारम्भले एमएडब्लू वृद्धिको विस्तार र ग्राहक उत्कृष्टताप्रतिको प्रतिबद्धतालाई अझै बलियो बनाएको छ। एमएडब्लू समूहका अध्यक्ष विष्णु कुमार अग्रवाल, एसिया प्यासिफिक आरएचडी क्षेत्र सेरेस ग्रुप कमर्शियल भेहिकल डिभिजनका कन्ट्री म्यानेजर सुन जियाक्सिन, एमएडब्लू वृद्धी कमर्शियलका […]

अल्फा प्लस भेन्चर्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा पुस १४ गते, विशेष प्रस्ताव कम्पनीको नियमावलीको नियम संशोधन

काठमाडौं । अल्फा प्लस भेन्चर्स लिमिटेडले नियमावलीको नियम संशोधन गर्ने विशेष प्रस्ताव सहित तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पुस १४ गते (आइतबार) साधारण सभा गर्ने भएको हो । सभा काठमाडौं महानगरपालिका वडा नम्बर १, नक्सालस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो ४ बजेदेखि सुरु हुनेछ । सभामा छलफलका लागि विभिन्न प्रस्तावहरू पेस गरिनेछ। विशेष प्रस्तावअन्तर्गत […]

केडिया ग्रुपले सार्वजनिक गर्यो नेपाल भलिबल लिगको लोगो र स्लोगान

काठमाडौं । केडिया ग्रुपले भलिबलको पुरुष फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभीएल) को लोगो र स्लोगान सार्वजनिक गरेको छ । मङ्गलबार एक कार्यक्रममार्फत युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा भलिबल लिगको लोगो र स्लोगान सार्वजनिक गरिएको हो कार्यक्रममा मन्त्री चौधरीले एनभीएलको लोगो अनावरण गरेका थिए भने  मन्त्री चौधरी र केडिया ग्रुपका अध्यक्ष विमल केडियाले संयुक्त रूपमा […]

चोभार सुक्खा बन्दरगाहबाट ५ महिनामा ४७ करोडको आयात

काठमाडौं ।काठमाडौं चोभारस्थित सुक्खा बन्दरगाहबाट ४७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यस अवधिमा निर्यात भने शून्य रहेको भन्सार विभागले जनाएको छ । भन्सार विभागका अनुसार मंसिरसम्म ६ खर्ब ६१ अर्ब रुपैयाँ बराबर वस्तु आयात भएको थियो । जसमध्ये चोभार सुक्खा बन्दरगाहबाट भएको आयात हिस्सा ०.०७ प्रतिशत हो । हालै सरकारले यो बन्दरगाहमा […]

बाह्रै महिना शुद्ध खानेपानी उपलब्ध गराउने तयारीमा मन्त्रालय

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौँवासीलाई बाह्रै महिना मेलम्चीको शुद्ध, सफा खानेपानी उपलब्ध गराउने वातावरण तयार गर्न मन्त्रालयले पहल गरिरहेको बताएका छन् । मन्त्रालयका कर्मचारी तथा पदाधिकारीसँग आज भएको छलफलमा मन्त्री यादवले काठमाडौँ उपत्यकामा चौबीसै घण्टा मेलम्चीको शुद्ध खानेपानी उपलब्ध गराउने गरी काम गर्नुपर्नेमा जोड दिए । “नागरिकले महसुस गर्नेगरी काम अगाडि बढाऔँ, मन्त्रालयबाट […]

दुग्ध डेरी चलाएर मासिक ९० हजार कमाउँछन् रविन्द्र यादव

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–२ का रविन्द्र यादवले इनरुवा–२ मा दुग्ध डेरी सञ्चालन गरी मासिक रु ९० हजार बचत गर्दै आएका छन् । रोजगारीको खोजीमा दैनिक रूपमा मोटो रकम खर्च गरेर विदेशतर्फ जाने युवालाई उनले उक्त रकम स्वदेशमा लगानी गरी स्वरोजगार बन्ने सकिने सन्देश दिएका हुन् । मधेस आन्दोलनका बेलामा नेतृत्वदायी भूमिका निर्वाह गरेका यादवले […]

जाडोमा भक्का बेचेर खर्च जुटाउदै महिला

सुनसरी । जाडो याम सुरु भएसँगै यहाँका केही महिलाले भक्का बिक्री सुरु गरेका छन् । जाडोमा भक्का बढी बिक्री हुने भएकाले घरखर्च जुटाउन सजिलो भएको उनीहरुको भनाइ छ । धरान उपमहानगर–१० का दिया राजधामी हरेक दिन विहान र बेलुका भक्का बिक्रीका लागि घर नजिकैको गल्लीमा पुग्छिन् । उनले भक्का बेच्न सुरु गरेको चार वर्ष भयो […]

सहकारी क्षेत्र सुधारका लागि सहकारी अध्यादेश जारी गरिने

काठमाडौं । सरकारले सहकारी क्षेत्रको समस्या समाधान तथा सुधारका लागि नयाँ सहकारीसम्बन्धी अध्यादेश जारी गर्ने भएको छ। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सहकारी क्षेत्रलाई व्यवस्थित गर्न र सहकारी पीडितहरूको समस्या समाधान गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो। अध्यादेशमा राष्ट्रिय सहकारी नियमन आयोग गठन गर्ने प्रस्ताव गरिएको छ। यो आयोगको स्थापना भएपछि हाल सञ्चालनमा रहेको सहकारी बोर्ड […]