ट्रेजरी बिलबाट १७ अर्ब ऋण उठाउँदै सरकार, बैंकहरुले प्रतिस्पर्धा गर्दै

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १७ अर्बको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । आन्तरिक ऋण उठाउने उद्देश्ले जारी गरेको उक्त रकम बराबरको ट्रेजरी बिलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले सहभागी हुन सक्ने छन् । कर्जा लगानी गर्न नसक्दा आन्तरिक ऋण उठाउने प्रयोजनका लागि […]

गर्भनर नियुक्ति पछि छैन सकारात्मक शेयर बजार, नेप्से र कारोबार दुवै घट्यो

काठमाडौं । साताको पहिलो दिन शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल राष्ट्र बैंकको गर्भनर पदमा नियुक्त सँगै बजार बढ्ने भने पनि त्यसो हुन सकेन । गत साता गर्भनर पदमा डा. विश्वनाथ पौडेल नियुक्त भएका हुन् । आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ८.५७ अंकले घटेर २६७९.९८ विन्दुमा पुगेर बन्द भएको छ । क […]

राजु पाण्डेको स्पष्टिकरणसँगै बालेनको ‘काउण्टर’ प्रवक्ता मानन्धरलाई सोधे स्पष्टीकरण

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को सचिवालयले वडा नम्बर–१७ का अध्यक्ष नवीन मानन्धरलाई सात दिने स्पष्टीकरण सोधेको छ।मेयर शाहको निर्देशनमा जेठ ८ गते स्पष्टीकरण सोधिएको हो । यसअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । त्यसपछि बालेनको आदेशमा उनको सचिवालयले प्रवक्ता समेत रहेका मानन्धरलाई सात […]

कम्बोडियामा मेरो ३२ अर्ब लगानी छ भनेर प्रचण्डले हल्ला फिँजाए : प्रधानमन्त्री ओली

ललितपुर । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफनो कम्बोडियामा लगानी छ भनेर हल्ला फिँजाएको बताएका छन् । आइतबार ललितपुरमा एमालेको बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले कम्बोडियामा मेरो ३२ अर्ब लगानी छ भनेर हल्ला फिँजाउने पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएको बताए । अध्यक्ष ओलीले भने, ‘कम्बोडियामा मेरो ३२ अर्ब लगानी […]

बजेटसँग सम्बन्धित अर्थ मन्त्रालयका प्रकाशनहरुको तयारी अन्तिम चरणमा

काठमाडौं । आर्थिक सर्वेक्षण, संस्थानहरुको प्रगति, मन्त्रालयगत प्रगति विवरणको तयारी अन्तिम चरणमा पुगेको हो । त्यसैगरी प्राविधिक सहायता परिचालन सम्बन्धी विवरणको तयारी पनि अन्तिम चरणमा पुगको अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । बजेट वक्तव्यसहित व्यय अनुमान, आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक लगायतको पनि तयारी जारी छ […]

जेलबाट छुट्नेबित्तिकै युनुस अन्सारी पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नक्कली भारतीय नोट प्रकरणमा कैद भुक्तान गरिसकेका युनुस अन्सारीलाई पक्राउ गरेको छ। नक्कली नोट प्रकरणमा ६ वर्ष कैद भुक्तान गरी उनी शनिबार कारागार कार्यालय नख्खुबाट छुटेका थिए। छुटेलगत्तै उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गर्न सिआइबीले नियन्त्रणमा लिएको एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए। अन्सारीको सम्पत्ति शुद्धीकरणको मुद्दा चलिरहेको थियो । […]

जापान भ्रमण उपलब्धिमूलकः परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफूले हालै सम्पन्न गरेको पाँचदिने जापान भ्रमण उपलब्धिमूलक रहेको बताएकी छन् । जापान भ्रमण पूरा गरी गएराति स्वदेश फर्किएपछि उनले आफ्नो भ्रमणका क्रममा जापानका विदेशमन्त्रीसहित विभिन्न महत्वपूर्ण भेटवार्ता भएका तथा नेपाल– जापान सहयोग एवं विभिन्न परियोजनाका बारेमा कुराकानी भएको जानकारी दिइन् । उक्त भेटवार्ताहरू मुलुकका लागि उपलब्धिमूलक रहेको […]

बजेटसँग सम्बन्धित अर्थ मन्त्रालयका प्रकाशनहरुको तयारी अन्तिम चरणमा

काठमाडौं । आर्थिक वर्ष २०८२/ ८३ को बजेटसँग सम्बन्धित अर्थ मन्त्रालयका प्रकाशनहरुको तयारी अन्तिम चरणमा पुगेको छ । आर्थिक सर्वेक्षण, संस्थानहरुको प्रगति, मन्त्रालयगत प्रगति विवरणको तयारी अन्तिम चरणमा पुगेको हो । त्यसैगरी प्राविधिक सहायता परिचालन सम्बन्धी विवरणको तयारी पनि अन्तिम चरणमा पुगको अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन्  । बजेट वक्तव्यसहित व्यय अनुमान, […]

मकैमा फौजी किराको आतङ्कः उत्पादन घट्ने चिन्तामा भोजपुरका किसान

भोजपुर। मकैबालीमा फौजी किराको समस्या बढ्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् । फौजी किराले मकैबालीमा क्षति गर्न थालेपछि किसान चिन्तामा परेका हुन् । वैशाख अन्तिम साताबाट अमेरिकन फौजी किराको समस्या बढेसँगै मकैबालीमा क्षति पुगेको स्थानीय कृषक धनबहादुर थापाले बताए । किराका कारण गोड्ने समय भएको मकैको गुबोभित्र पसेर गुबो खाइदिने, पात खाने र पहेँलो […]

सम्पदा लघुवित्तको २९ हजार ४०० कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले २९ हजार ४०० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले अन्य व्यक्ति तथा सर्वसाधारणका लागि शेयर बिक्रीमा ल्याएको हो । यसअघि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याउँदा बिक्री नभएसँगै अन्य व्यक्ति तथा सर्वसाधारणका लागि जारी गरिएको हो । इच्छुक विद्यमान संस्थापक […]