अस्ट्रियन कलाकारले काठमाडौंमा प्रस्तुत गरे प्यान्टोमाइम
काठमाडौं । प्रतिभाशाली अस्ट्रियन कलाकारद्वय मारिआना डे मेओ र रोमन मारिया मुल्लरले प्यान्टोमाइम प्रस्तुतिमार्फत दर्शकलाई मन्त्रमुग्ध पारेका छन् । कार्यक्रम पाटन दरबार स्क्वायरको पाटन म्युजियममा आयोजना गरिएको थियो । कला र संस्कृतिको माध्यमबाट दुई मुलुकबीचको जनस्तरीय सम्बन्ध प्रगाढ बनाउने तथा नेपाल र अस्ट्रियाबीचको आपसी समझदारीलाई अझ बलियो बनाउने उद्देश्यले नयाँ दिल्लीस्थित अस्ट्रियन राजदूतावासले उक्त कार्यक्रम […]

