धितोपत्र बोर्डद्वारा ११ ब्रोकर कम्पनीलाई कारबाही
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ११ ब्रोकर कम्पनीलाई कारबाही गरेको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी सूचना समयमै नदिएपछि बोर्डले कारबाही गरेको हो । ब्रोकर लगायतका कम्पनीहरूले सम्पत्ति शुद्धीकरण सम्बन्धमा गरेका कार्यसम्पादनको अर्धवार्षिक प्रतिवेदन सो अवधि व्यतीत भएको १५ दिनभित्र दिनुपर्छ । तर, ११ ब्रोकर कम्पनीले समयमा त्यस्तो प्रतिवेदन नदिएपछि कारबाही गरिएको बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले बताए । पहिलो चरणमा […]

