विदेशी लगानीकर्तालाई २५ महिनामा २७ अर्ब १२ करोड लाभांश वितरण

काठमाडौं ।  विदेशी लगानीकर्ताले नेपालबाट उच्च नाफा लैजान सफल भएका छन् । विदेशी लगानीकर्ताहरुले यहाँको उद्योग तथा व्यवसायामा लगानी गरेपश्चयात प्राप्त गरेका लाभांश वा मुनाफावापत् २७ अर्ब रुपैयाँ भन्दा बढी रकम लगेका छन् । उद्योग विभागका अनुसार विदेशी लगानीकर्ताले पछिल्लो २५ महिनाको अवधिमा २७ अर्ब १२ करोड ७८ लाख रुपैयाँ लाभांश रकम लगेका हुन् । […]

नेपाल उद्योग वाणिज्य महासंघबाट धितोपत्रबोर्डको सञ्चालकमा महानिर्देशक गोकर्ण अवस्थीलाई पठाउने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले  नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा महासंघका महानिर्देशक गोकर्ण अवस्थीलाई पठाउन सिफारिस गरेको छ  । एफएनसीसीआईले गत हप्ता महानिर्देशक अवस्थीलाई सेबोनको सञ्चालक समिति सदस्यमा सिफारिस गरेको हो। नेपाल  धितोपत्र बोर्डको संचालक सदस्यमा महासंघको प्रतिनिधि सञ्चालक सदस्यरहने कानुनी  व्यावस्था रहेको छ   । सोही व्यवस्था वमोजिम महासंघले बोर्डमा सञ्चालक […]

मानषी लघुबित्तको संस्थापक र कर्मचारीको शेयरको लकिङ अवधि सकिदै

काठमाडौं ।मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ लाख ५ हजार ४६९ कित्ता शेयरको ‘लक इन’ अवधि सकिन लागेको छ । कम्पनीका संस्थापकतर्फको ७ लाख कित्ता र कर्मचारीतर्फको ५ हजार ४६९ कित्ता शेयरको ‘लक इन’ सकिने भएको हो । ‘लक इन’ अवधि समाप्त हुने शेयरमध्ये सञ्चालक सदस्यहरूको स्वामित्वमा रहेको र कम्पनीको उच्च तहका कर्मचारीहरूले भने शेयर […]

कालिमाटी तरकारी बजारमा यस्तो छ आजको मूल्य

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मूल्य ९६.६७ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ९५ रहेको छ जुन हिजोको मूल्य भन्दा कम हो  । गोलभेडा सानो लोकल मूल्य आज यथावत छ हिजो प्रति केजी औसत मूल्य ४५ […]

लोकमार्ग निर्माणले खानेपानीमा समस्या

काठमाडौं । कास्कीको मादी गाउँपालिका र पोखरा महानगर खण्डमा मध्यपहाडी लोकमार्ग निर्माणका क्रममा खानेपानीको मुहान पुरिएको छ । पोखरा महानगरको साबिक लेखनाथ नगरपालिकामा खानेपानी आपूर्ति गर्दै आएको लेखनाथ खानेपानी उपभोक्ता संस्थाको मादी–७ को गिउजे खोलाको मुहान पुरिएको हो । गएको हिउँदमा लोकमार्ग निर्माणका क्रममा बाटोमुनि रहेको माटो र आएका दर्जनौँ पहिरा गिउजे खोलामा पुगेपछि मुख्य […]

कर्णाली प्रदेशमा सवै जोखिमयुक्त घरको बीमा हुने

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशका सबै जोखिमयुक्त घरहरुको बीमा गर्ने तयारीमा प्रदेश सरकार रहेको बताएका छन् । किर्डाक नेपालको समन्वय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा ‘प्रकोप प्रतिरोधमा पुनर्विचार तथा मानवीय सहायता, प्रतिरोधी प्रणालीदेखि पूर्वाधार’ भन्ने मूल नाराका साथ सुर्खेतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारले चालु आर्थिक वर्ष […]

१ खर्ब ३० अर्ब ४७ करोड बराबरको धितोपत्र सूचीकृत

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अनुसार गत आर्थिक वर्षमा १ खर्ब ३० अर्ब ४७ करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएको छ । गत आर्थिक वर्षमा ८६ अर्ब ८१ करोड रुपैयाँ बराबरको साधारण शेयर, २१ अर्ब ९८ करोड रुपैयाँ बराबरको हकप्रद शेयर, २१ अर्ब ६५ करोड रुपैयाँ बराबरको बोनस शेयर र ३ करोड रुपैयाँ बराबरको एफपीओ […]

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा […]

सुरक्षण कोषद्धारा करिब ३ खर्ब लघु तथा विपन्न कर्जा सुरक्षण

काठमाडौं । राष्ट्र बैंकका अनुसार निक्षेप तथा कर्जा सुरक्षण कोषले २०८१ असार मसान्तसम्म करिब ३ खर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा सुरक्षण गरेको छ । कोषले समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको २ खर्ब ९६ अर्ब ४५ करोड रुपैयाँ बराबरको लघु तथा विपन्न वर्ग कर्जा, साना तथा मझौला उद्योग कर्जा र कृषि कर्जा (नेपाल सरकारको ब्याज अनुदानमा […]

महाधिवेशनको तयारीमा केन्पो खुकुरी मार्सल आर्ट्स संघ

काठमाडौं । नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघको केन्द्रीय महाधिवेशन भदौ १५ गते काठमाडौंमा हुने भएको छ । संघले भदौ १५ गते शनिबार राजधानीमा तेस्रो महाधिवेशन तथा १३ औं वार्षिक साधारणसभा गर्न लागेको हो । महाधिवेशनले नयाँ नेतृत्व चयनका साथै केन्पो खुकुरी मार्सल आर्टस् खेलका आगामी कार्ययोजना तय गर्ने संघले पत्रकार सम्मेलन गरी जानकारी गराएको […]