लगातार घट्दै सुनको भाउ

काठमाडौं । सुनको भाउ लगातार घट्दो क्रममा छ । आज सुनको मूल्य ४०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुुसार बुधबार छापावाल सुन प्रति तोला एक लाख ६२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रति तोला एक लाख ६२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आइतबारदेखि सुनको मूल्य […]

पाँच अर्बभन्दा बढीको भेनियर र प्लाईबोर्ड निर्यात

काठमाडौं । नेपालमा विदेशी मुद्राआर्जन गर्न र वैदेशिक व्यापार घाटा कम गराउन भेनियर र प्लाई काठको निर्यातले महत्वपूर्ण योगदान पु¥याएको छ । पहाडमा हुर्किने उत्तिस, कदम, मौवालगायत कमसल काठ (कु–काठ) बाट भेनियर पत्ती र प्लाइबोर्ड उत्पादन हुँदै आएको छ । विसं २०७९ साउन १ गतेदेखि २०८१ असोज मसान्तसम्म पूर्वीनाका काँकडभिट्टाबाट रु पाँच अर्ब ९२ करोड […]

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि ५० अर्ब खिच्दै नेपाल राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ लिन लागेको छ । बजारमा अधिक तरलता भएपश्चात नेपाल राष्ट्र बैङ्कले  लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा तानिरहेको छ । आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। नेपाल राष्ट्र बैङ्कका अनुसार निक्षेप दिन चाहने बैंक […]

प्राइम कमर्सियल बैंकले मंसिर १९ मा साधारण सभा बोलायो, ५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । प्राइम कमर्सियल बैंकले मङ्सिर १९ गते साधारणसभा छ । साधारण सभामा बैंकको लाभांश सहितका प्रस्ताव पेश हुने बैङ्कले जनाएको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । बैंकले साधारणसभामा मर्जरको प्रस्ताव […]

नागरिक लगानी कोषको नाफा बढ्यो

काठमाडौं ।आर्थिक बर्ष २०८१\०८२ को पहिलो त्रैमासमा   नागरिक लगानी कोषको खुद नाफा ३० करोड ९ लाख ८१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा कोषको २६ करोड ४८ लाख ९५ हजार रुपैयाँ खुद नाफा थियो । यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने ३.७९ प्रतिशतले घटेर ११ करोड ९८ लाख २१ हजार रुपैयाँमा सीमित […]

जोडियो बिधुत लाइन काटिएका उधोगको बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रक लाईन बिदादका कारण उधोगीले महसुल नतिरेपछि काटिएको बिधुत लाईन  उद्योगहरूमा जोडेको छ । यस अघि आइतबार बसेको मन्त्री परिसद् वैठकले बिबाद समाधानार्थ सरकारबाट गठन भएको लाल आयोगको प्रतिबेदन सार्वजनिक गर्ने काटिएको उधोगको बिधुत लाईण जोड्ने र टि ओडि मिटरका धारारमा १५ दिन भित्र महसुल उठाउने निर्णय गरेको […]

बिन्ध्यबासिनी हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा दुई हाइड्रोपावर कम्पनीको शेयरमूल्य समायोजन भएको छ । नेप्सेमा बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य समायोजन भएको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले मन्दाकिनीको ५ प्रतिशत र विन्ध्यबासिनीको ८ प्रतिशत बोनस शेयर […]

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय […]

देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव मौसम सफा रहने

काठमाडौं ।मौसम पुर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । आज दिउँसो  कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको […]

विपन्न वर्ग कर्जा घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले वितरण गर्ने विपन्न वर्ग कर्जामा कमी आएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह खुम्चिन पुग्दा विपन्न वर्ग कर्जा वितरण समेत प्रभावित बन्न पुगेको जानकारहरु बताउछन् । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको भदौसम्म बैंक तथा वित्तीय संस्थाहरुले विपन्न कर्जास्वरुप […]