एभरेष्ट बैंकको सीइओमा सुदेश खालिङ् राई पुनः नियुक्त

काठमाडौं । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सुदेश खालिङ् राई पुनः नियुक्त भएका छन् । असोज ८ गतेदेखि लागू हुने गरी उनलाई उक्त पदमा नियुक्त गरिएको हो । कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले खालिङ्लाई आगामी ४ वर्षे कार्यकालका लागि पुनः सीइओ नियुक्त गरेको हो ।

ट्रक महासंघको अधिवेशन मंसिरको अन्तिममा गर्ने निर्णय

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले आफ्नो अधिवेशन तथा साधारणसभा मंसिर महिनाको अन्तिमसम्म गर्ने निर्णय गरेको छ। शनिबार बसेको महासंघको केन्द्रिय कार्यसमितिको बैठकले यसबारे औपचारिक निर्णय गरेको हो। बैठकले स्वदेशी तथा विदेशी ट्रकहरूले कानूनी सीमा नाघेर अत्यधिक भारवहन गरिरहेको र यसले सडक तथा पुल संरचनामा क्षति पुर्‍याउनुका साथै दुर्घटनाको जोखिम बढाइरहेको निष्कर्षसमेत निकालेको छ। […]

गल्फ लुब्रिकेन्ट्सको पार्टनर मिटमा राष्ट्रिय महिला क्रिकेट उप–कप्तान पूजा महतो ब्रान्ड एम्बेसडरको रूपमा आबद्ध

काठमाडौं ।  नेपालमा ४० वर्षको गौरवमय यात्रा बोकेको, विश्वप्रसिद्ध र सबैभन्दा बढी बिक्री हुने ब्रान्ड गल्फ लुब्रिकेन्ट्सका आधिकारिक उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले हालैमात्र पोखरामा ‘रिडिफाइन इयोरस लिमिटस’  (Redefine Your Limits) नारासहित आफ्नो वार्षिक पार्टनर मिट सम्पन्न गरेको छ । यस भव्य कार्यक्रममा नेपालभरिका ३३ भन्दा बढी व्यवसायिक पार्टनर तथा नेपाल ल्युब आयल […]

सुरेन्द्र पौडेल नेपाल पुनर्बिमा कम्पनीको अध्यक्ष नियुक्त

काठमाडौं । सुरेन्द्र पौडेल नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको अध्यक्ष पदमा नियुक्त भएका छन् । शुक्रबार मन्त्रिपरिषद् बैठकले  उनलाई  अध्यक्ष नियुक्त गरेको हो । पौडेल यसअघि नेपाल आयल निगम र उदयपुर सिमेन्टको महाप्रबन्धकको जम्मेवारी सम्हाली सकेका छन् ।

 सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा छलफल गर्दै कांग्रेस

काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने सरकारको निर्णयका सम्बन्धमा छलफल गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आइतबार बसेको बैठकले सो सम्बन्धमा सरकारसँग छलफल गर्ने निर्णय गरेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले सरकारसँग सोबारेमा छलफल गरेपछि पार्टीको धारणा […]

म्याग्दीमा करिब एक अर्बको आलु र सुन्तला बिक्री

म्याग्दी । गत आर्थिक वार्षिकमा यहाँबाट करिब एक अर्बको आलु र सुन्तला बिक्री भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार आव २०८१/८२ मा यहाँबाट ६० करोडको आलु र ३३ करोड ४६ लाख बराबरको सुन्तला बिक्री भएको हो । केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले गत आवमा एक हजार आठ सय २० हेक्टर क्षेत्रफलमा उत्पादन भएको ३५ […]

२५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले आइतबार २५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो । तरलता व्यवस्थापनका […]

आज राति १०ः१२ बजे चन्द्रग्रहण सुरु हुने 

काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका दिन आज राति खग्रास पूरै ढाकिने चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । खगोलको क्षेत्रमा काम गर्ने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले भने राति १०ः१२ बजे चन्द्रग्रहण सुरु हुने जनाएको छ […]

४० वर्ष मुनिका युवालाई पार्टी काममा लगाउन भनिए पनि सुधार हुन सकेन :महासचिव पोखर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले सरकारका कामलाई प्रभावकारी रुपमा लैजान सकेमात्र पार्टी बलियो हुने बताउनुभएको छ । ललितपुर, गोदावरीमा शुक्रबारदेखि जारी पार्टीको दोस्रो विधान महाधिवेशनमा समूहगत नेताबाट आएका सुझावको जवाफ दिने क्रममा उहाँले सरकारले गरेका कामलाई जनस्तरसम्म पु¥याउनुपर्ने बताउनुभयो । महासचिव पोखरेलले आफ्नो ठाउँ वडाबाट कार्यकर्ता र जनतालाई काममा जोड्नुपर्नेमा जोड […]

मुसिकोटमा मकैको पिठो ब्राण्डिङ सुरु

काठमाडौं ।जिल्लामा पहिलो पटक मकैको पिठो ब्राण्डिङ गर्न सुरु गरिएको छ । मुसिकोट–४ स्थित फेदीमा खाद्य प्रशोधन उद्योग स्थापना गरेर मकैको पिठोको ब्राण्डिङसँगै त्यसको बजारीकरण गर्न लागिएको हो । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ, नगरपालिका र कृषि ज्ञान केन्द्रको रु ७३ लाख तथा साना किसान सहकारी संस्थाको रु १६ लाख ५० हजार गरी करिब […]