बाढी पीडितका लागि थाइल्याण्डद्वारा करिब ३ करोड २० लाख रुपैयाँ आपत्कालीन राहत घोषणा

काठमाडौं । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका पीडितहरूका लागि थाइल्याण्ड सरकारले ७ मिलियन थाई बाहट (करिब ३ करोड २० लाख नेपाली रुपैयाँ) बराबरको नगद तथा आपत्कालीन राहत सामग्री उपलब्ध गराउने घोषणा गरेको छ। नेपाल सरकारको प्राथमिकता र आवश्यकताका आधारमा थाइल्याण्डले सो सहयोग प्रदान गरेको हो। बैंककस्थित रोयल थाई सरकारको प्रधानमन्त्री कार्यालयमा आयोजित एक संक्षिप्त […]

अस्ट्रेलियाली प्रधानमन्त्रीद्वारा राहत र उद्धारमा सहयोगको घोषणा

काठमाडौं । नेपालमा हालै आएको भीषण बाढी र त्यसपछिको अकल्पनीय क्षतिप्रति अस्ट्रेलिया सरकारले गहिरो दुःख व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। अस्ट्रेलियाका प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्री बालेन शाहसँग टेलिफोन वार्ता गरी उक्त दुःखद घटनाप्रति समवेदना प्रकट गरेका हुन्। टेलिफोन संवादका क्रममा अस्ट्रेलियाली प्रधानमन्त्रीले नेपालमा भएको धनजनको अपूरणीय क्षतिप्रति अस्ट्रेलियाली जनता […]

महालक्ष्मी विकास बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले भदै १० गते भोटेकोशी–त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरुको राहत, उद्धार तथा पुर्नस्थपना कार्यमा सहयोग पु¥याउने उद्धेश्यका साथ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा  ५१ लाख रुपैयाँ सहयोग गरेको छ । उक्त भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ्ग र चितवन जिल्लाका रसुवागढी, टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, त्रिशुली, देवीघाट लगायतका स्थानहरुमा अकल्पनिय र […]

एनभिडियाका प्रमुख जेन्सेन हुआङले नेपाललाई १ करोड डलर सहयोग

काठमाडौं ।  अमेरिकी प्रविधि कम्पनी एनभिडियाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड अमेरिकी डलर सहयोग गरेका छन्। रसुवाको भोटेकोशी जलाधार क्षेत्रसहित बाढीबाट प्रभावित जिल्लामा उद्धार, राहत तथा पुनर्निर्माणका लागि हुआङले उक्त रकम सहयोग गरेका हुन्। यो रकम नेपाली रुपैयाँमा करिब १ अर्ब ५० करोडभन्दा बढी […]

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रिद्धी सिद्धि र सौर्य सिमेन्टको १ करोड १ लाख सहयोग

काठमाडौं ।भदौ १० गते भोटेकोसी नदिमा आएको बाढीले गरेको विनाशले रिद्धी सिद्धि र सौयै सिमेन्ट परिवारलाई मर्माहत बनाएको छ । विनाशकारी बाढीमा परेर ज्यान गुमाउने सम्पूर्ण नागरिकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ । शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै विपद्को यो कठिन समयमा रिद्धि सिद्धि र सौर्य सिमेन्ट परिवार प्रभावित नागरिक र सरकारको साथमा छ । […]

भोटेकोशी बाढी प्रभावित व्यवसायीको पुनरुत्थान प्याकेज स्वागतयोग्य: नाडा

काठमाडौं ।  भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योग, व्यापार तथा व्यवसायको पुनरुत्थानका लागि नेपाल सरकारले बिहीबार गरेको निर्णयप्रति नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल ९नाडा०ले स्वागत गरेको छ । सरकारले बाढी प्रभावित निजी क्षेत्रलाई लक्षित गरी भन्सार तथा कर छुट, कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण, ब्याजदरमा सहुलियत, थप कर्जाको व्यवस्था तथा बीमा दाबी भुक्तानीलाई सहज बनाउने […]

सुरुङबाट उद्धार गरिएका महर्जनको अवस्था जटिल, साहको स्थिति सामान्य, दुवैको सैनिक अस्पतालमा उपचार

काठमाडौं। रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट आज बिहान जीवितै उद्धार गरिएका दुई जनामध्ये एक जनाको अवस्था जटिल रहेको छ भने अर्का व्यक्तिको अवस्था सामान्य छ। सुरुङभित्रबाट दोस्रो पटक उद्धार गरिएका ४५ वर्षीय कबीर महर्जनको स्वास्थ्य अवस्था जटिल रहेको छ। उनलाई उद्धारलगत्तै नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याएर छाउनीस्थित वीरेन्द्र […]

जाइरोङ नाकामा खोज–उद्धार जारी

काठमाडौं । नेपालको लाङटाङ लिरुङ हिमालमा हिमनदीको ठूलो भाग खसेपछि आएको बरफ र चट्टानसहितको हिमस्खलनबाट चीनको जिजाङ स्वायत्त क्षेत्र (तिब्बत) स्थित चीन–नेपाल सीमाको जाइरोङ नाकामा लेदोको बाढी आएपछि चिनियाँ उद्धारकर्मीले खोज तथा उद्धारलाई तीव्रता दिएका छन् । अगस्ट २६ को घटनामा २१ जनाको मृत्यु पुष्टि भएको छ भने ५४१ जना अझै बेपत्ता रहेको क्षेत्रीय सरकारले […]

२५सयले बढ्यो सुनको मूल्य

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य २ हजार ५ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार आज सुन प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । विहिबार सुनको मूल्य ३ लाख ४ हजार ९ सय रुपैयाँ थियो । त्सयतै, चाँदी पनि ६० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला […]

श्रीकृष्ण जन्माष्टमीमा प्रधानमन्त्रीको सन्देश- विपत्तिले हाम्रो धैर्य र कर्मको परीक्षा लिन्छ

काठमाडौं । श्री कृष्ण जन्माष्टमीको पावन अवसरमा देशवासीका नाममा शुभकामना सन्देश जारी गर्दै जीवनमा आउने विपत्ति र चुनौतीहरूमा विचलित नभई पूर्ण निष्ठाका साथ आफ्नो भूमिका निभाउन आह्वान गरिएको छ। शुभकामना सन्देशमा भनिएको छ, “विपत्ति र चुनौतीहरू आउँछन्, जसले हाम्रो धैर्य र कर्मको परीक्षा लिन्छन्; यस्तो बेला पूर्ण निष्ठाका साथ आफ्नो भूमिका निभाउनु नै श्रीकृष्णले सिकाउनुभएको वास्तविक […]