निजामती विधेयकमा उठेका विषयमा छानबिन आवश्यक छ, आफू दोषी भए कारबाही भोग्न तयार : सभापति खतिवडा
काठमाडौं । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती सेवा विधेयकमा केही प्रावधान परिवर्तन भएको भन्ने सम्बन्धमा उठेका विषय छानबिन गर्न सभामुख देवराज घिमिरे समक्ष आग्रह गरिएको जानकारी दिएका छन् । सिंहदरबार परिसरमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति खतिवडाले भने, “विधेयकको दफा ८२ को (४) को व्यवस्थालाई पछिबाट (५) को (क) खण्डित […]

