दसैँका लागि ४० हजार यात्रु उपत्यकाबाट बाहिरिए
काठमाडौं । दसैँ मनाउन उपत्यका छाड्ने क्रम जारी रहेको छ । जसअनुसार २४ घण्टाको अवधिमा ४० हजार हाराहारी सङ्ख्यामा यात्रुले उपत्यका छाडेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार मंगलबार बिहान ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्म ३९ हजार ८१४ यात्रु उपत्यका बाहिरिएका हुन् । नागढुंगा, थानकोट–चित्लाङ, भीमढुङ्गा, चापागाउँ (भट्टेडाँडा), फर्पिङ, साँखु तीनपिप्ले […]

