सानिमा बैंकको दराजसँग दशैं धमाका योजनाका लागि सहकार्य

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि बडा दशैंको अवसरमा दराजसंग दशैं धमाका योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नुहुनेछ । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम् रु १,००० सम्मको छुट तथा […]

दमकमा कजारियाको नयाँ शोरूमको उद्घाटन

दमक । अग्रणी टाइल ब्रान्ड कजारियाले झापाको  अत्याधुनिक शोरूम उद्घाटन मार्फत नेपालभरि आफ्नो उपस्थिति थप सुदृढ गरेको छ। न्यू कोहिनूर ग्रेनाइट एण्ड टाइल्स द्वारा सञ्चालित यस नयाँ शोरूमले उच्चस्तरीय टाइलको बढ्दो मागपूर्ति गर्नुका साथै ग्राहकहरूलाई एक समकालीन, डिजाइन केन्द्रित खरिद अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ। उद्घाटन समारोहमा दमक नगरपालिकाका मेयर राम कुमार थापाको प्रमुख […]

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्र, रेष्टुरेन्ट लगायतका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ, विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त संस्थाहरु र प्राप्त गर्न […]

सार्वजनिक सम्पत्ति तोडफोड भए गोली चलाउनू : काठमाडौं जिल्ला प्रशासन 

काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले सुरक्षाकर्मीहरूलाई गोली चलाउने आदेश दिएका छन् । उनले सार्वजनिक सम्पत्ति संरक्षणका लागि भन्दै सुरक्षाकर्मीहरूलाई ‘आवश्यक परेमा रबरको गोली हान्नू’ भनी आदेश दिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्ति रिजालले बताए । ‘प्रमुख जिल्ला अधिकारीज्यूले सार्वजनिक सम्पत्ति संरक्षणका लागि आवश्यक परेमा बल प्रयोग गर्ने आदेश दिनुभएको छ,’ सहायक […]

नेप्से घट्यो कारोबार बढ्यो

काठमाडौं । साताको दोस्रो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ३५.९९ अंकले घटेर २६७२.२५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.२१ अंकले घटेर ४६२.२९ विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स २.२२ अंकले र सेन्सेटिभ इन्डेक्स १.८६ अंकले घटेको हो । […]

नयाँ बानेश्वर प्रदर्शनमा ९ जनाको मृत्यु, १२३ घाइते (अपडेट)

काठमाडौं । राजधानीको नयाँ बानेश्वरमा आयोजित जेनजीको प्रदर्शनमा सुरक्षा निकायले गरेको बल प्रयोगपछि मृत्यु हुनेको संख्या नौ पुगेको छ । विभिन्न अस्पतालमा १२३ जना घाइतेको उपचार भइरहेको छ । सिभिल अस्पतालमा मात्रै ५० जना घाइते उपचाररत छन् । सोही अस्पतालमा २ जनाको मृत्यु भएको पुष्टि भएको छ । काठमाडौँ मेडिकल कलेजमा १४ जना घाइते पुगेका […]

आन्दोलनका घाइतेको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज भएको आन्दोलनमा घाइते भएका नागरिकको उपचार निःशुल्क गर्न मातहतका सबै सङ्घीय अस्पतालहरूलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको अग्रसरतामा मन्त्रालयले सङ्घीय अस्पतालमा आउने आन्दोलनका घाइतेलाई कुनै शुल्क नलाग्ने गरी शीघ्र उपचारको व्यवस्था गर्न ‘सर्कुलर’ जारी गरिएको हो । यसैगरी, मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी […]

नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन गरियो (तस्बिरहरु)

काठमाडौं । जेनजीको प्रदर्शनसँगै कर्फ्यु आदेश जारी भएसँगै नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन गरिएको छ । जेनजीको प्रदर्शन उग्र बनेसँगै स्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन गरिएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँले नयाँ बानेश्वर चोकदेखि पश्चिम एभरेस्ट होटल हुँदै बिजुली बजारसम्म, बानेश्वर चोकदेखि पूर्वतर्फ मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वरदेखि उत्तर आइप्लेक्स मल हुँदै […]

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार साँझ ६ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोधमा आज राजधानीसहित देशभर जेनजीको प्रदर्शन भएका छन् । उक्त प्रदर्शनका क्रममा काठमाडौँको नयाँ बानेश्वरमा प्रहरीले चलाएको गोली लागेर २ जना प्रदर्शनकारीको मृत्यु भएको छ […]

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५ पुग्यो

काठमाडौं । सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जना प्रदर्शनकारीको मृत्यु भएको हो । उनीहरू सबै रबरको गोली लागेर गम्भीर घाइते भएका थिए । थप उपचारका लागि अस्पताल पुर्‍याइएकोमा अस्पतालले मृत्यु घोषणा गरेको हो । जेनजीहरूको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि […]