सडक सुरक्षा चुनौती बनी रहेको छ: मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक निर्माण र विस्तारसँगै सडक सुरक्षा चुनौती बनी रहेको बताएका छन् । आइतबार ललितपुरमा नेपाल अटोमोबाइल एसोसिएसन नेपाल – नासाले आयोजना गरेको अटोमोबाइल तथा मोबिलिटी पोलिसी बारेको २ दिने कार्यक्रमको समापन समारोहमा उनले सडक संजाल विस्तारको क्रममा सडक सुरक्षाको विषयलाई अनिवार्य समेटिने गरेको पनि बताए । […]

साताको पहिलो कारोबार दिन नेप्से इन्डेक्स ६३ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक आइतबार ६३.७३ अंकले घटेरको छ । बजार दोहोरो अंकले घटेर २८५८.९० विन्दुमा झरेको छ । सूचकसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । बिहीबार १५ अर्ब ९८ करोड रुपैयाँको कारोबार भएको थियो । आज १३ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । पछिल्लो ४ दिनमा मार्केट […]

नारायणगढ–बुटवल सडकको म्याद पून: १ वर्ष थपियो

काठमाडौं । नारायणगढ–बुटवल सडकको म्याद पून १ वर्ष थपियको छ । सडक आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्नुपर्ने म्याद अन्तिम पटकका लागि थप भएको छ । अन्तिम पटकका लागि थपिएको म्याद ९ साउन २०८३ कायम भएको आयोजनाले जनाएको छ । यही म्यादमा आयोजनाको सम्पूर्ण काम सम्पन्न गरिसक्नुपर्ने छ । सडक आयोजनाको हालको भौतिक प्रगति ७० प्रतिशत […]

यती एअरलाइन्स प्रायोजित ‘वुमन विथ द विङ्गस’ प्रतियोगिता पोखरामा सम्पन्न

काठमाडौं । मिस नेपाल २०२५ का सहभागीहरूबीच यती एअरलाइन्सद्वारा प्रायोजित विशेष सबटाइटल “वुमन विथ द विङ्गस” को प्रतियोगिता पोखरामा सम्पन्न भएको छ । आत्मविश्वास, प्रस्तुतिको शैली, विचारशीलता र प्रेरणादायक व्यक्तित्वका आधारमा सम्पन्न प्रतियोगितामा २६ जना प्रतिस्पर्धीहरुले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । ‘वुमन विथ द विङ्गस’ सबटाइटल आत्मविश्वासी, सक्षम र प्रेरणादायी महिलाको पहिचानका लागि यती […]

एनआइसी एसिया क्यापिटलका ४ वटा फन्डहरुको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । एनआइसी एसिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित म्युचुअल फन्डहरुले लाभांश घोषणा गरेका छन् ।  जसमध्ये एनआइसी एसिया फ्लोक्सी क्याप फन्डले गत वर्षको नाफाबाट इकाईधनीहरुलाई १०.१० प्रतिशत प्रतिफल (कर सहित) दिने भएको छ । त्यस्तै, एनआइसी एसिया ब्यालेन्सड् फन्डले ९.९० प्रतिशत, एनआइसी एसिया सेलेक्ट-३० ले ८.६५ प्रतिशत र एनआइसी एसिया डाइनामिक डेप्ट फन्डले ५.५५ प्रतिशत प्रतिफल दिने […]

सुनको मूल्य आकाशिदै,३४ सयले बढ्यो, कतिमा हुुदैछ त कारोवार?

काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ। साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य ३ हजार ४ सय रुपैयाँले बढेको हो। नेपाल सुन(चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य ३ हजार ४ सय रुपैयाँले बढेर १ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य १ लाख ९३ […]

मधेसका किसानलाई स्यालो ट्युबवेल वितरण गर्दै प्रदेश सरकार

काठमाडौं । मधेस प्रदेश सरकारले सुक्खाग्रस्त तथा खडेरीको मारमा परेका किसानका लागि १८ करोड लागतमा स्यालो ट्युबवेल वितरण प्रक्रिया सुरु गरेको छ । मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुक्खा क्षेत्र सहयोग कार्यक्रमअन्तर्गत प्रदेशका आठ जिल्लाका किसानलाई स्यालो ट्युबवेल वितरण योजना ल्याएको हो । धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिरहा र सप्तरीमा […]

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुई समितिको बैठक बस्दैछ । आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ । सो समितिले भूमिहीन सुकुम्बासी, भूमिहीन […]

रोटरी ई क्लब अफ डिष्ट्रिक्ट ३२९२ तथा रोटा किड्स अफ रोटरी ई क्लबका नेतृत्वले गरे पदभार ग्रहण

काठमाडौं । रोटरी ई क्लब अफ डिष्ट्रिक्ट ३२९२ तथा रोटा किड्स अफ रोटरी ई क्लबको संयुक्त पदस्थापन सम्पन्न भएको रोटरी ई क्लबका नव नियुक्त अध्यक्ष कन्चन तामाङ्ग तथा रोटा किड्सका नवनियुक्त अध्यक्ष सम्यक राज श्रेष्ठले रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९३ नेपाल – भुटानका गभर्नर इलेक्ट विष्णु बहादुर कार्की समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका थिए […]

राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् इकोसकको अध्यक्षमा नेपाल निर्वाचित

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक)को अध्यक्षमा नेपाल निर्वाचित भएको छ । परिषद्को अध्क्षमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा  निर्बाचित भएका हुन्  । परिषद्मको अध्यक्ष   निर्वाचित भएसँगै उनले कार्यभार पनि सम्हालेका छन्  । अध्यक्षमा निर्बाचित भएपश्चात कार्यभार समाल्दै उनले  संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक)को अध्यक्षमा नेपाल नेपाल […]