RE
Global College

प्रधानमन्त्रीको प्रष्टीकरण : कुनै धर्म वा समुदायलाई होच्याउने नियत होइन, छैन

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले कुनै धर्म वा समुदायलाई होच्याउने आफ्नो आशय र नियत नरहेको बताएकी छन्।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भका क्रममा आफूले दिएको अभिव्यक्तिमा रहेर विभिन्न टिप्पणी भएपछि उनले प्रष्टीकरण दिँदै सबै धर्मप्रति उत्तिकै सम्मान रहेको बताएकी हुन्।

‘कुनै पनि धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन,छैन’ प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ। शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबैमा विनम्र अनुरोध छ।’

NECO

Leave Your Comment

Related News