आज विजया दशमी, टीकाको उत्तम साइत ११ः५३ बजे
काठमाडौं । आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । टीका प्रसाद ग्रहण गर्न नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ बजेर ५३ मिनेटको साइत उत्तम रहेको जनाएको छ । टीका लगाउनुभन्दा पहिले दुर्गा विसर्जन गर्नुपर्छ […]

