मुलुकको आयात र निर्यात दुवै उकालो लाग्यो

काठमाडौं । मुलुकको आयात र निर्यात दुवै उकालो लागेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांकमा आायात र निर्यात दुवै बढेको देखिएको हो । चालु आवको चैत मसान्तसम्म मुलुकमा १३ खर्ब ९ खर्ब ५३ करोड २८ लाख ३८ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । […]

एमएडब्ल्यू वृद्धिले नेपालभर १०० भन्दा बढी इभी चार्जिङ स्टेसन सञ्चालन गर्दै हासिल गर्‍यो ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको विद्युतीय सवारी (इभी) क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै एमएडब्ल्यू वृद्धिले नेपालभर १०० भन्दा बढी सञ्चालनमा रहेका इभी चार्जिङ स्टेशनहरूको स्थापना गर्दै एक महत्वपूर्ण कोशेढुङ्गा पार गरेको छ। यस ऐतिहासिक उपलब्धिको उपलक्ष्यमा कम्पनीले एक विशेष कार्यक्रमको आयोजना गर्दै इभी उद्योगका प्रमुख व्यक्तित्वहरू, रणनीतिक साझेदारहरू तथा इभी प्रयोगकर्ताहरूलाई एकै थलोमा एकत्रित गर्‍यो। कार्यक्रममा केक काट्ने […]

सिटिजन्स बैंकले मनायो १८औं वार्षिकोत्सव, नविन सेवा र योजनाहरुको घोषणा

काठमाडौं । २०६४ साल वैशाख ७ गते वाणिज्य बैंकको रूपमा औपचारिक रूपमा स्थापना भई वित्तीय सेवा क्षेत्रमा उत्कृष्टता स्थापित गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आज २०८२ साल वैशाख ७ गते १८औं वार्षिकोत्सव मनाएको छ। १८ वर्षको यस यात्रामा बैंकले निरन्तर सेवा विस्तार गर्दै १८ लाख ७९ हजार ग्राहकहरूलाई विविध वित्तीय सेवामा पहुँच र्पुयाउन सफल […]

कमाइको केही प्रतिशत नेपालमा लगानी गर्नुस्, प्रतिफल दिने वातावरण हामी बनाउछौंः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै आफ्नो आम्दानीको केही अंश नेपालमा लगानीका लागि वैदेशिक रोजगारीमा रहेका नेपाली तथा गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका छन् । नेपाली जनसम्पर्क समिति युएईद्वारा नयाँ वर्ष २०८२ को अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका प्रशस्त सम्भावना […]

दिगो विकासको लक्ष्य कार्यान्वयन गर्न ३०० खर्ब आवश्यक पर्ने

काठमाडौं । सन् २०२४ देखि २०३० सम्मका लागि दिगो विकास लक्ष्य कार्यान्वयनका लागि करिब ३०० खर्ब रूपैयाँ लगानी आवश्यक पर्ने भएको छ । राष्ट्रिय योजना आयोग सार्वजनिक गरेको दिगो विकास लक्ष्य आवश्यकता पहिचान, लागत अनुमान तथा वित्तीय रणनीति, २०८१ मा दिगो विकासको लक्ष पुरा गर्नका लागि २९९ खर्ब ६५ अर्ब रुपैयाँ आवश्यकता पर्ने उल्लेख गरिएको […]

शिक्षकका माग पूरा गरेर पठनपाठन सूचारु गराउन अभिभावक संघको आग्रह

काठमाडौं । नेपाल अभिभावक संघले शिक्षकका मागहरूलाई सम्बोधन गरेर शिक्षक आन्दोलनका कारण अवरुद्ध पठनपाठन सूचारू हुने वातावरण बनाइदिन आग्रह गरेको छ। संघले आइतबार राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरलाई भेटेर शिक्षकका माग पूरा हुने वातावरण बनाइदिन तथा अवरुद्ध पठन पाठन सूचारु गर्ने वातावरण बनाइदिन आग्रह गरेको हो। संघले बुझाएको ज्ञापन पत्रमा आसन्न कक्षा १२ को […]

बुढापाकाले मात्र धानेको घुम्तीगोठ

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका– ३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ। परम्परागत रूपमा गाईपालन गर्दै आएका उनको गोठमा १९ गाई छन्। हिउँदमा बेँसी र बर्खायाममा लेकका बुकीमा गोठ राखेर परम्परागत रूपमा गर्दै आएको पशुपालन पेसालाई पुनले निरन्तरता दिएका छन्। परिवारको गुजारा खेती–किसानी र पशुपालनबाटै चलाउनुपर्ने बाध्यता रहेको उनले बताए […]

नेप्से २७०० माथि नै, १६ अंकले घट्दा २ अर्ब ३६ करोडले घट्यो कारोबार

काठमाडौं । साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ , गत साता मंगलबारदेखि बढेको शेयर बजार आइतबार भने दोहोरो अंकले घटेको हो । आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १६.६८ अंकले घटेर २७०६.०४ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.६४ अंकले घटेर ४५६.५८ विन्दुमा पुगेर बन्द […]

उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरूलाई लक्षित गर्दै शुभयात्रा कलेक्सनले विस्तार गर्यो आउटलेट

काठमाडौं । शुभयात्रा कलेक्सन प्रालिले नयाँ बानेश्वरमा नयाँ आउटलेट सुरू गरेको छ । उच्च शिक्षा हासिल गर्नका लागि अन्तराष्ट्रिय मुलुक जाने विद्यार्थीहरूलाई लक्षित गर्दै एकै छानामूनी विदेश लैजान आवश्यक सबै सामान उपलब्ध गराउँदै आएको यस कम्पनीले आफ्नो शाखा बानेश्वरमा शुक्रबारदेखि सञ्चालनमा ल्याएको हो । कम्पनीका अध्यक्ष दर्शन खनालका अनुसार नयाँ आउटलेटमा लत्ताकपडा, युटेन्सिल्स, इलेक्टोनिक्स् सामान, […]

आईएमई लाइफको “सरल सावधिक जीवन बीमा योजना” को प्रडक्ट एम्बासडरमा सुशिला रोका

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीका उच्च व्यवस्थापन तथा आफ्ना अभिकर्ताको उपस्थितिमा सुशिला रोकालाई “सरल सावधिक जीवन बीमा योजना” को प्रडक्ट एम्बासडर ९सद्भावनादुत० २०२५ घोषण गरेको छ । सुशिला रोका कम्पनीको मासिक स्किम अन्तर्गत देशभरका अभिकर्ताहरु मध्येबाट उत्कृष्ट व्यवसाय गरि “सरल सवाधिक जीवन बीमा” योजना को सद्भावनादुत हुन सफल भएकी हुन् । यसै […]