गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क औपचारिक रुपमा नेपाल भित्रियो

काठमाडौं । विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क औपचारिक रुपमा नेपाल भित्रिएको छ । नेपालको प्रमुख इलेक्ट्रोनिक्स तथा ग्याजेट मार्केट प्लेस मोबाइलमान्डुले ब्ल्याक शार्क गेमिङ एसेसरिजको विशेष रुपमा लन्च गरेको हो । आज देखि डिसेम्बर २ अर्थात मंसिर ११ देखि १७ गते सम्म गेमिङ र हेल्थ तथा प्रविधिमा चासो राख्ने ग्राहकले सो ब्रान्डका उच्च गुणस्तरीय […]

एसिया कप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौं । एसीसी यु–१९ एसिया कपमा सहभागी हुन संयुक्त अरब इमिरेट्स (युएई) तर्फ लागेका नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज सफलताको शुभकामना दिँदै बिदाइ गरेको छ । क्यानद्वारा आयोजित एक कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्यसचिव टङ्कलाल घिसिङ, क्यानका सचिव पारस खड्कालगायतले नेपाली टोलीलाई बिदाइ गरेका हुन् । एसिया कप यही मङ्सिर १४ […]

नेपाल प्रिमियर लिगका टिकट अब खल्ती एपमा: डिजिटल क्रिकेट फेस्टिभल सुरु

काठमाडौं । नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले क्रिकेट एसोसिएसन नेपाल (क्यान) सँग सहकार्य गर्दै नेपाली क्रिकेट जगतको महा उत्सव, द फेस्टिभल अफ हिमालयज ‘नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा आधिकारिक टिकटिङ पार्टनरको रूपमा साझेदारी गरेको छ । यो लिगले देशभित्र र अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडीहरूलाई एकत्रित गर्दै नेपाली क्रिकेट उत्थानको लागि एक महत्त्वपूर्ण भूमिका खेल्ने […]

नबिल एसएसईले तेस्रो वार्षिकोत्सव मनाउँदै: ८२० प्रशिक्षार्थी, ११७ उद्यम स्थापना र १२ सय रोजगारी

काठमाडौं । नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ । २०२१ नोभेम्बर २६ मा स्थापना गरिएको नबिल एसएसई, नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक उद्यमशीलताको विकासमार्फत सामाजिक रूपान्तरण गर्ने लक्ष्य राखेर अघि बढाइएको कार्यक्रम हो । नबिल बैंकले नबिल एसएसई फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्स गरी दुई प्रकारको कार्यक्रम सञ्चालन […]

वालेट सेवाग्राहीहरूको केवाईसी रूजु गर्ने ३ कर्मचारी पक्राउ

काठमाडौं । वालेट सेवाग्रहीहरूको केवाईसी रूजु गर्ने वालेटकै ३ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धादिङ ज्वालामुखी गाउँपालिका–५ ठेगाना भई काठमाडौं तिलगंगा बस्ने २० वर्षीय साहिल श्रेष्ठ, गोरखा सिरानचोक गाउँपालिका–४ ठेगाना भई काठमाडौं कलंकी बस्ने २२ वर्षीय सविन कुमार कुमाल र रामेछाप उमाकुण्ड गाउँपालिका–२ ठेगाना भई काठमाडौं पशुपति बस्ने २२ वर्षीय सुरेन्द्र बस्नेत […]

२७०९ पुग्यो नेप्से, १ अर्बले बढ्यो कारोबार रकम

काठमाडौं । शेयर बजार मंगलबार पनि बढेको छ । सोमबार बढेको शेयर बजारले निरन्तरता पाउदाँ मंगलबार पनि शेयर बजारका शतप्रतिशत सुचकहरु बढेका हुन् । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से ३३.४१ अंकले बढेर २७१६.६६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ४.५० अंकले बढेर ४७७.५७ विन्दुमा पुगेर बन्द भएको छ […]

बाख्रापालनबाट वार्षिक ६ लाख आम्दानी

दाङ । तुलसीपुर उपमहानगरपालिका–१० टरिगाउँका ४० वर्षीय रुद्रगोपाल डाँगीले उन्नत जातका बाख्रापालन व्यवसायबाट वार्षिक रु १५ लाखसम्म आम्दानी गरिरहेका छन् । नेपाल प्रहरीबाट सेवानिवृत्त भएपश्चात् विसं २०७५ देखि व्यावसायिक बाख्रापालन सुरु गरेका उनले सबै खर्च कटाएर वार्षिक ६ लाख बचत हुने गरेको बताए । डाँगीले कृषि तथा पशुपालन क्षेत्रमा सम्भावना खोज्दै साहारा पशुपालन फार्म खोलेर […]

जोन्टा, एनसेल फाउन्डेसन, यूएनएफपीए र युनिसेफ नेपालबीच लैंगिक हिंसाविरुद्ध सहकार्य

काठमाडौं । विश्वभर मनाइने लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा जोन्टा, एनसेल फाउन्डेसन, यूएनएफपीए र युनिसेफ नेपालले संयुक्तरूपमा बालविवाह अन्त्यका लागि जनसचेतना जगाउन एक विशेष कार्यक्रम आयोजना गरेका छन् । कार्यक्रममा महिला नेतृत्वमा रहेका संस्थाहरू, निजी क्षेत्रका प्रतिनिधिहरू र विभिन्न सरोकारवालाहरूले बालविवाह अन्त्यका समाधानबारे छलफल गरे । कार्यक्रमको उद्घाटन जोन्टाका अध्यक्ष बिना रानाले गरेकी थिइन् […]

चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रका शिक्षित युवालाई ‘डिजिटल’ सीप प्रदान गरी स्वदेशमा नै सूचना प्रविधिका क्षेत्रमा रोजगारीका अवसर प्राप्त गर्न सक्ने वातावरण तयार गर्ने नीति लिएको छ । सोही नीतिलाई कार्यान्वयन गर्न नगरपालिकाले पहिलोपटक सोमबारदेखि डिजिटल तालिम सुरुआत गरेको छ । नगरपालिकाले रोजगार सेवा केन्द्र समन्वयमा पहिलोपटक सञ्चालित सो तालिममा करिब ९० दिन सहभागीले […]

टिकटक र चाइल्ड सेफनेटको सहकार्य

काठमाडौं । बालबालिका र युवाहरूको डिजिटल सुरक्षाका लागि चाइल्ड सेफनेटले टिकटकसँग सहकार्य सुरु गरेको छ । सो सहकार्यअनुसार पहिलो चरणमा बागमती, गण्डकी र कोशी प्रदेशमा बालबालिका, अभिभावकहरू र शिक्षकहरूलाई डिजिटल सुरक्षाबारे प्रशिक्षण दिइने छ । सोही क्रममा चाइल्ड सेफनेटले बालबालिका र युवाहरूका लागि डिजिटल सुरक्षा कार्यशाला आयोजना गरेको थियो । शुक्रबार ललितपुरमा भएको उक्त कार्यशालामा २० वटा विद्यालय […]