मध्यपूर्व युद्धले तेल संकट: एसियाका विभिन्न देशहरूमा इन्धन अभाव, मूल्य बढ्यो

ढाका । मध्यपूर्वमा जारी युद्धका कारण तेलको मूल्य तीव्र रूपमा बढेपछि एसियाका विभिन्न देशहरूमा इन्धन अभाव र असन्तुष्टि देखिन थालेको छ । बङ्गलादेशमा अवस्था अझ तनावपूर्ण बनेपछि प्रमुख तेल डिपोहरूको सुरक्षा गर्न सैनिक तैनाथ गरिएको छ । तेल आयातमा अत्यधिक निर्भर बङ्गलादेशले आफ्नो ऊर्जा आवश्यकताको करिब ९५ प्रतिशत बाहिरबाट ल्याउँछ । इन्धन अभावको आशङ्कासँगै राजधानी ढाकासहित […]

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौं । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ अधिकांश नयाँ अनुहार निर्वाचित भएका छन् । सोमबार सम्पन्न उक्त प्रणालीतर्फको मतगणना परिणामअनुसार सरकार बनाउने हैसियतमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट मात्रै १२५ सदस्य निर्वाचित भएका छन् । यसअघिको संसद्मा उक्त दलको २१ सदस्य रहेकामा तीमध्ये १२ जना दोहोरिएका छन् […]

३२.०८ अंकले घट्यो नेप्से,कारोबार रकम साढे २१ अर्ब

काठमाडौं । मंगलबार नेप्से परिसूचक  ३२.०८ अंकले घटेको छ । बजार २८४३.३५ अंकम पुगेर बन्द भएको छ । यस दिन ३२९ वटा नम्पनीको सेयर कारोबा भएको छ । २ लाख पटक्को कारोबार हुँदा ५ करोड २७ लाख ११ हजार कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम भने २१ अर्ब ५० लाख २० हजार पुगेको […]

ढाका बन्यो विश्वको प्रदूषित सहर, काठमाडौं तेस्रो स्थानमा

काठमाडौं । विश्वका धेरै ठूला सहरमा वायु प्रदूषण गम्भीर स्तरमा पुगेको देखिएको छ । वायु गुणस्तर मापन गर्ने आईक्यू एयरका अनुसार प्रदूषित सहरको सूचीमा ढाका पहिलो स्थानमा रहेको छ भने दिल्ली दोस्रो स्थानमा छ । यता, काठमाडौं भने १७६ एक्यूआईसहित तेस्रो स्थानमा परेको छ । यसले यहाँको वायु गुणस्तर अत्यन्त अस्वस्थकर अवस्थामा रहेको संकेत गर्छ । तथ्याङ्क […]

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग’ प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ । समितिले आयोगको समग्र प्रतिवेदन सार्वजनिक गरी पीडित समुदाय, नागरिक समाज, मिडियालगायत आम नागरिकको सुसूचित हुन पाउने अधिकारको सम्मान गर्न माग गरेको हो । समितिका संयोजक राजुप्रसाद चापागाईंले आज प्रेस विज्ञप्ति जारी गरी उक्त […]

मौसमी प्रतिकूलताले वायु प्रदूषण बढ्दो, मास्कको प्रयोग गर्न आग्रह

काठमाडौं ।  हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा वायु प्रदूषणको स्तर बढ्दै गइरहेको छ । विशेषगरी काठमाडौं, पोखरालगायत देशका ठूला सहरका अतिरिक्त तराईका अधिकांश स्थानमा ‘पिएम’ (प्रदूषणका मसिना कणहरु) दुई दशमलव पाँच पुगेको जनाइएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले वायु प्रदूषणका असरबाट जोगिन आम नागरिकलाई सावधानी अपनाउन अनुरोध गरेको छ […]

समानुपातिकतर्फ रास्वपा पहिलो, कांग्रेस र एमाले क्रमशः दोस्रो र तेस्रो

काठमाडौं । प्रतिनिधि सभातर्फको समानुपातिक तर्फ हालसम्म १ करोड ४ लाख ९१ हजार ८४ मत गणना भएको छ । प्राप्त मतअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा बढी मत ल्याउँदै पहिलो स्थानमा रहेको छ । दिउँसो २ बजेर १० मिनेटसम्म रास्वपाले कुल ५० लाख ३३ हजार ५३४ मत प्राप्त गरेको छ । त्यसपछि नेपाली कांग्रेसले १७ लाख […]

युद्ध अन्त्य दाबीप्रति इरानको शङ्का

तेहरान। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व ‘चाँडै समाप्त हुने’ दाबी गरे पनि तेहरानले भने लडाइँ आवश्यक परेसम्म जारी रहने सङ्केत दिएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले मङ्गलबार यस्तो दाबीप्रति शङ्का व्यक्त गर्दै आफ्नो देश मिसाइल आक्रमण जारी राख्न तयार रहेको बताए । तेहरानले अमेरिका–सहयोगी खाडी राष्ट्रहरूलाई लक्षित गरी नयाँ आक्रमण सुरु गरेको केही […]

ढोरपाटनमा दादुरा विरुद्धको खोप अभियान सञ्चालन गरिने

काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बागलुङको ढोरपाटन नगरपालिकामा दादुराको सङ्क्रमण देखिएपछि दादुरा विरुद्धको खोप सञ्चालन गर्ने भएको छ । नगरपालिका भित्रका १० देखि २० वर्ष उमेर समूहका करिब सात हजार बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिए । उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य […]

ट्रम्पको अभिव्यक्तिपछि ४ वर्षयताकै उच्च विन्दुबाट झर्‍यो तेलको मूल्य

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका–इजरायल र इरानबीचको युद्ध “छिट्टै अन्त्य हुन सक्ने” संकेत दिएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य चार वर्षकै उच्च स्तरबाट अचानक घटेको छ । ब्रेन्ट क्रुडको मूल्य सोमबार कारोबारका क्रममा प्रति ब्यारेल ११९.५० डलरसम्म पुगेको थियो । मध्यपूर्वमा द्वन्द्व बढ्दै जाँदा ऊर्जा आपूर्तिमा ठूलो संकट आउन सक्ने चिन्ताले मूल्य उकालो लागेको […]