शाही अनुमोदनपछि थाई टाइकुन अनुतिन चार्नविराकुलद्वारा प्रधानमन्त्रीको पदभार ग्रहण
बैङ्कक। थाई टाइकुन अनुतिन चार्नविराकुलले आइतबार प्रधानमन्त्रीको पदभार ग्रहण गरेका छन् । राजाको अनुमोदनसँगै उनी देशका नयाँ नेता बनेका हुन् । यससँगै कन्जरभेटिभ कार्यकालको नयाँ चरण सुरु भएको छ । “महामहिम राजाले अबदेखि अनुतिन चार्नविराकुललाई प्रधानमन्त्रीका रूपमा अनुमोदन गर्नुभएको छ”, थाइल्यान्डको संसद्को तल्लो सदनका महासचिव अर्पथ सुखानुन्थले बैङ्ककस्थित अनुतिनको भुमजाइथाई पार्टीको मुख्यालयमा आयोजित समारोहमा शाही […]

