यस्तो छ आजको लागि नेपाल राष्ट्र बैङ्कले तोकेको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ […]

एनपीएलमा आज काठमाडौं गुर्खाज र चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दै

काठमाडौं । शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोजबीचमा आमनेसामने हुने छन् । यो खेल बिहान ९.१५ बजे सुरु हुनेछ । यी दुवै टोली बागमती प्रदेशअन्तर्गतकै टोली हुन् । काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौँ गुर्खाजको मार्की खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट […]

स्थानीय तह निर्वाचन, कहाँ कुन दल बिजयी ?

काठमाडौं । आइतबार सम्पन्न स्थानीयतह उपनिर्वाचन, २०८१  को थप नतिजा आउनेक्रम जारी छ । काठमाडौँ महानगरपालिका वडानम्बर १६ को वडाध्यक्ष पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठले दुई हजार नौ सय दुई मतय पाएर विजयी भएकी छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा उनका निकटतम प्रतिस्पधी नेकपा (एमाले)का उम्मेदवार लक्ष्मीरत्न महर्जनले  दुई हजार दुई सय २०  मत […]

प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी राष्ट्र चीनको औपचारिक भ्रमणमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको निमन्त्रणामा औपचारिक भ्रमणका लागि आज बिहान ९.३० बजे चीनको बेइजिङ प्रस्थान गर्ने भएका छन् । उनी मंसिर१७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमणमा निश्कन लागेका छन् । भ्रमणका क्रममा उनले  चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैगरी प्रधानमन्त्री […]

पश्चिमी वायुको सामान्य प्रभाव तराइका केही स्थानमा हुस्सु लाग्ने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ ।साथै, तराईका एक-दुई स्थानमा हल्का हुस्सु लागेको महाशाखाले जनाएको छ  । आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा […]

जीवन बीमा व्यवसाय ८ प्रतिशतले बढ्यो, कुन कम्पनीको अवस्था कस्तो

काठमाडौं । जीवन बीमा कम्पनीहरुको व्यवसाय बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा जीवन बीमा कम्पनीहरुले ५३ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा जीवन बीमा कम्पनीहरुको व्यवसाय ४९ अर्ब ४३ करोड ६२ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरुको व्यवसाय […]

लक्ष्मी सन्राईज क्यापिटलको १४औं वार्षिक साधारण सभा सम्पन्न, ७ करोड ७२ लाख नगद लाभांश पारित

काठमाडौं । लक्ष्मी सन्राईज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा संचालित लक्ष्मी सन्राईज क्यापिटल लिमिटेडले आफ्नो १४ औं वार्षिक साधारण सभा मंसिर १ गते आइतबार काठमाडौंमा सम्पन्न गरेको छ । आर्थिक २०८०/०८१ मा लक्ष्मी क्यापिटल मार्केट र सन्राईज क्यापिटल एक आपसमा गाभिई २०८० पुस २३ गतेबाट संयुक्त कारोबारको थालनी गरिएको र दुई कम्पनीको मर्जर पश्चात […]

नीरज मान सैंजु एनसीएचएलको डेप्युटी सीईओमा नियुक्त

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको डेप्युटी सीईओमा नीरज मान सैंजु नियुक्त भएका छन् । डेपुटी सीईओमा नियुक्त भएका सैंजुले आज (आइतबार) बाट कार्यभार सम्हालेका हुन् । सैंजुज्यू सँग रेमिट्यान्स कम्पनी, विभिन्न वाणिज्य बैंकहरु लगायतमा आबद्ध रही १५ वर्ष भन्दा लामो कार्य अनुभव रहेको छ । उनले एमबीएस तथा एमबीए गरी डबल मास्टर्सको डिग्री हासिल गरेका […]

ग्लोबल आइएमई बैंक सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सबीच बैंकले मुख्य प्रायोजन गर्ने सम्झौता भएको छ । काठमाडौंमा एक कार्यक्रममाझ ग्लोबल आइएमई बैंक र सुदूरपश्चिम रोयल्सबीच सम्झौता भयो । बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सुदूरपश्चिम रोयल्सका तर्फबाट अध्यक्ष स्वतन्त्र प्रताप शाहले सम्झौतामा हस्ताक्षर गरे । ग्लोबल आइएमई […]

ईसेवा मनि ट्रान्सफरको ब्रान्ड प्रवर्द्धकमा दिपेन्द्र सिंह ऐरीको निरन्तरता

काठमाडौं । नेपालको अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरले आफ्नो ब्रान्ड प्रवर्द्धकका रूपमा नेपाली क्रिकेटर दिपेन्द्र सिंह ऐरीलाई पुनः अनुबन्ध गरेको छ। बिगत एक वर्षदेखि ईसेवा मनि ट्रान्सफरको ब्रान्ड प्रवर्द्धकका रूपमा अनुबन्धित भएका ऐरीसँगको सम्झौताको अवधि पुनः थप गरिएको हो। यही मंसिर १४ गते एक कार्यक्रमबीच ईसेवा मनि ट्रान्सफरको प्रधान कार्यालय पुलचोक, ललितपुरमा कार्यालयका प्रमुख कार्यकारी अधिकृत अजेश […]