बजेट कार्यान्वयन सँगै बढ्यो शेयर बजार, साढे १६ अर्ब कारोबार रकम पुग्दा करिब ४८ अर्ब पुग्यो बजार पुँजीकरण रकम
काठमाडौं । शेयर बजारका लागि लचिलो बजेट र मौद्रिक नीतिका कारण चालु आर्थिक वर्षको पहिलो दिन शेयर बजार उच्च अंकले बढेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ७५.८४ अंकले बढेर २८७०.६३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ११.२२ अंकले बढेर ५००.४९ विन्दुमा पुगेर बन्द भएको छ । […]

