फ्लोरिड ल्याबोरेटोरिजले आइपीओ जारी गर्ने

काठमाडौं । फ्लोरिड ल्याबोरेटोरिज लिमिटेडले आइपीओ प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको छ । सभा असोज ७ गते कम्पनीको रजिष्ट्रर्ड कार्यालय, धापाखेल ललितपुरमा दिउँसो १ बजेबाट सुरु हुनेछ । कम्पनीले सभामा आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०८१-८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा  छलफल हुनेछ । आर्थिक वर्ष २०८२–८३ का लागि लेखापरीक्षक […]

माबिलुङ्ग इनर्जीको शेयर रजिष्ट्रारमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी रोक्का राख्ने लगायतका शेयरवालाहरूको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ । माबिलुङ्ग इनर्जी लिमिटेडको सञ्चालक समितिले लक्ष्मी सनराइज क्यापिटललाई शेयर रजिटषटारमा नियुक्त गरेको हो । लक्ष्मी सनराइज क्यापिटलले माबिलुङ्ग इनर्जी […]

अपर स्याङ्गे हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने

काठमाडौं । अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडले हकप्रद प्रस्ताव सहित साधारण सभा बोलाएको छ । सभा असोज ९ गते कुण्डलिनी दरबार, चप्पल कारखाना चोक, काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ । कम्पनीले सभामा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्नछ । त्यस्तै, सभामा आर्थिक वर्ष २०८१-८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक […]

बुङ्गल हाइड्रोको आईपीओ आजदेखि खुल्दै

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले सर्वसाधारणको लागि आजदेखी आईपीओ  साधारण शेयर  सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको छ । कम्पनीले जारी पूँजी  ८३ करोड को ३५ प्रतिशत  अर्थात २९ करोड ५लाख रकम बराबरको  प्रति कित्ता १सयका दरले २९ लाख ५ हजार कित्ता साधारण शेयर सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो  । कम्पनीले  जारी पूँजीको […]

गरिमा विकास बैंक “बेष्ट बैंक” अवार्डबाट सम्मानित

काठमाडौं ।  गरिमा विकास बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्शले बैंक तथा वित्तीय संस्थाहरुलाई प्रदान गर्ने दक्षिण एसियाकै प्रतिष्ठित अवार्ड इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस्बाट सम्मानित भएको छ । अगस्ट २९, २०२५ मा इण्डियन च्याम्बर अफ कर्मशले भारतको नयाँ दिल्लीमा आयोजना गरेको तेश्रो इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस् कार्यक्रममा विकास बैंक The Best […]

सामसङ मोबाइलको चाडपर्व अफर दिनदिनै दशैं – दुईगुना खुशी सार्वजनिक

काठमाडौं ।  मोबाइल कम्पनी सामसङले यस दशैंलाई अझ रमाइलो बनाउन नयाँ उपभोक्ता अफर “दिन दिनै दशैं” ल्याएको छ। यो अफर १ सेप्टेम्बरदेखि २८ सेप्टेम्बर २०२५ सम्म  सञ्चालित हुने कम्पनीले उल्लेख गरेको छ । यो योजना अन्तर्गत   नयाँ सामसङ स्मार्टफोन वा ट्याबलेट खरिद गर्ने ग्राहकले दैनिक उपहार जित्ने अवसर पाउनेछन्, जसले चाडपर्वको उत्सवलाई अझ विशेष बनाउनेछ। […]

सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनमा सहयोग गर्ने चेम्बरको प्रतिवद्धता

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनलाई पूर्ण सहयोग गर्ने जनाएको छ । सुदूरपश्चिममा आगामी मंसिर १ र २ गते हुने सम्मेलनका लागि चेम्बरले लगानी  सहजिकरण, प्रचारप्रसार लगायतका विषयमा सहयोग गर्न लागेको हो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री माननीय कमल बहादुर शाह, प्रदेशका मन्त्रीहरु तथा प्रदेश योजना आयोगका सदस्य सहित आईतबार […]

दुूई संसदीय समिति सहित राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसदको राष्ट्रियसभा र २ संसदीय समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभा अन्तर्गत  कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । आजको राष्ट्रियसभाको बैठक आज अपराह्न १५ः१५ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सभाध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी […]

प्रधानमन्त्री ओलीले शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्दै छन्  । चीनको थियानजिनस्थित थियानजिन मेइजियान सम्मेलन केन्द्रमा  आइतदेखि सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधनको क्रम हुनेछ । प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ […]

अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह कायमै, बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ। साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह रहेको देखिन्छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी र तराई भू-भागका […]