प्रशोधित खाने तेलको निर्यात बढ्दा, नेपालको निर्यात करिब २ खर्ब नजिक

काठमाडौं । मुलुकको निर्यात करिब २ खर्ब रुपैयाँ नजिक पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म १ खर्ब ८८ अर्ब १९ करोड ५० लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो गत आव २०८०/८१ को सोही अवधिको तुलनामा ६५.१६ प्रतिशत बढी हो । […]

अन्नपूर्ण केवलकारले हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं । अन्नपूर्ण केवलकार लिमिटेडले हमप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले गत २०८१ चैत ३१ गतेको वार्षिक साधारण सभाको निर्णयअनुसार कम्पनीमा वृद्धि भएको जारी शेयर पुँजीमध्ये अंकित मूल्य सय रुपैयाँ भएको ४५ लाख ६० हजार थान शेयर कम्पनीका विद्यमान शेयरधनीमा निष्काशन गर्न लागेको हो । हकप्रद शेयर १: ०.४ ( एक शेयर बराबर शुन्य […]

कालिका लघुवित्तको ९ हजार ४६८ कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले ९ हजार ४६८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त संस्थापक शेयरहरु खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । शेयर खरिदका लागि कम्पनीको केन्द्रीय कार्यालय पोखरा – १०, कास्कीमा लिखित जानकारी गराउनुपर्नेछ । तोकिएको समयावधि भित्र विद्यमान संस्थापकहरुबाट शेयर खरीद गर्ने सम्बन्धमा कुनै […]

समयसीमा भित्र दर्ता भएनन् फेसबुकलगायत सामाजिक सञ्जाल, म्याद थपको तयारी

काठमाडौं । मेटाअन्तर्गत फेसबुक, इन्स्टाग्राम, थ्रेड र ह्वाट्सएपलगायत सामाजिक सञ्जाललाई दर्ता हुन सरकारले दिएको ३० दिने समयसीमा आइतबार सकिएको छ । तर समयसीमा भित्र ती सामाजिक सञ्जाल दर्ताको प्रक्रियामा आएनन् । सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० जारी गरेको थियो । तेस्रोपटक गत चैत ७ गते ३० दिने म्याद दिएर सामाजिक सञ्जाल कम्पनीलाई […]

दोर्दी खोलाको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । दोर्दी खोलाको हकप्रद शेयरमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको हकप्रद शेयर निष्काशन प्रयोजनको लागि शेयरधनी दर्ता किताब (दाखिल खारेज) बन्द गरेको मिति २०८१/११/१५ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम साविक शेयरधनीहरूका लागि हकप्रदा शेयर निष्काशन गरेको छ । चुक्ता पूँजी एक अर्ब पाँच करोड ४२ लाख ६० हजार […]

ट्रेड टावरको प्रथम चरणको आईपीओ आजदेखि बिक्रीमा

काठमाडौं । ट्रेड टावर लिमिटेडको प्राथमिक साधारण शेयर (आईपीओ) आजदेखि निष्काशन तथा बिक्री खुला गरिँदैछ । कम्पनीले पहिलो चरणमा  विदेशमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरिन लागेको हो । कम्पनीले आफ्नो जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको  ४८.७० प्रतिशतले हुन आउने ३९ लाख ७१ हजार ६९३ कित्ता साधारण शेयर सर्वसाधारणका लागि […]

कुरिलो प्रतिकिलो रु ६००, डल्ले च्याउ ३२०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, प्याज सुकेको […]

अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरो र पाउन्डको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरो र पाउन्डको भाउ बढेको छ । यसदिन अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ । आइतबार पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो […]

आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भू-भागका एक-दुई […]

होटेल सारथीले आईपीओ जारी गर्ने, विक्री प्रबन्धमा सिटिजन्स क्यापिटल नियुक्त

काठमाडौं । होटेल सारथी प्रालि र सिटिजन्स क्यापिटल लिमिटेडबीच आईपीओ जारी गर्ने प्रक्रियाका लागि जारी तथा निर्गमन प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । होटेल सारथी, धुलिखेलमा आयोजित एक विशेष समारोहमा होटेलका कार्यकारी अध्यक्ष प्रल्हाद प्याकुरेल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । होटेल सारथीले जारी पुँजीको ३० प्रतिशतले […]