कहिले बाँडफाँट हुन्छ बन्दीपुर केवलकारको आईपीओ ?

काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ सोमबार (भोलि) बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका अनुसार आईपीओ सोमबार दिउँसो ४ बजे बाँडफाँट गरिने भएको हो । आईपीओमा २० लाख ७८ हजार १४ जनाको हात रित्तो हुनेछ । कम्पनीको आईपीओमा २५ लाख १२ हजार १२२ जनाले २ करोड […]

हाथवे इन्भेष्टमेन्टको साधारणसभा भदौ ३१ गतेलाई आह्वान

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालको साधारणसभा सरेको छ । देशको विषम परिस्थितिका कारण कम्पनीको १७ औँ वार्षिक साधारणसभा भदौ ३१ गतेका लागि सरेको हो । यसअघि कम्पनीले भदौ २५ गते बोलाएको सभा जेनजी आन्दोलनका कारण प्रभावित भएपछि कम्पनीको साधारण सरेको हो । कम्पनीको साधारण सभा बिहान १० बजे आम्रपाली ब्याङ्केट काठमाडौंमा बस्नेछ । कम्पनीको सभाले […]

पियोर इनर्जीको स्थगित साधारणसभा असोज ७ गते हुने

काठमाडौं । पछिल्लो अवस्थाका कारण रोकिएको पियोर इनर्जी लिमिटेडको वार्षिक साधारण सभाको मिति घोषणा भएको छ । अब कम्पनीको साधारणसभा असोज ७ गतेका लागि आह्वान गरिएको हो । यस अघि साउन २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भदौ २४ गतेका लागि ८ औँ वार्षिक साधारण सभा बोलाएको थियो । देशको विद्यमान अवस्थाका कारण सेयरधनीहरुको […]

ताप्लेजुङका किसान बँदेलबाट पीडित

ताप्लेजुङ । सिदिङवा गाउँपालिका–१ कालिखोला क्षेत्रका किसान अन्नबाली जोगाउन दिनरात खटिन बाध्य भएका छन् । पाक्ने बेलामा बँदेललगायत वन्यजन्तुले बाली नष्ट गर्ने क्रम बढ्दै गएपछि किसानको वर्षभरको मेहेनत सङ्कटमा परेको छ । स्थानीय किसान शेरबहादुर बानियाँका अनुसार यस क्षेत्रमा करिब २५–३० घरपरिवार प्रतिवर्ष वन्यजन्तुको जोखिमबाट पीडित हुने गरेका छन् । “पहिले भालुले दुःख दिने गथ्र्यो, […]

सीमान्तकृत नागरिकका लागि आयआर्जन कार्यक्रम

गुल्मी । जिल्लामा सीमान्तकृत वर्गका लागि आयआर्जन कार्यक्रम सञ्चालन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहयोगमा चन्द्रकोट गाउँपालिका र सत्यवती गाउँपालिकामा दलित तथा सीमान्तकृत वर्गका नागरिकको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो । लुम्बिनी प्रदेश सरकारअन्तर्गत कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सहयोगमा दलित तथा सीमान्तकृत वर्गका लागि […]

सानो दाबी रकम बीमकले तत्कालै भुक्तानी गर्ने, ठुलो दाबी पुनर्बीमकले पेश्की रकम दिइ तरलता व्यवस्थापनमा सहजीकरण गर्नु पर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले हालै आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिबाट बीमा क्षेत्रमा परेको प्रभावका बारमा   निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेको छ । बीमा प्राधिकरणले आयोजना गरेको छलफल कार्यक्रममा  निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीमध्ये सानो दाबी रकम […]

निजी क्षेत्रको मनोबल गिरेको छैन, पुनर्निर्माण गर्ने र देशमा लगानी जारी राख्ने प्रतिबद्धता

काठमाडौं । जेन-जी आन्दोलनका क्रममा भएको हिंसा, लुटपाट र आगजनीले निजी क्षेत्रका लागि ठूलो क्षति पुर्‍याए पनि उनीहरूको मनोबल भने गिरेको छैन । प्रदर्शनकारीहरूले व्यवसायीका घर, व्यापारिक प्रतिष्ठान, कारखाना र शोरुमहरूमाथि आक्रमण गरी करोडौंको क्षति पुर्‍याएका छन् । यस विषम परिस्थितिमा पनि नेपालका प्रमुख व्यवसायीहरूले पुनर्निर्माण गर्ने र देशमा लगानी जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका […]

काठमाडौं जिल्ला अदालतको सेवा अनिश्चित कालका लागि स्थगित

काठमाडौं। काठमाडौं जिल्ला अदालतको कामकारवाही अनिश्चितकालका लागि स्थगित भएको छ । गत सोमबारको आगजनीले जिल्ला अदालतको संरचना र कागजात जलेको थियो । जिल्ला अदालतले आईतबार सूचना निकालेर आफ्नो सेवा अनिश्चितकालका लागि स्थगित भएको जनाएको हो ।

प्रतिनिधिसभा विघटन असंवैधानिक छ : नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको विघटन अलोकतान्त्रिक र असंवैधानिक रहेको दोहोर्‍याएको छ । उपसभापति पूर्णबहादुर खड्काले आइतबार विज्ञप्तिमार्फत प्रतिनिधिसभा विघटन विरुद्ध पार्टी रहेको बताएका हुन् । प्रतिनिधिसभा विघटनको कार्य पूर्ण रुपमा अलोकतान्कि र असंवैधानिक भएको उनले बताएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै उनले प्रतिनिधिसभा विघटनको कार्यले संविधान, संविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, संघीय […]

आन्दोलनको आगजनीले यातायात कार्यालय र सेवामा ठप्प, व्यवसायीलाई सहजता दिन ट्रक महासंघको आग्रह

काठमाडौं । हालै जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा मुलुकभरका विभिन्न प्रहरी कार्यालय, सरकारी निकाय र यातायातसम्बन्धी संरचनामा आगजनी भई ठूलो क्षति पुगेको छ। यस क्रममा ट्राफिक प्रहरीले कारबाहीका लागि नियन्त्रणमा लिएका सवारी साधनका बिलबुक, रोड परमिट, जाँचपासलगायत कागजात पनि जलेर नष्ट भएको व्यवसायीहरूले बताएका छन्। नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँका अनुसार […]