शेयर धितो राखेर दिने मार्जिन प्रकृतिको कर्जा ३५ प्रतिशतले बढ्यो

काठमाडौं । बजार, घरजग्गा, उत्पादनमुलक क्षेत्र लगायतका क्षेत्रहरु चलयमान हुन नसक्दा बैंक तथा वित्तीय संस्थाले मार्जिन प्रकृतिको शेयर धितो राखेर दिने कर्जा प्रवाहदरमा वृद्धि गरेको छ । व्यापारिक क्षेत्र, आयात व्यापार, घरजग्गा क्षेत्रमा कर्जा माग न्यून भए सँगै बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जा बढाएको विज्ञहरु बताउछन् । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा […]

स्वदेश मै रोजगारी सिर्जनाको लागि औद्योगिक वातावरण पहिलो प्राथमिकताः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले औद्योगिक विकास र स्वदेश मै रोजगारी सिर्जनाको लागि औद्योगिक वातावरण निर्माण पहिलो प्राथामिकता हुनु पर्ने बताएका छन् । नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघ तथा अन्य विभिन्न संघ संस्थाहरुको सहआयोजना एवं सहयोगमा काठमाडौंमा शुरु भएको दुई दिने ५औं राष्ट्रिय […]

महँगी दर घट्दो, माघमा ४.१६ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा केही उच्च देखिएको महँगी दर माघ लागेसँगै घटेको छ । माघमा वार्षिक बिन्दुगत मुद्रास्फीति ४.१६ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्ष २०८०/८१ को माघमा वार्षिक बिन्दुगत मुद्रास्फीति ५.०१ प्रतिशत थियो । गैर खाद्य तथा सेवा समूहभन्दा खाद्य तथा पेय पदार्थ समूहको महँगी […]

मुलुकको चालु खाता बचत १ खर्ब ६६ अर्ब

काठमाडौं । मुलुकको चालु खाता बचत १ खर्ब ६६ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार माघ मसान्तसम्म चालु खाता १ खर्ब ६६ अर्ब ८० करोड रुपैयाँ बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६२ अर्ब ५२ […]

सात महिनामा ९ खर्ब रेमिट्यो भित्रियो

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ७ महिनामा ९ खर्ब ५८ करोड रुपैयाँ बराबरको रेमिट्यान्स (विप्रेषण आप्रवाह) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार माघ मसान्तसम्म ९ खर्ब ५८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले बढेको […]

आईजीआई प्रुडेन्सियलको एजीएम सम्पन्न

काठमाडौं । आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले फाल्गुण २५ गते आइतबार, अम्रपाली बैङ्क्वेट, काठमाण्डौंमा सभा सम्मन्न गरेको हो । उक्त सभाले लाभांश वितरण सहितका विभिन्न प्रस्तावहरु परित गरेको छ । आर्थिक बर्ष २०८०/०८१ को संचित मुनाफाबाट चुक्ता पुँजीको ९.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित […]

स्थायी लेखा नम्बर अध्यावधिक गर्न एनआइसी एशिया बैंकको आग्रह

काठमाडौं । एनआइसी एशिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ। बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण आयकर ऐन २०५८ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकोले ग्राहकहरूले बैंकको पोर्टल वा मोबाइल बैंकिङ एपमा रहेको प्यान अपडेट विकल्पमा ट्याब […]

पुँजी बजार चलायमान भएमात्र श्रम शक्ति व्यवस्थित गर्न सकिन्छ : उद्योगमन्त्री  भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रिय उत्पादनको १३ प्रतिशत हिस्सा ओगटेको कृषिमा आधारित अर्थतन्त्रको उत्पादकत्व ५ प्रतिशतमा घटेको बताएका छन्। सोमवार काठमाडौँमा आयोजित श्रम तथा रोजगार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले पुँजी बजार चलायमान नभएसम्म श्रम शक्ति व्यवस्थित हुन नसक्ने पनि बताए। छिमेकी मुलुकले लगानी गरेका जुट मिललगायत संस्थाहरु […]

उच्च अंकले घट्यो शेयर बजार, पौने २ अर्बले घट्यो कारोबार रकम

काठमाडौं । साताको दोस्रो दिन शेयर बजार उच्च अंकले घटेको छ । सोमाबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २०.६८ अंकले घटेर २७५१.४२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ३.५३ अंकले घटेर ४५९.७६ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स १.२७ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने १.२१ […]

वाणिज्य बैंकहरुले ७ महिनामा कमाए ३६ अर्ब बढी नाफा, सबैभन्दा बढी नबिले कमायो नाफा

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको सात महिना अर्थात साउनदेखि माघ सम्ममा ३६ अर्ब ६ करोड ७९ लाख रुपैयाँ मुनाफा कमाएका छन् । गत आवको यसै अवधिको तुलनामा वाणिज्य बैंकहरुको औसत् नाफा १.६२ प्रतिशतले बढेको हो । गत आवको माघ महिनासम्म बैंकहरुले ३५ अर्ब ४९ करोड रुपैयाँ नाफा कमाएका थिए । नेपाल राष्ट्र बैंकले […]