वीरगञ्ज भन्सारबाट निर्यात वृद्धि

पर्सा । मुलुकका अन्य भन्सारका तुलनामा पर्सास्थित भन्सार कार्यालयबाट निर्यात बढेको छ । यहाँ एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह भएकाले देशका अन्य २६ स्थानका भन्सार कार्यालयले भन्दा बढी वस्तु निर्यात भएको हो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा रु ५२ अर्ब ६७ करोड सात लाख १० हजारका सामान निर्यात भएका छन् । […]

एनपीएलमा बेटिङ गराएको आरोपमा ३ जना पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिगमा सट्टेबाजी (बेटिङ ) गराएको आरोपमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बसेर सट्टेबाजी गराउने थप ३ जनालाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले जानकारी दिए । आरोपीहरूले दुईवटा एपको प्रयोग गरेर सट्टेबाजी गराएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । स्पोर्टस् बाजी […]

छिमेक लघुवित्तद्वारा १५ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को लागि कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । मंसिर १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत बोनस शेयर र कर समेत ७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको […]

ह्याविटयाट पावर कम्पनीले आईपीओ निष्कासन गर्ने

काठमाडौं । ह्याविटयाट पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । मंसिर १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसको लागि पुस ११ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा […]

तारागाउँ रिजेन्सी होटल्सले नगद लाभांश मात्र वितरण गर्ने

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । मंसिर १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा कर समेत ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो वर्ष कम्पनीले गत वर्षभन्दा कम […]

प्रधानमन्त्री ओली चीन भ्रमण सम्पन्न गरी आज स्वदेश  फर्कदै

काठमाडौं । प्रधानमन्त्री ओली चीनको चारदिने भ्रमण सम्पन्न गरी आज स्वदेश  फर्कदै छन्  । ओलीलाई स्वदेस फिर्ताको लागि  चीनका उप परराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ११ बजे बिदाइ गरेका छन्  । उनी नेपाली समय अनुसार दिउँसो २.३० बजे काठमाडौं पुग्ने उनको सचिवालयले जनाएको छ । प्रधामन्त्री ओलीले चीन  भ्रमणको […]

बैंक अफ द ईयर २०२४ अवार्डबाट सिटिजन्स बैंक इन्टरनेसनल सम्मानित

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड विश्वको प्रतिष्ठित बैंक अफ द ईयर २०२४ को अवार्डबाट सम्मानित भएको छ । संयुक्त अधिराज्य (युके) अवस्थित द फाइनान्सियल टाईम्सले डिसेम्वर ४, मा आयोजना गरेको एक कार्यक्रमका बीच सिटिजन्स बैंकलाई बैंक अफ द ईयर २०२४ को अवार्ड प्रदान गरेको छ । बैंक संचालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डे र […]

२३ बुँदे प्रतिवद्दता पत्र सहित सागर ढकाल समुहको उमेद्वारी घोषणा

काठमाडौं । स्टक ब्रोकर एशोसियसन अफ नेपालको आज हुने साधारणसभा पश्चात बन्ने नयाँ  नेतृत्वको लागि सागर ढकाल समूहले उम्मेदवारी घोषणा गरेको छ । ढकाल समुहले  उमेद्वारी घोषणा गर्दै निर्वाचित भएपश्चात गर्ने कामको २३ बुँदामा प्रतिवद्दता पत्र जारी गरेको छ  । यो समूहको अध्यक्षको उम्मेदवारमा सागर ढकालको नेतृत्व रहेको छ  उपाध्यक्षमा नितेश कुमार अग्रवाल ,महासचिवमा भक्तिराम […]

“मुक्तिनाथ म्युचुअल फण्ड” को बिक्रि खुल्ला

काठमाडौं । मुक्तिनाथ क्यापिटलले आज मङ्सिर २० गतेदेखि “मुक्तिनाथ म्युचुअल फण्ड” अन्तर्गत संचालन हुने सामुहिक लगानी कोष योजना “मुक्तिनाथ म्युचुअल फण्ड १” को इकाई बिक्री खुला गरेको छ।  यो म्यचुअल फण्ड१ अर्बको रहेको छ । १ अर्वको फण्डमा १३ प्रतिशत इकाई अर्थात् १ करोड ३० लाख इकाई कोष प्रबर्दक मुक्तिनाथ विकास बैंकलाई छुट्याईएको छ भने […]

कृषि क्षेत्रमा कर्जा प्रवाहमा गिरावट: आत्मनिर्भरताको बाटो चुनौतीपूर्ण

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार कृषि तथा वन क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह घटाएका छन् । सरकारले कृषिमा लगानीलाई प्राथमिकतामा नराख्दा र आयातित कृषि उपजमा भर पर्नु पने समस्याका कारणले गर्दा बैंक तथा वित्तीय संस्थाले सो क्षेत्रमा कर्जा प्रवाह घटाएको जानकारहरु बताउछन् । राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले […]