शिवम् सिमेन्ट प्रधानमन्त्री कप भलिवल प्रतियोगिताको स्ट्रेन्थ पार्टनर

काठमाडौं । नेपालको राष्ट्रिय खेल भलिबलको लोकप्रियता तीव्र रूपमा बढ्दै गइरहेको छ । पछिल्लो समय खेलप्रेमीहरूको बढ्दो रुचिलाई मध्यनजर गर्दै नेपाली भलिबललाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित यहि जेठ ८ गतेदेखि १५ गतेसम्म नेपाल भलिबल संघद्वारा पोखरामा आयोजना हुन लागेको ९ औं प्रधानमन्त्री कप–एनभीए महिला/पुरुष भलिवल लिग–२०८२ मा शिवम् सिमेन्ट लिमिटेड “स्ट्रेन्थ पार्टनर” को रूपमा सहकार्य […]

मखनटोलमा लागेको आगो निभाइयो

काठमाडौं । काठमाडौँ महानगरपालिका–२४ मखनटोलमा आज बिहान ग्यास चुहिएर लागेको आगो निभाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उक्त वडाका दुईवटा घरमा लागेको आगो निभाइएको हो । काठमाडौँ र ललितपुर महानगरपालिकाका वारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा आगो निभाइएको हो । घटनास्थलबाट अन्दाजी ७० वर्षकी महिलाको शव निकालिएको छ ।

काठमाडौँको मखनगल्लीमा भिषण आगलागी, १ जनाको मृत्यु

काठमाडौं । काठमाडौँको न्युरोड-हनुमानढोका क्षेत्रको मखनगल्लीमा भिषण आगलागी भएको छ ।  चार र पाँच तले कच्ची घरमा आगलागीले क्षति पुगेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँकाअनुसार काठमाडौँ महानगरपालिका  २४ मखन गल्लीस्थित दयाराम श्रेष्ठको चारतले माटो र काठले बनेको कच्ची घरबाट आगलागी सुरु भएको हो । उक्त आगलागी नजिकैको अर्को पक्की घरमा पनि फैलिएको छ । […]

हरियो सागपात किलोमा ३५ देखि ८० रुपैयाँसम्म, अन्य तरकारीको मूल्य कति?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । हरियो सागपातको मूल्य प्रतिकिलो रु ३५ देखि ८० रुपैयाँसम्म कायम भएको छ । रायो साग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु ८०, […]

वायुसेवा निगमका दुई वटै ट्वीनअटर विमान नियमित उडानमा

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आन्तरिक उडानमा दुई वटै ट्वीनअटर विमान नियमित उडानमा आएका छन् । निगमका प्रवक्ता सुवास डाँगीका अनुसार कलसाई नाइन एन एबिटी र नाइन एन–एबीयु विमान पूर्ण रूपले सञ्चालनमा आएको हुन् । निगमका यी दुवै ट्वीनअटर विमान लामो समयदेखि ग्राउण्डेड हुँदा दुर्गम क्षेत्रका यात्रु मर्कामा परेका थिए । ट्वीनअटर […]

कांग्रेस सांसद माया राईविरुद्ध ३७ लाख ३५ हजार बिगो माग गर्दै मुद्दा दायर

काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध जिल्ला अदालत काठमाडौँमा ३७ लाख ३५ हजार ८४३ रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले मंगलबार उनीविरुद्ध मुद्दा दायर गरेको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई वैशाख १३ गते आफ्नै घरबाट पक्राउ गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँको […]

उच्चले मगायो जगदुल्ला ठेक्का प्रक्रियाको सक्कल फाइल

काठमाडौं । उच्च अदालत पाटनले कर्णालीको डोल्पामा सुरु गर्न लागिएको जगदुल्ला हाइड्रोपावर ठेक्का प्रक्रियाको सक्कल फाइल मगाउने आदेश गरेको छ । सिउ इन्फास्ट्रक्चर लिमिटेड र हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सनले ठेक्का प्रक्रियाविरुद्ध दायर गरेको रिटमा मंगलबार न्यायाधीश खडानन्द तिवारी र प्रकाश खरेलको संयुक्त इजलासले खरिद प्रक्रियामा मूल्यांकन गरिएका निर्णयसम्बन्धी सक्कल फाइल झिकाउने आदेश गरेको हो । […]

एक खर्ब ५४ अर्ब सहुलियतपूर्ण कर्जा स्वीकृत, साढे २८ अर्ब ब्याज अनुदान

काठमाडौं । चालु आर्थिक वर्ष २०८१÷८२ को चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट साढे एक खर्ब रुपैयाँभन्दा बढीको सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुले चैत मसान्तसम्म एक खर्ब ५४ अर्ब ६५ करोड ४३ लाख रुपैयाँ बराबरको सहुलियतपूर्ण कर्जा वितरण गरेका छन् । राष्ट्र बैंकका अनुसार ९१ […]

आज महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदन सार्वजनिक गरिँदै

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले आज आफ्नो ६२ औँ वार्षिक प्रतिवेदन सार्वजनिक गर्दैछ । परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा भएका विभिन्न सार्वजनिक निकायको लेखा परीक्षण तथा बेरुजुसहितको प्रतिवेदन सार्वजनिक गर्न लागेको हो । आज कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेलसामु उक्त प्रतिवेदन पेस गरेर त्यसपछि उक्त प्रतिवेदन सार्वजनिक गर्नेछ ।

विदेशी मुद्रा साट्दै हुनुहुन्छ? यस्तो छ आजका लागि विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा रहेको छ । युरोपियन युरो एकको खरिददर १५१ रुपैयाँ ३६ पैसा र बिक्रीदर १५२ रुपैयाँ २, पाउन्ड एकको खरिददर १७९ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८० रुपैयाँ […]