पोखराको साहसिक पर्यटनलाई नयाँ उचाइमा पुर्याउन, ‘अन्तर्राष्ट्रिय बेलुन महोत्सव

काठमाडौं । नेपालमा साहसिक पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउन, बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव २४ डिसेम्बर, २०२४ देखि सुरु हुंदैछ । नेपालको साहसिक पर्यटनको कोशेढुंगाको रुपमा स्थापित गर्नको लागि पोखराको पामे क्षेत्रमा इन्टरनेशनल बेलुन महोत्सव आयोजना गर्न लागिएको हो । पर्यटन क्षेत्रलाई कोरोना महामारी पूर्वको अवस्थामा ल्याउन सक्रिय भुमिका खेल्ने विश्वासका साथ बेलुन नेपाल प्रालिले नेपालमा पहिलो […]

सात सयले घट्यो सुन

काठमाडौं । सुनको मूल्य घटेको छ । बुधबार सुनको मूल्य ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । महासंघका […]

सांग्रिला डेभलमेन्ट बैंककोप लाभांस घोषणा

काठमाडौं । सांग्रिला डेभलमेन्ट बैंकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट  लगानीकर्तालाइ  लाभांश घोषणा गरेको छ। पुस २ मा  बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको खुद मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ३ दशलमव ८४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कुल लाभांशमध्ये ३ दशलमव ६५ प्रतिशतका दरले बोनश शेयर र ० दशलमव १९ […]

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन गरेको छ । बैंकले सोह्रौँ वार्षिक साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेपश्चात नेप्सेले बैङ्कको  शेयरमूल्य समायोजन गरेको हो । समायोजन पश्चात  बैंकको शेयरमूल्य  प्रतिशेयर ४४९ रुपैयाँ ५१ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्य प्रतिकित्ता ४६३ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो […]

तीन महिनामा प्राधिकरणको नाफा नौ अर्ब ११ करोड ३२ लाख

काठमाडौं ।नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रु नौ अर्ब ११ करोड ३२ लाख बराबरको नाफा कमाएको छ । यो करकट्टी गर्नुअघिको नाफा हो । चालु आवको साउनदेखि  असोज मसान्तसम्म ब्याज तथा अन्य आम्दानी समेत कूल आम्दानी रु ४१ अर्ब ८० करोड ६८ लाख रहेको छ । यस्तै रु ३२ अर्ब ६९ […]

ओमोडा इफाइभलाई युरो एनक्याप र एनक्यापमा डबल फाइभ-स्टार सेफ्टि रेटिङ

काठमाडौं । ओमोडा एन्ड जेइकोको पछिल्लो ब्याट्रि इभि ओमोडा फाइभले विश्वव्यापी सुरक्षा मापदण्डहरूमा उत्कृष्ट प्रदर्शन गर्दै युरो एनक्याप र एनक्याप दुवैबाट प्रतिष्ठित फाइभ-स्टार सेफ्टि रेटिङ हासिल गरेको छ । यसअघिको ग्लोबल मोडल ओमोडा फाइभले पनि युरो एनक्याप, एनक्याप, र ए.एस.इ.ए.एन. एनक्याप जस्ता प्रमुख सेफ्टि संस्थाहरूबाट फाइभ-स्टार रेटिङ प्राप्त गरेको थियो । सुरक्षाको त्यही श्रेणीलाई निरन्तरता दिँदै, […]

सानिमा बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अलीपे प्लसमार्फत अन्तरदेशीय क्यूआर भुक्तानी गर्ने सम्झौता

काठमाडौं । सानिमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग अलीपे प्लस नेटवर्क प्रयोगकर्ताहरुलाई सहज रुपमा अन्तरदेशीय क्यूआर भुक्तानी गर्न सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत, चीन, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, दक्षिण कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरु र अलीपे प्लस प्रयोगकर्ताहरुले डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका नेपालपे क्यूआर तथा […]

७ वर्षसम्म परिवर्तन नहुने गरी सिटिजन्स बैंकको ७.९९% घर कर्जा योजना सार्वजनिक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरु प्रदान गर्ने क्रममा ”सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार” भन्ने उद्घोषका साथ ७ वर्षको लागि स्थिर रहने गरि ७.९९ प्रतिशत प्रति वर्ष घर कर्जा योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत कायम रहेको व्याजदर ७ वर्ष सम्म स्थिर रहने […]

एनसेल उत्कृष्ट करदाताका रुपमा सम्मानित

काठमाडौं । एनसेल सबै भन्दा बढी कर तिरेकोमा सम्मानित भएको छ । गत आर्थिक वर्षमा संस्थागत तर्फ सबै भन्दा बढी कर योगदान गरेकोमा ललितपुर महानगरपालिकाले मंगलबार एनसेलललाई उत्कृष्ट करदाताका रुपमा सम्मान गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओली र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले संयुक्त रुपमा ललितपुर महानगरपालिकाको १०६औं स्थापना दिवसको अवसरमा आयोजित एक विषेश कार्यक्रममाझ […]

प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश, तमोर-ढुंगेसाँघु बनाउने सम्झौता

काठमाडौं । सार्वजनिक निजी साझेदारीमा पहिलो पटक प्रसारण लाइन निर्माण हुने भएको छ । तमोर- ढुंगेसाँघु २२० केभी प्रसारण लाइन निर्माणका लागि मंगलबार सम्झौता गरिएको छ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) र निजी क्षेत्रका ५ वटा जलविद्युत अयोजना प्रवर्धक कम्पनीबीच मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सम्झौता भएको हो […]