डिपफेक भिडियो बनाउनेविरुद्ध स्वर्णिम वाग्लेले दिए साइबर ब्युरोमा निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डाक्टर स्वर्णिम वाग्लेले आफ्नो आवाजको दुरुपयोग गरी डिपफेक भिडियो बनाएकोमा कारबाहीका लागि साइबर ब्युरोमा उजुरी दिएका छन् । बुधबार वाग्लेले दुरुपयोग गर्ने विरुद्ध उजुरी दिएको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए । उजुरी उपर अनुसन्धान हुने अवस्थीले बताए । वाग्लेले आफ्नो आवाज प्रयोग गरेर सामाजिक सञ्जालमा पोस्ट गरिएको […]

स्वदेश फर्किँदै प्रधानमन्त्री ओली

काठमाडौं । चीन भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश प्रस्थान गरेका छन् । चीनको थियानजिनबाट बेइजिङ पुगेका ओली केहीबेरअघि त्यहाँबाट काठमाडौंका लागि विमान चढेका उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री सवार विमान बेइजिङबाट उडिसकेको छ । उनी आज बेलुका ८ः३० बजे काठमाडौं आइपुग्नेछन् । गत शनिबार चीन भ्रममा गएका ओली बुधबार स्वदेश प्रस्थान […]

दोहोरो अंकले घट्यो नेप्से, बढ्यो कारोबार रकम

काठमाडौं । बुधबार  सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १५.६४ अंकले घटेर २७२६.३३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.७४ अंकले घतेर ४७०.९४ विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स १.१६ अंकले र सेन्सेटिभ इन्डेक्स ०.९५ अंकले घटेको हो । बुधबार  ३२६ […]

प्रभु बैंकलाई ‘नेप्लिज बेस्ट डिजिटल बैंक फर एसएमईज्’को अन्तर्राष्ट्रिय युरोमनी एक्सिलेन्स अवार्ड

काठमाडौं । प्रभु बैंक लिमिटेड अन्तर्राष्ट्रिय रूपमा प्रतिष्ठित ‘युरोमनी अवार्ड फर एक्सिलेन्स २०२५’अन्तर्गत ‘नेप्लिज बेस्ट डिजिटल बैंक फर एसएमईज्’को सम्मानबाट सम्मानित भएको छ । यो सम्मान अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संस्था युरोमनी लिमिटेडद्वारा सिंगापुरमा आयोजना गरिएको एक भव्य समारोहका बीच प्रदान गरिएको हो । उक्त कार्यक्रममा बैंकका प्रमुख व्यवसाय अधिकृत रश्मी पन्तसहित बैंकका अन्य थप तीन महिला […]

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नेपाल मेडकिल एसोसिएसनका सदस्यहरुलाई विभिन्न सेवाहरुमा विशेष छुट दिने

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले नेपाल मेडकिल एसोसिएसनका सदस्यहरुलाई विभिन्न सेवाहरुमा विशेष छुट दिने भएको छ । सो विशेष  छुटको व्यवस्थालाई लिएर नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल मेडकिल एसोसिएसन (एनएमए) बीच व्यावसायिक सम्झौता भएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल मेडकिल एसोसिएसन (एनएमए) बीच विस्तारित बैंकिंङ सेवा प्रदान […]

ओमस्टोन होटेल्स लिमिटेड (दुसित थानी) को आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

काठमाडौं । ओमस्टोन होटेल्स लिमिटेड (दुसित थानी हिमालयन रिर्सोट) ले साधारण शेयर निष्काशन (आइपीओ) निष्काशन तथा बिक्री प्रबन्धकका लागि सिटिजन्स क्यापिटल लिमिटेड नियुक्त गरेको छ । बुधबार एक समारोह बीच ओमस्टोन होटेल्स लिमिटेड (दुसित थानी हिमालयन रिर्सोट) र सिटिजन्स क्यापिटल लिमिटेड बीच साधारण शेयर निष्काशन (आइपीओ) तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको हो । […]

काठमाडौंका लागि खुल्यो खसी बोका च्यांङग्रा अनलाइन अग्रिम बुकिङ, १० वटा सम्म अग्रिम बुकिङको सुविधा

काठमाडौं । खाध व्यवस्थ तथा व्यापार कम्पनी लिमिटेडले गत सोमबार राति देखि  काठमाडौं उपत्यकाका लागि खसी, बोका र च्यांङग्रा अनलाइन  अग्रिम बुकिङ खुल्ला गरेको छ । काठमाडौं उपत्यकाका लागि कम्पनीको वेबसाइट मा गएर खसी बोका च्यांग्रा अनलाइन बुकिङ्ग गर्न सकिनेछ   । कम्पनीका अधिकारी रमेश पन्तका अनुसार पहिलो पटक खसी बोका र च्यांङग्रा को लागि […]

प्राधिकरणले जारी गर्यो ‘बीमकको विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी निर्देशन, २०८२’

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘बीमकको विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी निर्देशन, २०८२’ जारी गरेको छ । बीमकले, रेट्रोशेसन, विदेशबाट आयात गर्ने परामर्श सेवा, बापत भुक्तानी गर्नुपर्ने विदेशी मुद्रा सटही सिफारिस गर्ने कार्यलाई पारदर्शी र व्यवस्थित गर्न वान्छनीय भएकाले विदेशी मुद्रा सटही व्यवस्थित बनाउन उक्त निर्देशीका जारी गरेको जनाएको छ । बीमा ऐन, २०७९ को […]

काभ्रे मालपोतमा अख्तियारको छापा, २ लाखसहित नासु भण्डारी पक्राउ

काभ्रेपलाञ्चोक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय काभ्रेमा छापा मारेको छ । बुधबार बिहान ११ बजेतिर अख्तियारको टोलीले मालपोत कार्यालयमा छापा मारेको हो । त्यसक्रममा मुद्दा फाँटका कर्मचारी नासु ज्ञानेन्द्र भण्डारीलाई दुई लाख नगदसहित अख्तियारले नियन्त्रणमा लिएको हो । नासु भण्डारीलाई पक्राउ गरेर स्थानीय जनप्रतिनिधिसहित प्रहरीको टोलिले मुचुल्का उठाउने काम गरिरहेको छ ।

५० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले बुधबार ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले २५ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो । तरलता व्यवस्थापनका […]