देश छोड्नु युवाको बाध्यता होइन, विकल्प बन्नुपर्छः सांसद राणा

काठमाडौं । उद्यमी तथा सांसद विदुषी राणाले नेपालबाट विदेशिनु नेपाली युवाको बाध्यता नभई रोजाइ बन्नुपर्ने बताएकी छन्। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ‘प्रतिभा भित्र्याउने र कामदार बाहिर पठाउनेः प्रक्रियामार्फत नेपालमा शिक्षा शिप र उद्यमशीलताको खाडल पुर्ने’ संवादमा बोल्दै उनले देशभित्र पर्याप्त अवसर र रोजगारी सिर्जना गर्न नसक्दा युवाहरू विदेशिन बाध्य भइरहेको […]

नाइमा मोबिलिटी एक्स्पोमा ७५ सयभन्दा बढी सवारी बुकिङ

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पोमा अवलोकनकर्ताको उत्साहजनक सहभागितासँगै सवारीसाधनको बुकिङ पनि उल्लेखनीय देखिएको छ। साउन २६ देखि ३१ गतेसम्म सञ्चालन भएको एक्स्पोमा करिब १ लाख ८० हजारले अवलोकन गरेको आयोजकले जनाएको छ। आयोजकका अनुसार एक्स्पो अवधिमा करिब ५ हजार ५ सय चारपांग्रे र २ हजारको हाराहारीमा दुईपांग्रे सवारीसाधन बुकिङ […]

वाणिज्य बैंकहरूको नाफा करिब ७० अर्ब , खुद ब्याज आम्दानी सामान्य

काठमाडौं । वाणिज्य बैंकहरुले अर्थिक वर्ष २०८२\८३मा  करिब ७० अर्ब रुपैयाँ नाफा कमाएका छन् । गत  आर्थिक वर्षको आसर महिनासम्म बैंकहरुले ६९ अर्ब ८८ करोड ३४ लाख नाफा कमाएका हुन् । यो गत वर्षको सोही अवधिमको तुलनामा ३५.५७ प्रतिशत धेरै हो । आघिल्लो   आवको सोही अवधिमा यी बैंकहरुले ५२ अर्ब ८१ करोड ७५ लाख मुनाफा […]

एड्भान्स अटोमोबाइलले ल्यायो लक्जरी इभी ‘होङ्ची ई–एचएस४’, बुकिङ खुला

काठमाडौं । चीनको प्रसिद्ध लक्जरी अटोमोबाइल ब्रान्ड होङ्ची  को नयाँ इलेक्ट्रिक एसयूभी ‘ई–एचएस४’ (E-HS4) नेपाली बजारमा सार्वजनिक भएको छ। विशाल ग्रुपअन्तर्गतको आधिकारिक बिक्रेता एड्भान्स अटोमोबाइल प्रालिले काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा मोबिलिटी एक्स्पो’का अवसरमा यो लक्जरी इभी सार्वजनिक गरेको हो। कम्पनीले गाडीको आधिकारिक बुकिङ खुला गरिसकेको छ भने खरिदकर्तालाई आगामी अक्टोबर (असोज/कात्तिक) देखि डेलिभरी दिने जनाएको […]

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस र आन्दोलन आवश्यक रहेको बताएका छन् । ग्रामीण आदर्श बहुमुखी क्याम्पसको प्रथम क्याम्पस सभाको आज यहाँ उद्घाटन गर्दै उनले समाज र देशलाई सही दिशामा लैजान प्राज्ञिक क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने बताए । मन्त्री खनालले अबको नेपालको शिक्षा कस्तो हुनुपर्छ भन्ने विषयमा बौद्धिक बहस […]

‘मलाई विगतदेखि नै न्यायालयले बचाएको छ, विशेष महाधिवेशनबाट पनि न्याय पाउनेछ: देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई विगतदेखि नै न्यायालयले न्याय दिँदै आएको र अहिले पनि अदालतकै कारण नेपाल फर्कन सफल भएको बताएका छन्। काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजित कांग्रेस इतर समूहको राष्ट्रिय भेलाको बन्दसत्रमा सहभागी भई संक्षिप्त सम्बोधन गर्दै देउवाले विमानस्थलदेखि नै आफूलाई प्राप्त उत्साहजनक समर्थनका लागि कार्यकर्ताहरूलाई धन्यवाद दिए। […]

हाथवेको २ करोड ५ लाख कित्ता शेयरको लकइन अवधि सकिंदै

काठमाडौं ।  हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको २ करोड ५ लाख ३३ हजार ५०० कित्ता शेयरको लकइन अवधि असोज २ गतेबाट समाप्त हुने भएको छ। असोज २ गते कम्पनीको संस्थापकतर्फको २ करोड ४ लाख ७५ हजार कित्ता र कर्मचारीहरूलाई सुरक्षित गरीएको ५८ हजार ५०० कित्ता शेयरको लकइन अवधि सकिन लागेको हो। यी शेयरहरू विगत करिब तीन […]

दैनिक ५०–६० सिलिन्डर खपत हुने होटलमा २०० सिलिन्डर मौज्दात अस्वाभाविक होइन : चेम्बर

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको टिप्पणीप्रति आपत्ति जनाएको छ। होटलको व्यावसायिक प्रतिष्ठामा असर पर्ने गरी अपूर्ण वा सन्दर्भविहीन सूचना सार्वजनिक गर्नु निजी क्षेत्र तथा समग्र पर्यटन उद्योगका लागि नकारात्मक हुने चेम्बरको भनाइ छ। हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमको संयोजकत्वमा भएको […]

भारतीय स्थल सेनाध्यक्ष धीरज सेठ आज नेपाल आउँदै

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा चारदिने नेपाल भ्रमणका लागि आज अपराह्न काठमाडौं आउँदै छन्। भ्रमणका क्रममा राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले भोलि राष्ट्रपति कार्यालयमा आयोजना हुने विशेष समारोहमा भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता राजाराम […]

नयाँ टाटा पन्च इभीको विशेष अफरको आज अन्तिम दिन, भोलिबाट मूल्य एक लाख बढ्ने

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसर पारेर नयाँ ‘पन्च इभी’ विशेष अफरसहित सार्वजनिक गरेको छ। नयाँ पन्च इभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। तर, नाइमा नेपाल मोबिलिटी एक्स्पोको अवधिभर बुकिङ गर्ने ग्राहकहरूले विशेष अफरअन्तर्गत नयाँ […]