२.९५ अंकले बढ्यो नेप्से, ४ अर्ब बढीको कारोबार

काठमाडौं । निरन्तर घटेको शेयर बजारमा मंगलबार सामान्य सुधार देखिएको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २.९५ अंकले बढेर २६३३.८७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.३७ अंकले बढेर ४५१.६६ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ०.१८ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.१५ अंकले […]

दुई वर्षमा सम्पन्न गर्नुपर्ने काम पाँच वर्षमा पनि पूरा भएन

बागलुङ । निर्माण व्यवसायीले समयमै काम गरेको भए अहिले काठेखोला गाउँपालिकाको केन्द्रबाट वडा नम्बर ७ को रेशसम्म पुग्ने सडक कालोपत्र भइसक्थ्यो । गाउँपालिकाले पहिलोपटक रेश जाने सडक कालोपत्रका लागि २०७६ सालमा काम थाले पनि उक्त सडक अझै अधुरै छ । सम्झौताको पाँच वर्ष बित्दा पनि सडक कालोपत्र हुन नसक्दा स्थानीयलाई यात्रा गर्न सास्ती भएको छ […]

पाँच महिनामा एफडीआई: ३१९ उद्योगका लागि २० अर्ब बढीको लगानी प्रतिवद्धता

काठमाडौं । चालू आर्थिक वर्षको ५ महिनामा नेपालले २० अर्ब रुपैयाँ बढीको विदेशी लगानी प्रतिबद्धता पाएको छ। विदेशी लगानीकर्ताहरुले साउनदेखि मंसिरसम्म ३१९ वटा उद्योगका लागि २० अर्ब ७७ करोड ७३ लाख ६३ हजार ४ सय रुपैयाँबराबरको लगानी विदेशी लगानी प्रतिबद्धता (एफडीआई)  भित्र्याउने प्रतिबद्धता जनाएका हुन्। मंसिर महिनामा मात्रै २ अर्ब ११ करोड २२ लाख ५० […]

दिगो विकास कार्ययोजना कार्यान्वयनमा नेपालको उल्लेखनीय प्रगति

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो विकास लक्ष्य प्राप्तिका लागि तयार पारिएका कार्ययोजना कार्यान्वयनमा नेपालले उल्लेखनीय प्रगति गरेको गरेको बताएका छन्। थाइल्यान्डको राजधानी बैंककमा आयोजित एसिया प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले सीमित स्रोत हुँदाहुँदै पनि सामूहिक प्रयासका कारण विश्वव्यापी रूपमा नै दिगो विकास […]

बगैँचाबाटै सुन्तला बिक्री

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसानलाई बगैचाबाट सुन्तला बिक्री हुन थालेपछि बजार खोज्नुपर्ने झन्झट हटेको छ। बिमका विभिन्न टोलबस्तीमा व्यावसायिक सुन्तलाखेती गरेका किसानलाई अहिले सुन्तला बिक्री गर्न भ्याइनभ्याई छ। उत्पादन भएको सुन्तला खरिदका लागि व्यवसायीहरू बगैचामा आउन थालेपछि आफूहरूलाई उत्पादन भएको सुन्तालका लागि बजार र ग्राहक खोज्नुपर्ने झन्झट हटेको बिमको दुलेका स्थानीय किसान कृष्ण […]

धितोपत्र बोर्डका कार्यकारी निर्देशक कृष्णराजले दिए राजीनामा

काठमाडौं । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक कृष्णराज पोखरेलले पदबाट राजीनामा दिएका छन् ।  पोखरेलले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन् । उनले माघ ७ देखि कार्यालय नआउने गरी राजीनामा दिएका हुन् । रमेश हमाल बोर्डको अध्यक्ष नियुक्त भएलगत्तै पोखरले २०७९ कार्तिक १६ गते कार्यकारी निर्देशकमा बढुवा भएका थिए । सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले […]

चिया तथा कफी बोर्डका निर्देशकका लागि तोकियो अन्तरवार्ता मिति

काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्तिको लागि प्रस्तुतीकरण र अन्तरवार्ताको लागि मिति तोकिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको सूचना अनुसार बोर्डको २०८१ असर १९ गतेको निर्णय अनुसार सो पदका लागि स्वीकृत भएका उम्मेदवारको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ताको लागि पुस ८ गते र ९ गतेलाई […]

साँझको समयमा औद्योगिक क्षेत्रको विद्युत् कटौती हुने

काठमाडौं । ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन सुरु नभएसम्म बढी विद्युत् माग हुने साँझको समय (पिक)मा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती हुने भएको छ । हिउँदयाम सुरुसँगै खोला तथा नदीहरुमा पानी घट्दा देशभित्रका नदी प्रवाही (आरओआर) जलविद्युत आयोजनाहरुको उत्पादन क्षमताभन्दा एक तिहाइ घट्ने तर पिक समयमा आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गर्न नपाउँदा औद्योगिक […]

लक्ष्मी लघुवित्तले १३औं वार्षिक साधारण सभा पुस २६ मा

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको तह्रौं वार्षिक साधारणसभा पुस २६ गते अग्रवाल भवन कमलपोखरीमा बिहान ११ बजे बस्ने भएको छ । कम्पनीको पुस १ गतेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले यस वर्ष लाभांश नबाड्ने निर्णय गरेको छ । सभाले उपयुक्त लघुवित्त पहिचान गरी मर्जरमा जानका लागि आवश्यक कार्य गर्न […]

बोटलर्स नेपाल (तराई) को वार्षिक साधारण सभा पुस २६ मा

काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले आगामी ३८ औं वार्षिक साधारण सभा पुस २६ गते गर्ने भएको छ । कम्पनीका अनुसार वार्षिक साधारण सभा दिउँसो १२ बजे होडल ¥याडिसन, लाजिम्पाट, काठमाडौंमा बस्ने भएको छ । सभामा कम्पनीले ५० प्रतिशत नगद लाभांश प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह […]