आन्दोलनको क्रममा पक्राउ परे कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् । राजसंस्था पक्षधरको प्रदर्शनका क्रममा उनी आइतबार नक्सालको नाराणचौरबाट पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । उनीसहित थप अन्य व्यक्ति पनि पक्राउ परेका छन् ।   जुलुस लिएर बालुवाटार जाने क्रममा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका थापालाई पक्राउ गरिएको हो ।

अड लट कारोबार २४ प्रतिशतले घट्यो

काठमाडौं । पछिल्लो महिनामा अड लट कारोबार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज, नेप्सेका अनुसार पछिल्लो महिनामा अड लट कारोबार रकम र शेयर कित्ता खरीद बिक्री घटेको हो । नेप्सेले उपलब्ध गराएका तथ्यांक अनुरुप वैशाखमा ३५ करोड ४५ लाख बराबरको ८ लाख ९० हजार भन्दा बढी कित्ता धितोपत्र अडलटमा कारोबार भएको छ । जुन चैतको […]

शिव श्री हाइड्रोपावरले बोलायो साधारण सभा

काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीले सभा आगामी असार ८ गते बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा बिहान ११ बजे वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले सभामा शेयरधनीका लागि लाभांश वितरण सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन। सभाले कम्पनीको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू छलफल […]

जुम्लाका किसानलाई मार्सी धान रोप्न भ्याइनभ्याई

जुम्ला । यहाँका किसानलाई यो याममा मार्सीधान रोप्ने भ्याइनभ्याइ भएको छ । जिल्लाका आठवटै स्थानीय तहमा उत्पादन हुने मार्सीधानको रोपाइँमा किसान बिहानदेखि रातिसम्म खेतमै व्यस्त हुन थालेको तातोपानी गाउँपालिका–४ का स्थानीय प्रेमराज पाण्डेले बताए । जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर धान रोपाइँ हुने गरेको छ । पछिल्लो समय मार्सीधानको चामलले बजार पाउन थालेपछि […]

नेपालमा पहिलो पटक निफ्राको ६ प्रतिशत ब्याजदरको ग्रीन बण्ड आजदेखि जारी

काठमाडौं । मुलुकमा पहिलो पटक नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले जेठ १८ गते देखि ग्रीन बण्ड जारी गरेको छ । कम्पनीले ७ वर्ष अवधिको वार्षिक ६ प्रतिशत ब्याजदमार ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत २०८८/८९’ निष्कासन गरेको हो । कम्पनीले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख रुपैयाँ कित्ता […]

पहिराले उदयपुरका ग्रामीण सडक अवरुद्ध

गाईघाट । जिल्लाको पहाडी क्षेत्रका ग्रामीण सडक बाढी पहिराका कारण अवरुद्ध भएको छ । सदरमुकाम गाईघाटबाट रौता–सल्ले, रौता–भुटारसहितका ग्रामीण सडक अवरुद्ध भएका रौता सल्लेको विष्णु पाठकले बताए । शनिबार बिहानको भीषण वर्षाका कारण यी क्षेत्रको ग्रामीण सडक भत्किएको र कतिपय पहिराले पुरिएका उनले बताए । रौता–नामन्त, रौता–आँपटार, नामेटार–ओख्रेनी, रामेटार–भदौरेसहित पाँबु क्षेत्रका ग्रामीण सडक पनि अवरुद्ध […]

किसानलाई सहुलियतमा धानको बीउ

रामपुर। पाल्पा रामपुर नगरपालिकाले किसानलाई सहुलियत दरमा धानको बीउ वितरण गरेको छ। कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले सावित्री १४ हजार दुई सय ९८ किलोग्राम, साँवामन्सुली छ हजार चार सय किलो र रामधानको एक हजार तीन सय किलो बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको जानकारी दिए । नगरपालिकाले अग्रिम सूचना जारी गरी किसानको मागका आधारमा सात […]

सार्वजनिक यातायात बचाउ आन्दोलनमा ट्रक व्यवसायी महासंघको सक्रिय सहभागिता हुने

काठमाडौं । सार्वजनिक यातायात क्षेत्रको संरक्षण र अधिकार सुनिश्चितताको माग गर्दै जारी आन्दोलनमा नेपाल ट्रक यातायात व्यवसायी महासंघ सक्रिय रुपमा सहभागी हुने भएको छ। महासंघको आज बसेको कार्यसमिति बैठकले सार्वजनिक यातायात बचाउ केन्द्रिय संघर्ष समितिले निर्धारण गरेका विरोध कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउने निर्णय गरेको हो। महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँका अनुसार चार महासंघ र चार मजदुर […]

कला र संस्कृति पुर्खाबाट सन्ततिमा हस्तान्तरण गर्दै मध्यपुरका युवाहरु

काठमाडौं । भक्तपुरको मध्यपुर थिमिस्थित पाचो धिमे खलःले तीन महिने धिमे बाजा प्रशिक्षण समापन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कला, संस्कृति तथा परम्परागत बाजा जगेर्ना र संरक्षण गर्ने उद्देश्यले धिमे बाजा प्रशिक्षण दिइएको आयोजकले दाबी गरेको छ । कार्यक्रममा संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाका सांसद दुर्लभ थापाले धर्म, संस्कृति र कलालाई संरक्षण गर्ने अभियानमा जुटेका […]

एसबिआई बैंकको डिसिइओमा विकास आनन्द

काठमाडौं । नेपाल एसबिआई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा विकास आनन्द नियुक्त भएका छन् । उनको यो जिम्मेवारी १३ जेठदेखि लागू भइसकेको बैंकले जनाएको छ । डिसिइओ हुनुअघि उनले प्रमुख सञ्चालन अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए । यस नियुक्तिसँगै आनन्दले बैंकको डिसिइओसँगै प्रमुख सञ्चालन अधिकृतको समेत जिम्मेवारी सम्हाल्नेछन् ।