आज बडा दशैँको छैटौँ दिन, कात्यायिनी भगवतीको पूजा गरिँदै
काठमाडौं । हिन्दु नेपालीहरुको महान चाड बडा दशैँको छैटौँ दिन आज कात्यायिनी भगवतीको पूजा, अर्चना गरिदै छ । नवरात्रीको छैटौँ दिन अष्टमातृका भगवतीको छैठौँ शक्तिका रुपमा कात्यायिनी भगवतीको पूजाअर्चना गर्ने परम्परा रहेको छ । आजको दिनमा कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुख,दरिद्र जस्ता संकट नाश भई मानिस प्रगतिपथमा अगाडि बढ्ने धार्मिक विश्वास रहेको […]

