प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची […]

विदेशी मुद्रा साट्दै हुनुहुन्छ? यस्तो छ आजका लागि किनबेचको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ १३ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ १४ पैसा […]

कोशीभन्दा पश्चिमतर्फ सरेन मनसुन, यी स्थानमा हुनेछ वर्षा

काठमाडौं । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। जेठ १५ गते नै मनसुन भित्रिएकोमा कोशीभन्दा पश्चिमतर्फ मनसुन सरेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार  कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा […]

सत्ताको चाबी कांग्रेसले बोक्नुपर्छ : शेखर कोइराला

भक्तपुर । नेपाली कांग्रेसका सांसद डा.शेखर कोइरालाले कांग्रेसले सत्ताको नेतृत्व गर्नुपर्ने बताएका छन्। भक्तपुरमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले देश अप्ठ्यारो परिस्थितिमा गएको र नेपाली कांग्रेस मध्यममार्गी पार्टी भएकाले सत्ताको चाबी आफूसँग खोस्नुपर्ने बेला भइसकेको टिप्पणी गरे। उनले कुनै पनि देशमा मध्यममार्गी पार्टी कमजोर भए देश अराजकतातिर जाने जिकिर […]

पूर्वाग्रह ममाथि भ्रष्टाचारको मुद्दा लगाइयो : अध्यक्ष नेपाल

काठमाडौं । काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूमाथि पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता भएको दाबी गरेका छन् । शनिबार काठमाडौँमा पार्टी निकट मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीको भूमिका देखेर आत्तिएकाहरूले भ्रष्टाचारको मुद्दा लगाउन खोजेको बताए । ‘नेपालको राजनीतिमा हाम्रो पार्टीको भूमिका महत्त्वपूर्ण रहेको छ, पार्टीको महत्त्वपूर्ण […]

सान्भि इनर्जीको आईपीओ सोमबार बाँडफाँट हुने

काठमाडौं । सान्भि इनर्जी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन ,आईपीओ आगामी सोमबार (जेठ २६ गते) बाँडफाँट हुने भएको छ। सान्भिको आईपीओ अत्यधिक आवेदन परेपछि बाँडफाँट गोलाप्रथाबाट हुनेछ। कम्पनीको आईपीओमा कुल २१ लाख ८ हजार २३२ जना आवेदकले २ करोड ५८ लाख ९० हजार ६२० कित्ताका लागि आवेदन दिएका छन्। जसमा २ लाख ४१ हजार ५३० जनाले […]

बजेट पछि साताको शेयर : लगानीकर्ताले गुमाए ८४ अर्ब ७९ करोड बढी

काठमाडौं । बजेट सार्वजनिक भए पछिको पहिलो साता शेयर बजारका अधिकांश सूचक राताम्मे भएको छ । यो साता चार कारोबार दिन मध्ये सोमबार एक अंकले पनि बढ्न नसकेको शेयर बजार बाँकी तीन दिन निरन्तर घट्दा यो साता लगानीकर्ताहरुले शेयर बजारको लगानी गुमाउन पुगेको छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले उपलब्ध गराएका तथ्यांक अनुरुप गत […]

वातावरण दिवसको उपलक्ष्यमा सिटिजन्स् बैंकको एक खाता एक रुख अभियानअन्तर्गत वृक्षरोपण

काठमाडौं । सिटिजन्स बैंकको आयोजना कीर्तिपुरको चोभारस्थित मञ्जुश्री पार्कमा वृक्षरोपण गरिएको छ । ’बिट प्लाष्टिक पोलुसन’ भन्ने अभियानलाई आत्मसात गर्दै बढ्दो जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शनिबार वृक्षरोपण कार्यक्रम गरेको हो। बैंकका अनुसार विश्व वातावरण दिवस २०२५ को अवसरमा कीर्तिपुर–१४ को मन्जुश्री पार्कमा विभिन्न प्रजातिका करिब १ हजार २८५ बिरुवा […]

 आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३१ पैसा छ। हिजो अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ […]

बन्दागोभीमा अत्यधिक मात्रामा विषादी फेला

कैलाली । कैलाली जिल्लको गोदावरी नगरपालिका–१ अत्तरियामा सञ्चालित तरकारी हाटबजारमा बिक्रीका ल्याइएका बन्दागोभीमा अत्यधिक मात्रामा विषादी फेला परेको छ। आज अत्तरियामा रहेको विषादी अवशेष द्रुत विश्लेषण एकाईमा गरिएको परीक्षणमा पाण्डेय फलफूल तथा सब्जी पसलमा बिक्रीका लागि राखिएका ६५ किलो बन्दामा विषादी भेटिएपछि नष्ट गरिएको छ। एकाइ कार्यालयका प्राविधिक राजेन्द्रप्रसाद भट्टले बन्दामा ९९ दशमलव ११ अर्गानोफस्फेट […]