नागरिक एपमा जोडियो आजदेखि श्रम संसार पोर्टल

काठमाडौं । सरकारले रोजगारदाता र रोजगारी खोजिरहेकाहरुलाई जोड्न तयार पारेको श्रम संसार पोर्टल नागरिक एपमा जोडिएको छ । आजदेखि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम संसार अनलाइन पोर्टल नागरिक एपमा जोडिएको हो । मन्त्री शरतसिंह भण्डारी र योजना आयोगका सदस्य डाक्टर प्रकाशकुमार श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरेका छन् । श्रम संसार पोर्टल, नागरिक एपसँग […]

स्थानीय तहका निकायहरूलाई बैंक खाता खोल्न राष्ट्र बैंकको थप अनुमति नचाहिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थानीय तहअन्तर्गतका विभिन्न निकायहरूलाई वाणिज्य बैंकमा खाता खोल्नका लागि अब थप स्वीकृति नचाहिने व्यवस्था गरेको छ। केन्द्रीय बैंकले हिजाे एक परिपत्र जारी गर्दै यो नयाँ व्यवस्था लागू गरेको हो। राष्ट्र बैंकको सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन, २०८१) बमोजिम अब स्थानीय तहअन्तर्गतका समिति, बोर्ड र कोष ले ‘क’ वर्गका वाणिज्य […]

सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको लाभांश घोषणा

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम (सिद्धार्थ व्यवस्थित लगानी योजना) ले गत आर्थिक वर्षका लागि कर सहित ८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। क्यापिटलका अनुसार, साउन ११ गतेसम्म इकाइधनी दर्ता किताबमा नाम रहेका इकाइधनीहरू मात्र यो लाभांश प्राप्त गर्न योग्य हुनेछन्। लाभांशबाट प्राप्त रकमलाई स्किमकै इकाइ खरीद गरेर पुनः […]

वैदेशिक सहायताबिना आन्तरिक स्रोत मात्र पर्याप्त नहुने : सह–सचिव शर्मा

काठमाडौं । अर्थ मन्त्रालयका सह–सचिव धनिराम शर्माले नेपालको तीव्र विकास वैदेशिक सहायताको भरमा मात्र सम्भव हुने स्पष्ट पारेका छन्। पछिल्लो समय वैदेशिक सहायता नलिनुपर्ने जस्ता धारणा आए पनि तीव्र विकासका लागि आन्तरिक स्रोत मात्र पर्याप्त नहुने उनको भनाइ छ। शर्माले नेपालले आफ्नै नीतिअनुसार वैदेशिक सहायता लिँदै आएको बताउँदै तीव्र विकास गरेका अधिकांश मुलुकले पनि वैदेशिक […]

सार्वजनिक लेखा समितिमा बेरुजु छलफल: मन्त्रालयका सचिवहरूले बताए बेरुजुको अवस्था र चुनौती

काठमाडौं । सार्वजनिक लेखा समितिको आजको बैठकमा विभिन्न मन्त्रालयका सचिवहरूले आ-आफ्नो मन्त्रालयको बेरुजु अवस्था, त्यसको व्यवस्थापनमा देखिएका चुनौतीहरू र समाधानका लागि चालिएका कदमबारे जानकारी गराएका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालय: कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव दीपककुमार खरालले मन्त्रालयको कुल बेरुजु ८ अर्ब ९८ करोड रहेकोमा ४० प्रतिशत संपरीक्षण भइसकेको बताए। उनले अबको ६ […]

केराखेतीबाट १५ लाख रूपैयाँसम्म आम्दानी गर्छन् कैलालीका टेकेन्द्र

टीकापुर । कैलालीको टीकापुर-४ का केरा किसान टेकेन्द्र धामीले केराखेती गरेर एक बिघामा १५ लाखसम्मको केरा उत्पादन गरेका छन्। धामीले गतवर्ष तीन बिघा सात कठ्ठामा गरिएको केराखेतीबाट ४७ लाख रूपैयाँको केरा बिक्री गरे। ‘समयमै उत्पादन हुँदा ४७ लाख रूपैयाँको केरा बिक्री गरेँ, फुटकर बिक्री गरेको हिसाब राखेको छैन’, उनले भने, ‘मैले राम्रो उत्पादन भएका बेला एक […]

 काठमाडौं उपत्यका खानेपानी सुधार आयोजनाको पहिलो चरण सम्पन्न (फोटो सहित)

काठमाडाैं । आयोजना कार्यान्वयन निर्देशनालयद्वारा मेलम्ची खानेपानी आयोजनाको उप–आयोजना–२ अन्तर्गत संचालित ‘काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना’को पहिलो चरण सम्पन्न भएको छ । काठमाडौं उपत्यकाका दशकौंदेखिका पुराना र जीर्ण भएका खानेपानीका पाइपलाइनहरूलाई नयाँ वितरण प्रणाली निर्माण गरी विस्थापित गर्ने र चुहावटरहित किसिमले स्वच्छ एवम् सफा खानेपानी उपत्यकाबासीका घरघरमा समानुपातिक रूपमा वितरण गर्ने उद्देश्यले आयोजना संचालनमा ल्याइएको […]

सामान्य अंकले घट्यो शेयर बजार, प्रोफिट बुक गर्ने नहुँदा १९ अर्बमा सीमित कारोबार रकम

काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा सामान्य अंकले घटेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २.०७ अंकले घटेर २९६२.१३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.७८ अंकले घटेर ५१३.०९ विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स ०.३७ अंकले र सेन्सेटिभ इन्डेक्स ०.३४ अंकले घटेको हो […]

नेपाल वायुसेवा निगम आईटिसिटीए अवार्ड-२०२५ बाट सम्मानित

काठमाडौं । नेपाल वायुसेवा निगम आईटिसिटीए २०२५ अवार्डबाट सम्मानित भएको छ । नयाँ दिल्लीमा आयोजना गरिएको १०औँ ‘इन्टरनेशनल टुरिज्म कन्क्लेभ एन्ड ट्राभल अवार्ड्स (आईटीसीटीए) २०२५ मा नेपाल रुटको उत्कृष्ट वायुसेवा प्रदायको अवार्ड पाएको हो। होटल ले मेरिडियनमा एक समारोहका बीच जुलाई २६ मा आयोजित समारोहमा आईसीएम ग्रुपका अध्यक्ष तथा प्रबन्धनिर्देशक अजय ग्प्ता र भारत सरकारका […]

काठमाडौँ-तराई द्रुतमार्ग निर्माणको काम समयमै सक्न प्रधानमन्त्रीले दिए निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराई/मधेश द्रुतमार्ग (एक्सप्रेसवे)को निर्माण समयमै सक्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। आइतबार सरोकारवाला पक्षसँग बालुवाटारमा छलफल गरेका प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत द्रुतमार्ग निर्माणको काम समयमै सक्न सम्बन्धित मन्त्रालय र नेपाली सेनालाई आग्रह गरिएको जानकारी दिएका हुन्। ‘काठमाडौँ–तराई/मधेश द्रुतमार्ग (एक्सप्रेसवे) हाम्रो रणनैतिक महत्त्वको सडक आयोजना हो। यसले काठमाडौँलाई १ […]