गरिमा विकास बैंकको लाभांश घोषणा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको २०८३ भाद्र १८ गते विहीबार दिउँसो ४ः०० बजे बसेको सञ्चालक समितिको ३५१औँ बैठकले आर्थिक वर्ष २०८२÷८३ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी ६ अर्ब २करोड १३ लाख ४८ हजार ३६७.२२ रुपैयाँ को १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस शेयर […]

यामाहा ब्लू स्ट्रीक्स मोटरसाइकल कम्युनिटीद्वारा रसुवा र नुवाकोटका बाढीपीडितलाई मानवीय सहयोग

काठमाडौं । गत भाद्र १० गते रसुवा जिल्लामा अचानक आएको बाढीले दर्जनौं पुलहरूमा क्षति पुर्‍याउनुका साथै हजारौं घरहरू डुबानमा परेका थिए। वर्षौंदेखि यी पहाडी भूभागमा जीवन बिताउँदै आएका धेरै परिवार एकै रातमा आधारभूत आवश्यकताबाट समेत वञ्चित हुँदै असहज र अनिश्चित पुनःस्थापनाको अवस्थामा पुगे। यस्तो कठिन परिस्थितिमा ब्लू स्ट्रीक्स मोटरसाइकल ग्रुपले आफ्नो राइडिङप्रतिको उत्साहलाई रसुवा र […]

भोटेकोशी बाढीपीडित व्यवसायीहरूका लागि व्यवसाय पुनरुत्थानको प्याकेज घोषणा

काठमाडौं । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले भोटेकोशी नदीको विनाशकारी बाढीबाट प्रभावित उद्योग, व्यापार तथा व्यावसायिक प्रतिष्ठानहरूका लागि राहत, कर छुट, कर्जा पुनर्तालिकीकरण एवं बीमा दाबीमा ठूलो सहुलियतसहितको एकीकृत व्यवसाय पुनरुत्थान प्याकेज घोषणा गरेको छ। सरकारको निर्णय अनुसार बाढीबाट पूर्ण रूपमा क्षति वा नष्ट भएका व्यावसायिक सवारीसाधन, प्लाण्ट तथा मेशिनरी पुनः आयात गर्दा लाग्ने सम्पूर्ण […]

मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग

काठमाडौं । मारुती सिमेन्ट्स लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावितहरूका लागि प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ। उक्त सहयोग रकमको चेक मारुती सिमेन्ट्स लिमिटेडका सञ्चालकहरू नन्दकिशोर राठी, मनोज कुमार गोयल, शरद गोयल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत आनन्द नेपालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्। कम्पनीले विपद् तथा कठिन परिस्थितिमा प्रभावित […]

नाडाबाट राहत स्वरूप नगद सहयोग प्रदान

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीज्यूको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेज्यूसँग भेट गरी नाडाको तर्फबाट १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ। केरुङ, रसुवा, टिमुरेलगायतका क्षेत्रमा आएको आकस्मिक तथा भीषण बाढीबाट प्रभावित नागरिकहरूका लागि राहत तथा पुनःस्थापनामा सहयोग पु‍र्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा […]

लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप  उद्धार कोषमा सहयोग  

काठमाडौं । लक्ष्मी सनराइज बैंकले भोटेकोशी र त्रिशूली नदीमा आएको हालैको बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत तथा पुनःस्थापना प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति हुनुका साथै घरपरिवार, जीविकोपार्जनका माध्यम तथा […]

१९ म्युचुअल फन्डको लाभांश सार्वजनिक, कस्को कति? (सूचीसहित)

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ सकिनेवित्तिकै म्युचुअल फन्डहरुले लाभांश घोषणा गरिरहेका छन् । अहिलेसम्म १९ योजनाले इकाइधनीलाई लाभांश घोषणा गरेका छन् । घोषित लाभांश १५ प्रतिशतसम्म छ । भदौ १८ गतेसम्मको तथ्याङ्क अनुसार विभिन्न बन्दमुखी  तथा खुलामुखी  योजनाहरूले प्रतिफल घोषणा गरेका छन्। घोषित विवरण अनुसार हिमालयन क्यापिटलद्वारा प्रवर्द्धित हिमालयन ८०-२० ले सबैभन्दा बढी १५ प्रतिशत […]

रसुवा बाढीमा सुरुङमा फसेकाको उद्धारका लागि प्राविधिक स्रोत बढाउनुपर्छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले रसुवा बाढीका कारण सुरुङ तथा विद्युत् गृहमा फसेका नागरिकको खोज तथा उद्धारका लागि प्राविधिक स्रोत र जनशक्ति बढाउन सरकारसँग आग्रह गरेका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्वमन्त्रीसमेत रहेका पुनले बाढी प्रभावित क्षेत्रमा तत्कालीन तथा दीर्घकालीन उद्धार र राहतका लागि आफूले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर […]

ग्यास अभावको हल्लाले पर्यटन क्षेत्रमा प्यानिक सिर्जना भयो : हान

काठमाडौं । होटल तथा रेस्टुरेन्टलाई व्यावसायिक प्रयोजनका लागि एलपी ग्यास नदिने भन्ने समाचारले पर्यटन क्षेत्रमा ठूलो त्रास (प्यानिक) सिर्जना गरेको होटल संघ नेपाल (हान) ले जनाएको छ। बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित सरोकारवालासँगको छलफलमा हानका केन्द्रीय अध्यक्ष विनायक शाहले ग्यास कटौतीसम्बन्धी हल्लाले नेपालको पर्यटन क्षेत्रबारे अन्तर्राष्ट्रिय बजारमा नकारात्मक सन्देश गएको गुनासो गरेका हुन्। […]

रसुवा बाढीपछि सरकारको खोज, उद्धार र राहत कार्य सन्तोषजनक रहेको रास्वपाको निष्कर्ष

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रसुवामा गएको विनाशकारी बाढीपछि सरकारले सञ्चालन गरिरहेको खोज, उद्धार तथा राहत कार्य हालसम्म सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ। बिहीबार बसेको पार्टी सचिवालय बैठकले बाढी प्रभावित क्षेत्रमा सरकारबाट भइरहेका कामको समीक्षा गर्दै खोज, उद्धार तथा राहतलाई अझ प्रभावकारी र तीव्र बनाउनुपर्नेमा जोड दिएको हो। बैठकपछि प्रवक्ता जगदीश […]