चाडबाड नजिकिएसँगै अनुगमन बढाउदै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग

काठमाडौं । चाडवाड नजिकिए सँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चाडपर्व लक्षित खाद्यपदार्थको अनुगमनलाई बढाउन थालेको छ । विभागको दुईवटा टोलीले बिहीबार काठमाडौँ उपत्यकाका नौ स्थानमा अनुगमन गरेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए । अनुगमनका क्रममा एयरपोर्ट बर्गर हाउस एण्ड थकाली किचेन प्रालिमा उपभोग्य मिति समाप्त भएको पाँच सय ग्रामका छ थान कोदोको पिठो […]

मौसमी वायुको प्रभाव कायमै देशैभरी भारी देखि अति भारी बर्षा हुने

काठमाडौं ।मौसम पुर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै  भारतको उत्तर मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव नेपालमा रहेको छ । हाल देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहेको छ।देशभरका अधिकांश स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भैरहेको महाशाखाले बिहा जारी गरेको बुलेटिनमा उल्लेख छ […]

१५१ वकिलले पाए वरिष्टको उपाधि

काठमाडौं ।आजबाट वकालत पेशामा संलग्न १५१ जना अधिवक्ताले वरिष्ट वकिलको उपाधि प्राप्त गरेका छन् । सर्वोच्च अदालतका प्रधानन्यायधिस विश्वम्भर प्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको पूलकोर्टले वकिललाई वरिष्ट वकिलको उपाधि प्रदान गर्ने निर्णय गरेको हो । वरिष्ट वकिलको लागि सिफारिस गर्न प्रकासमान सिह राउतको नेतृत्वमा कार्यदल वनाएको थियो ।

जिओमेटको दशैं अफर, हजार रात्री बसलाई नि:शुल्क जीपीएस उपकरण

काठमाडौं । नेपाली यात्रुहरूको सुरक्षालाई अझ सुदृढ र प्रभावकारी बनाउँन टेलिमेटिक्स टेकले दशैंको विशेष उपहारस्वरूप लामो दूरीका रात्री बसहरूमा निःशुल्क जीपीएस उपकरण वितरण गर्ने योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत’फर्स्ट कम, फर्स्ट सर्भ’ आधारमा १,००० वटा लामो दूरीका रात्रि बसहरूमा जीपीएस प्रणाली निःशुल्क जडान गरिने कम्पनीका संस्थापक आतिस गैरेले बताए। “विशेषगरी दशैंजस्तो चाडपर्वमा जब […]

हाम्रो बजारले सुरु गर्‍यो बाइ नाउ, पे लेटर सुबिधा

काठमाडौं । नेपालको अनलाइन मार्केटप्लेस हाम्रो बजारले फोनलोनसँगको सहकार्यमा ‘बाइ नाउ, पे लेटर’ फिचर सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको फिचरलाई हाम्रो बीएनपीएल नाम दिइएको छ । यो सहकार्य सँगै ग्राहकले  हाम्रो बजारबाट सामान खरिद गर्न चाहने फोनलोनका योग्य ग्राहकहरुले हाम्रो बजारबाट मासिक किस्ताबन्दीको सुविधामा सामान किन्न सक्ने छन् । फोनलोन प्रयोगकर्ताहरुले कुमारी बैंक, नेपाल […]

करदाताको सुविधा खोसिएकोमा चेम्बरको आपत्ति, कर तिर्ने म्याद थप गर्न माग

काठमाडौं । वार्षिक १ करोड रुपैयाँसम्म कारोवार गर्ने एकलौटी फर्म र शुन्य कारोवार भएका निकायहरुको सम्बन्धमा आय विवरण दाखिला गर्ने म्याद थप नहुने आन्तरिक राजश्व विभागको निर्णयप्रति ध्यानाकर्षण भएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । यस्तै वार्षिक २५ करोड रुपैयाँ सम्म कारोवार भएका निकाय र अन्य करदाताहरुको मंसिर मसान्त सम्म मात्र म्याद थप हुने व्यवस्था […]

सरकारले निर्माण व्यवसायीको ४५ अर्ब भुक्तानी गरेर, समग्र निर्माण आपूर्ति चक्र प्रभावित

काठमाडौं । सरकारले निर्माण व्यवसायीको भुक्तानी समयमा नगर्दा समग्र निर्माण आपूर्ति चक्र प्रभावित भएको छ । नेपाल निर्माण व्यवसायी महासंघले बिहीबार पत्रकार सम्मेलन मार्फत निर्माण कार्यको भुक्तानी समयमा नपाउँदा समग्र निर्माण आपूर्ति चक्र प्रभावित हुन पुगेको जानकारी दिएको छ । महासंघका अध्यक्ष रवि सिंहले सरकारबाट निर्माण व्यवसायीलाई ४५ अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको बताए । […]

काठमाडौं उपत्यका सहित हिमाल, पहाड र तराईमा मूल्यवृद्धि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो महिनामा मूल्यवृद्धि घटेको बताएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको साउनमा वार्षिक विन्दुगत  उपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशत रहेको बताएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.५२ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ […]

१ महिनामा ५२ अर्ब अन्तर–बैंक कारोबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो समय अन्तर–बैंक कारोबार रकम घटेको बताएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा वाणिज्य बैंकहरुको ५१ अर्ब ५० करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को ६५ करोड रुपैयाँ गरी कुल ५२ अर्ब १५ करोड रुपैयाँको अन्तर–बैंक कारोबार भएको छ । अघिल्लो वर्षको […]

निरन्तर घटेको शेयर बजारमा पौने ३ अर्बले बढ्यो कारोबार रकम

काठमाडौं । शेयर बजार बिहीबार पनि घटेको छ । लगातार दुई दिनसम्म घटेको शेयर बजार साताको अन्तिम दिन बिहीबार पनि दोहोरो अंकले घटेको हो । बिहीबार नेप्से परिसूचक ३२.८१ अंकले घटेर २४८६.७६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५.३४ अंकले घटेर ४४७.४५ विन्दुमा पुगेर बन्द भएको छ । […]