राधी विद्युत कम्पनीको साधारण सभा स्थगित

काठमाडौं । राधी विद्युत कम्पनीको साधारण सभा स्थगित भएको छ । कम्पनीको साधारण सभा पुस १८ गतेका लागि बोलाइएको थियो । सभा सञ्चालन गर्न आवश्यक गणपूरक संख्या नपुगेकाले स्थगन भएको कम्पनीले जानकारी दिएको छ ।

महुली लघुवित्तको एफपीओ बाँडफाँट, ९ जनाले पाए ११ कित्ता शेयर

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँटको भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल कार्यालय नयाँ बानेश्वर काठमाडौंमा शुक्रबार एफपीओ बाँडफाँट सम्पन्न गरेको हो । एफपीओका लागि कुल १६ लाख ९२ हजार १ सय ६ आवेदकले २ करोड २८ लाख ५२ हजार ८० कित्ताका लागि आवेदन दिएका थिए । सोमध्ये १६ लाख ८७ हजार […]

विद्युत् प्रसारण लाइन विस्तार गर्न एमसीसीले नेपाललाई थप ६ अर्ब ८० करोड सहायता प्रदान गर्ने

काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले रु छ अर्ब ८० करोड अतिरिक्त सहायता रकम प्रदान गर्ने भएको छ । अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गत २०८० साल भदौदेखि कार्यान्वयन भएको रु ९२ अर्ब बराबरको एमसिसीअन्तर्गतका आयोजनाका निम्ति उक्त रकम प्रदान गर्ने निर्णय भएको एमसिसी सञ्चालक समितिले आज जनाएको छ । “मिलेनियम […]

तोलामा दुई हजारले बढ्यो सुन

काठमाडौं । सुनचाँदीको मूल्य बढेको छ। आज छापावाल सुनको मूल्य प्रति तोला २ हजार रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रति तोला १ लाख ५३ हजार ५०० रुपैयाँमा बिक्री भइरहेको छ । बिहीबार छापावाल सुन प्रति तोला १ लाख ५१ हजार ५०० रुपैयाँमा रुपैयाँमा कारोबार भएको थियो । आज […]

पश्चिमी वायुको सामान्य प्रभाव,देशभरको मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिकदेखि साधारणतया  बदली भएको छभने मुलुकका बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार आज अमेरिकी डलर, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, साउथ कोरियन वन, स्वीडिस क्रोनर, कुवेती दिनार, बहराइन दिनारको भाउ बढेको छ । यस्तै, युरोपियन युरो, क्यानेडियन डलर, जापानी येन, […]

७ खर्ब ९३ अर्ब पुग्यो बैंक तथा वित्तीय संस्थाको पुँजी कोषको आकार

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको पुँजीको कोषको आकार करिब आधा अर्बले बढेको छ । चालु आर्थिक वर्षको कार्तिकसम्म बैंक तथा वित्तीय संस्थाहरुको पुँजी कोषका आकार ७ खर्ब ९३ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४१ अर्ब ९३ करोड रुपैयाँले बढी हो । […]

सिबिफिनको अध्यक्षमा उपेन्द्रप्रसाद पौडेल पुनः चयन हुने

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) को अध्यक्षमा उपेन्द्रप्रसाद पौडेल पुनः चयन हुने निश्चित भएको छ। शुक्रबार हुने सिबिफिनको नयाँ निर्वाचनले वर्तमान अध्यक्ष पौडेललाई पुनः दोहोर्‍याउने भएको हो। उनले दुई वर्षे कार्यकाल सफलतापूर्वक पूरा गरेका छन्। सिबिफिनको संरचना अनुसार, समूह ‘क’ अन्तर्गत वाणिज्य बैंकको प्रतिनिधित्व गर्दै अध्यक्ष, महासचिव, कोषाध्यक्ष र ७ जना सदस्यसहित […]

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सव: सुरक्षित डिजिटल बैंकिङ्ग सेवा विस्तारमा अध्यक्ष ढकालको जोड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ। २०६३ साल पौष १८ गते स्थापना भएको ग्लोबल आइएमई बैंक बिहीबारदेखि १९औँ वर्षमा प्रवेश गरेको छ। बैंकले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ। वार्षिकोत्सवका अवसरमा बैंकको कर्पोरेट कार्यालय, कमलादीमा बिहीबार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै ग्लोबल […]

ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सव: फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको फोनपे नेटवर्कमा आवद्ध भएका क्यूआर कोड मर्चेन्टहरुलाई लक्षित गरी क्यासब्याक, स्मार्टफोन र १ लाखको मुद्दती जित्ने उपहार योजनाहरु सार्वजनिक गरेको छ । ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाको १८औं वर्ष पुरा गरी १९ औं वर्षमा प्रबेश गरेको छ । सोहि अवसरमा यो योजना पुस १८ […]