अविरल वर्षाले सिद्धार्थ राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षाले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । स्याङ्जा सडक खण्डअन्तर्गत वालिङ नगरपालिका–८ मा पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो । बिहानैबाट अवरुद्ध भएको राजमार्ग सूचारु गराउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी उमेशलाल श्रेष्ठले जानकारी दिनुभयो । बिहानैबाट सडक अवरुद्ध हुँदा सवारी साधान बाटोमा नै रोकिएका छन् । यसअघि मङ्गलबार […]

भोजपुरको आमचोक गाँउपालिकाले गर्यो चौध सय रोपनीमा चियाखेती

काठमाडौं । पर्यटकीय क्षेत्रको विकाससँगै स्थानीयको आयस्तर सुधार गर्ने लक्ष्यले भोजपुरको आमचोक गाउँपालिकाले चियाखेती थालेको छ । चियाखेतीको प्रशस्त सम्भवना बोकेका यहाँका खाली पाखापखेरालाई हरियाली बनाउँदै आयस्तर वृद्धिसँगै रोजगारी सृजना गर्न गाउँपालिकाले चियाखेती थालेको हो । गाउँपालिकाले आफ्नै लगानीमा यहाँको करिब एक हजार चार सय रोपनीमा चियाखेती गरेको छ । खाली जमिनको सदुपयोग गर्दै पर्यटीय […]

सानिमा बैङ्कको संस्थापक शेयर बिक्रिमा बिध्यमान शेयरधनीले मात्र किन्न पाउने

काठमाडौं । सानिमा बैंक लिमिटेडको १,१५,३८० कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ ।  सो संस्थापक शेयरको मूल्य न्यनतम प्रति शेयर रु १४५/- रहेको छ । बिध्यमान संस्थापक शेयरधनीले उक्त शेयर खरिद गरी लिन चाहेमा आजको मितिले ३५ (पैत्तीस) दिन भित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नक्साल, काठमाण्डौमा आफुले खरिद गर्ने शेयर संख्या […]

नेपाल पुनर्बीमा कम्पनीको संस्थापक ७,००,००० कित्ता संस्थापक शेयर बिक्रिमा

काठमाडौं । विशाल ग्रुपको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक  ७,००,००० कित्ता संस्थापक शेयर प्रति कित्ता न्यूनतम मूल्य रु. ४५० /- ( चार सय पचास रुपैंया मात्र) मा बिक्रीमा रहेको छ ।  उक्त शेयरहरु खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले  २०८१ साल आश्विन ८ गते कार्यालय समयभित्र बिक्री प्रबन्धक  एन आई सी एशिया क्यापिटलमा आइपुग्ने […]

२७ अर्बले घट्यो बिरगञ्ज भन्सारको राजस्व सङ्कलनको लक्ष्य

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले दुई वर्षदेखि लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न असफल भएसँगै भन्सार विभागले राजस्व सङ्कलनको लक्ष्य घटाइदिएको छ । भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई राजस्व सङ्कलनको महत्वाकाङ्क्षी लक्ष्य दिएपनि कार्यालयले लक्ष्यअनुसारको राजस्व भेट्टाउन सकिरहेको थिएन् । विभागले आर्थिक वर्ष २०८०/८१ को तुलनामा चालु आर्थिक वर्ष २०८१/८२ मा राजस्व सङ्कलन गर्ने लक्ष्य रु २६ […]

उच्च आर्थिक वृद्धि हासिल गर्न सरकारले निजी क्षेत्रलाई आस्वस्त पार्नु पर्छ : चन्द्र ढकाल

काठमाडौं । विगत दुइ बर्षदेखि निजी क्षेत्र संकुचित छ । उद्योगहरु ४० प्रतिशत हाराहारीमात्रै चलेका छन् । ८६ प्रतिशत रोजगारी दिने निजी क्षेत्र संकुचित हुँदा स्वभाविक रुपमा रोजगारीका अवसर कम भएका छन । निजी क्षेत्र फस्टाइरहेका देशमा काम गर्ने मान्छेहरुको माग छ । हामीले यहाँ रोजगारी दिन सकेका छैनौ । नेपाली युवाहरु रोजगारको खोजीमा  ती […]

कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा दिनभरि पानी पर्ने

काठमाडौं । मौसमपुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बाग्मती,गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा समेत भैरहेको […]

पुल निर्माणको माग गर्दै जनप्रतिनिधि सहित १० युवा आमरण अनशनमा

काठमाडौं ।  धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै स्थानीयहरुले सामुहिक आमरण अनशन शुरु गरेका छन् । कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा–धनुषाको अगुवाईमा आन्दोलित स्थानीयहरु जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय अगाडी आमरण अनशन बसेका हुन् । गत साता मात्रै मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहलाई […]

पाँच सय ३९ स्थानीय तह पूर्ण रुपमा विद्युतीकरण, यो बर्ष सबै स्थानिय तहमा पुग्ने

काठमाडौं । मुलुकका पाँच सय ३९ स्थानीय तह पूर्ण रुपमा विद्युतीकरण भएका छन् । एक सय ९६ स्थानीय तहमा आंशिक रुपमा बिजुली पुगेको छ ।  देशभर सात सय ५३ स्थानीय तह (नगरपालिका र गाउँपालिका) छन् । हालसम्म राष्ट्रिय प्रसारणको विद्युत् १८ स्थानीय तहमा पुग्न सकेको छैन । राष्ट्रिय प्रसारण ग्रिड नपुगे पनि १८ स्थानीय तहका […]

सामुदायिक वन उपभोक्ताका भान्छामा विद्युतीय चुल्हो

काठमाडौं । कास्कीको रुपा गाउँपालिका–५ देउरालीकी ६२ वर्षीया अनिता श्रेष्ठ हिजोआज भान्छामा खाना पकाउन विद्युतीय चुल्हो प्रयोग गर्छिन  । दाउरा र सिलिन्डर ग्यास प्रयोग गर्दै आएकी उनले विद्युतीय चुल्होमा खाना पकाउन थालेकि हुन् । “सुरुमा त चलाउन नजान्दा निकै डर लागेको थियो, कुनै खतरा नहुने, धुवाँ धुलो नआउने र खानेकुरा छिटो पाक्ने रहेछ”, उनले भनिन, […]