विजय कृष्णमूर्तिको पशुपतिको कोटिहोममा ७२ लाख ५० हजार घाटा भएको दाबी

काठमाडौं । गत साउनमा भएको ‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवम् १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ मा घाटा भएको दाबीसहितको हिसाबकिताब सार्वजनिक गरिएको छ। आयोजक विजय कृष्णमूर्तिले बिहीबार पत्रकार सम्मेलन गर्दै कोटिहोममा २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँबराबर नगद र द्रव्य दान संकलन भएको जानकारी दिए। यस्तै, कोटिहोमका लागि २० करोड ८८ […]

प्रभु बैंकका ग्राहकलाई भेनस हस्पिटलमा छुट

काठमाडौं । प्रभु बैंकका ग्राहक तथा कर्मचारीले काठमाडौं मध्यबानेश्वर स्थित भेनस हस्पिटलको सेवा सुविधामा छुट पाउने भएका छन् । बैंकका ग्राहक र कर्मचारीलाई छुट प्रदान गर्ने सम्बन्धमा बैंक र हस्पिटलबीच सम्झौता भएको छ । एक समारोहका बिच भेनस हस्पिटलका तर्फबाट जनरल म्यानेजर मनीषा ढकाल र प्रभु बैंकका तर्फबाट बाग्मती प्रदेश क्षेत्र नम्बर १ का प्रमुख दिपेन्द्र […]

राष्ट्रिय वाणिज्य बैंकको सूचना अधिकारीको जिम्मेवारीमा उपकार्यकारी अधिकृत पवन रेग्मी

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सूचना अधिकारीको जिम्मेवारी उपकार्यकारी अधिकृत पवन रेग्मी नियुक्त भएका छन् । राष्ट्रिय वाणिज्य बैंक व्यवस्थापन समितिकोे भदौ १६ गते बसेको बैठकको निर्णयानुसार उपकार्यकारी अधिकृत पवन रेग्मीलाई बैंकको सूचना अधिकारीको जिम्मेवारी प्रदान गरिएको हो । बैंकको हाल ७७ जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१० वटा एटीएम र ७३ वटा एक्स्टेन्सन काउण्टर रहेको […]

महालक्ष्मी विकास बैंक र अध्यान्ता फण्ड म्यानेजमेन्टबीच सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक र अध्यान्ता फण्ड म्यानेजमेन्टबीच साना तथा मझौला उद्यमहरुको वित्तीय पहुँच तथा लगानीको आधार निर्माण गर्ने सम्बन्धमा एक रणनितिक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता अनुसार कृषि, कृषि आपुर्ती, कृषि प्रशोधन, पर्यटन, उत्पादन, डिजिटल सेवा, हस्तकला र अन्य उत्पादनशील तथा निर्यात क्षेत्रमा रहेका साना तथा मझौला उद्यमहरुको वित्तीय पहुँच अभिवृद्धि […]

चिनियाँ व्यवसायीलाई नेपालको औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चिनियाँ व्यवसायीलाई औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । सिहंदरबारस्थित कार्यकक्षमा एक दर्जन चिनियाँ व्यवसायीलाई भेटेर उद्योगमन्त्री भण्डारीले नेपालमा व्यवसाय सञ्चालन गर्दा कुनै पनि नीतिगत जटिलता नरहेको पनि बताएका थिए । चीनमा भइरहेको विकास निर्माण कोषको गरिरहेकोे बताउँदै नेपालको कृषि, विद्युत्, पर्यटन, शिक्षा तथा सूचना प्रविधिलगायतका क्षेत्रमा लगानी […]

आइटी क्षेत्रमा संयुक्त लगानी गर्न नेपाल र जापानबीच सम्झौता

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल सरकारले सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिएको बताएका छन् । आइजिसी बिजनेस होल्डिङ नेपाल र केइरिनकन कम्पनी लिमिटेड जापानबीच सूचना प्रविधि (आइटी) क्षेत्रमा संयुक्त लगानीका लागि आज आयोजित सम्झौता कार्यक्रममा उनले भने, ”हामी यस क्षेत्रमा लगानी भित्र्याउन आवश्यक सहयोग प्रदान गर्न प्रतिबद्ध छौं र लगानीकर्ताहरूका […]

एक साता पछि बढको शेयर बजारमा यी हुन् २० वटा उच्च कारोबार गर्ने कम्पनी

काठमाडौं । काठमाडौं । एक साता पछि शेयर बजारमा पुनः सुधार देखिएको छ । गत मंगलबार  ६.९४ अंकले बढेको शेयर बजार साताको अन्तिम दिन आज  नेप्से सँगै करोबार रकममा समेत वृद्धि भएको छ । साताको अन्तिम दिन बिहीबार नेप्से ७८ं१७ अंकले बढेर २६८८.३८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स […]

एक साता पछि पुनः बढ्यो शेयर बजार, नेप्से सँगै कारोबार रकम १ अर्ब बढीले बढ्यो

काठमाडौं । एक साता पछि शेयर बजारमा पुनः सुधार देखिएको छ । गत मंगलबार  ६.९४ अंकले बढेको शेयर बजार साताको अन्तिम दिन आज  नेप्से सँगै करोबार रकममा समेत वृद्धि भएको छ । साताको अन्तिम दिन बिहीबार नेप्से ७८ं१७ अंकले बढेर २६८८.३८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १३.४० अंकले […]

ट्रान्समिटर चढ्नेदेखि नेपाल टेलिकमको प्रबन्ध निर्देशकसम्म अर्यालको यात्रा

काठमाडौं । “एकैछिन है, कुर्सी अलि सानो बनाउँछु अनि कुरा गरौँला”, कुर्सीको नट घुमाएर अलि तल झारेपछि नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)का नवनियुक्त प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्याल आफ्नो स्कुले जीवन सम्झिन थालिन् । नेपाल टेलिकमको सुरुआती जागिरे जीवनमा हिम्मतका साथ ५० मिटर अग्लो ट्रान्समिटर चढेर टेलिफोन सेवा दिएकी अर्याल जिम्मेवारीसहितको अग्लो कुर्सीप्रति भने […]

राजस्वको लक्ष्य पुरा गर्ने गरी काम गर्नुस् : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले राजस्वको लक्ष्य पुरा गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । बिहीबार काठमाडौंमा भन्सार व्यवस्थापन गोष्ठमा बोल्दै पौडेलले भन्सारमा कुनै पनि दुरुपयोग स्वीकार्य नहुने भन्दै राजस्वको लक्ष्य पुरा गर्ने गरी काम गर्न निर्देशन दिएका हुन् । उनले गत वर्ष गरेका प्रगतिभन्दा बढी नै काम गरेर देखाउन आग्रह गरे […]